इटहरी : सुनसरीमा हात्ती मृत अवस्थामा भेटिएको छ । सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र एक हात्ती मृत अवस्थामा फेला परेको हो ।सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीका अनुसार अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती शुक्रबार बिहान ६ बजे मृत अवस्थामा भेटिएको हो ।हात्ती दुर्गन्धित अवस्थामा फेला परेको उनले बताए । हात्ती भारतबाट आएको हो वा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हो भनेर एकीन गर्न बाँकी रहेको उनले बताए ।कोशीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोली आएपछि पोस्टमार्टम गरिने वा सदगद गर्नेबारे प्रक्रिया सुरु हुने बताइएको छ ।वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र
इटहरी / इटहरी उप–महानगरपालिका वडा नम्बर १ को आयोजनामा गृहणी, किसोरी महिलालाई लक्षित गरेर सेनेटरी प्याड बनाउने तालिम दिईएको छ ।महिलाहरुलाई हुने मासिक श्राव (महिनावारी)का समयमा अति आवश्यक सेनेटरी प्याड बनाउन वडाका १५० जनालाई तालिम दिइएको हो । घरायसी कपडाको प्रयोग गर्दा निम्तीने स्वास्थ्य समस्या र बजारमा पाईने प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि घरमै बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड वनाउन तालिम दिइएको हो ।प्रसिक्षक सुनिता तिवारी हुमागाइले सेनटरी प्याडको महत्व, प्याड बनाउने तरिका लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।&nb
इटहरी । हुम्लाको चङ्खेलीकी तारा जैसी भट्टराईको गजल संग्रह हुम्लाकी तारा एक कार्यक्रमका विच इटहरीमा विमोचन गरिएको छ । तारा जैसी भट्टराईद्धारा लिखित तथा हलेसी महादेव मिडियाद्धारा प्रकाशित गजल संग्रह हुम्लाकी ताराको कार्यक्रमकी प्रमुख अतिथी राष्ट्रिय कविता प्रयोगितामा प्रथम वन्न सफल कब्यात्री टिका आत्रेय लगायतका अतिथीहरुले विमोचन गरेका हुन । हलेसी महादेव मिडियाका अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षता तथा विजया प्याकुरेलको संयोजनमा भएकोे विमोचन कार्यक्रममा अग्रज पत्रकार तथा साहित्यकार कृष्णविनोद लम्साल , पत्रकार साहित्यकार विराट अनुपम लगायतले गजल संग्रहको चर्चा गर
धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले माफी मागेका छन् ।मंसिर २८ गते सामाजिक सञ्जाल फेसबुकमा उनले दलित समुदायको मानमर्दनमा चोट पुर्याउनेगरी ‘चमारे’ शब्द लेखेपछि विवादमा तानिएका थिए ।विवाद उत्कर्षमा पुगेपछि मेयर साम्पाङले एक विज्ञप्ति जारी गर्दै कुनै पनि समुदायलाई ठेस पुर्याउने आफ्नो निहित उद्देश्य नरहेको स्पष्ट पारेका छन् ।
इटहरी । नेपाल मानव धर्म सेवा समिती कोशी क्षेत्र इटहरीले युवा लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । युवा पुस्तालाई अध्यात्मको महत्त्व बुझाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कोशी क्षेत्र प्रमुख महात्मा नन्दनी बाइजीको सभापतित्व रहेको कार्यक्रममा १३५ जना युवाको सहभागी रहेको बताइएको छ । कार्यक्रममा विश्व आदर्श कलेज संचालक समिती अध्यक्ष लेखनाथ घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल मानव धर्म सेवा समिती बरिस्ठ सल्लाहकार न्युरोलोजिस्ट मोटिभेसनल स्पिकर डाक्टर जेपि अग्रवालले उपस्थित युवाहरुलाई अध्यात्मको विषयमा जानकारी गराएका थिए । यस्तै, कार्यक्रममा नेप
धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई दलित समुदाय अभिव्यक्ति सच्याउन र आत्मालोचना गर्न राष्ट्रिय दलित आयोगले गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै आयोगले आवश्यक कानुनी कारबाहीका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको छ । ।सामाजिक सञ्जालमा भाइरल भइरहेको आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको पत्रमा ‘धरान उपमहानगरपालिकाका प्रमुख हकराज राई(साम्पाङ )ले मङ्सिर २७ गते मङ्गलवार आफ्नो फेसबुक वालबाट तराईको दलित समुदायप्रति अपमान गर्ने अभिव्यक्ति प्रति आयोगले चासो देखाए आत्मआलोचना गर्न मेयरलाई आग्रह गरेको थियो । तर मेयर राईले बेवास्ता गर्नुका साथै उल्टै अर्ति उपदेश दिएकोमा ध्यानाकर्षण भ
इटहरी : इटहरी उपमहानगरपालिकाले थारु भाषाको अध्यापन गर्ने तयारी गरेको छ ।उपमहानगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा थारु भाषाको अध्यापन हुने भएको छ । आगामी बैशाखदेखि लागू हुनेगरी उक्त निर्णय गरिएको हो ।इटहरीको प्रथम जातीको रूपमा थारु जातीलाई घोषणा गरेपछि थारु भाषामा समेत पठनपाठन सुरु गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।कार्यपालिका बैठकले नगर शिक्षा समितिलाई थारु भाषाको पाठ्यक्रम तयार गर्न निर्देशन दिएको छ ।यसअघि इटहरी उपमहानगर थारुहरूको पुरानो इतिहास बोकेको स्थान भएको भन्दै एघारौँ नगरसभाले थारु जातिलाई पहिलो जातीको रुपमा घोषणा गरेको थियो ।
विराटनगर : विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरी बन्धक बनाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।राठीलाई अपहरण गरी १५ लाख रुपैयाँ फिरौती लिएको आरोपमा नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक सिरहाका शहेन साह भनिने अब्दुल खतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।खताबलाई विराटनगर तीनपैनी चोकबाट बिहीबार (आज) पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।खताबले राठीलाई आफ्नै मिडिया हाउसमा भिडियो खिच्ने भन्दै अघिल्लो बुधबार विराटनगर ६ स्थित मिडिया हाउसमा अपहरण शैलीमा पुर्याएर बन्धक बनाएर १५ लाख तत्काल फिरौती रकम लिएर र बाँकी १५ लाख रुपैयाँ एक सातापछि लिने सर्तमा छ
इटहरी । शुभ लाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधरणसभा इटहरीमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बुधबार इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रमका बिच साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दीपक पोखरेलको अध्यक्षता तथा प्रदेश १ का भुमी व्यवस्था सहकारी तथा गरीवी नीवारण मन्त्रालयका सचीव कृष्ण सापकोटाको प्रमुख आतीथ्यमा आयोजित कार्यक्रमका बिच अध्यक्ष दीपक पोखरेलले र्वािषक प्रतीवेदन प्रस्तुत गरेका थिए । कुल १७ सय ६० सेयर सदस्य संख्या रहेको संस्थाको सेयर पुजी ३ करोड ४६ लाख ३१ ह्जार ३ सय रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक साधरणसभामै अवस
इटहरी । विभिन्न कारणले सडक जिवन बिताउँदै आएका मानिसहरुको संरक्षण गर्दै आएको माया घर नेपालले ५ औँ वार्षिक साधारणसभा एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । बुधवार इटहरी स्थित सुकल्प सामुदायिक भवनमा आयोजित कार्यक्रम मायाघरकी संस्थापक अध्यक्ष राधिका दासीको अध्यक्षता तथा राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश १ प्रमुख पवन भट्टको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका बिच साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रमा संस्थाकी अध्यक्ष राधिका दासीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने संस्थाकी कोषध्यक्ष लक्ष्मि बराल गौतमले आर्थीक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । संस्थाले व्यवस्थित अभिलेखनको सु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.