इटहरी । नेपाल मानव धर्म सेवा समिती कोशी क्षेत्र इटहरीले युवा लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । युवा पुस्तालाई अध्यात्मको महत्त्व बुझाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
कोशी क्षेत्र प्रमुख महात्मा नन्दनी बाइजीको सभापतित्व रहेको कार्यक्रममा १३५ जना युवाको सहभागी रहेको बताइएको छ । कार्यक्रममा विश्व आदर्श कलेज संचालक समिती अध्यक्ष लेखनाथ घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाल मानव धर्म सेवा समिती बरिस्ठ सल्लाहकार न्युरोलोजिस्ट मोटिभेसनल स्पिकर डाक्टर जेपि अग्रवालले उपस्थित युवाहरुलाई अध्यात्मको विषयमा जानकारी गराएका थिए ।

यस्तै, कार्यक्रममा नेपाल मानव धर्म सेवा समिती युवा संघसंगठनका संयोजक उत्तम गिरि, नेपाल मानव धर्म सेवा समिती कार्य समिती केन्द्र सचीव डिल्ली प्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो ।



