समाज

    Showing १०,८८१-१०,८९० of ११,३०१ items.
  • सिरहाबाट १८ वर्षिय युवककाे अपहरण , बिराटनगर ल्याएर हत्या : तिन जना पक्राउ

    इटहरी । सिरहाबाट अपहरणमा परेका १८ वर्षीय युवकका शुक्रबार विराटनगरमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।सिरहाको गोलबजार घर भएका १८ वर्षीय अंशु सदाको शव विराटनगर बसपार्कमा रहेको अप्सरा गेष्टहाउसभित्र भेटिएको हो ।उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २६ वर्षीय मनोज कार्की, १९ वर्षीय विष्णु भनिने प्रशान्त मण्डल र धनुषाको कमला नगरपालिका–६ का राकेश ठाकुर छन् ।उनीहरुमाथि थप अनुसन्धान भईरहेको एक जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।प्रारम्भिक अनुसन्धानका क्रममा  समयमा नै सूचना नआएका कारण घटना भएको प्रहरीले निष्कर्

    • प्रकाशित मितिः असोज २९, २०७९
    • ४७ पटक पढिएको
  • झापामा तास खेल्दा हारेपछि लाेहाेराेले हानेर आफ्नै साथीकाे हत्या : महिला सहित तीन जना फक्राउ

    झापा । विजया दशमीको महाअस्टमीका दिन राति तास खेलेको विषयमा हार जीत हुँदा आफ्नै साथीको हत्या गरेको आरोपमा झापा प्रहरीले तीन जनालाई पक्राउ गर्दै आज सार्वजनिक गरेको छ ।अर्जुनधरा नगरपालिका ११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नबिन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले महिला सहित तीन जनालाई पक्राउ गर्दै आज सार्वजनिक गरेको हो ।प्रहरीले सार्वजनिक गरेका आरोपीहरुमा इलाम –१ घर भई नयाँ बसपार्कमा ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथर फिदिम – १२ घर भई बसपार्कमै ताप्लेजुङ इलाम होटल सञ्चालन गर्दै आएका २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ– ७ घर भई सोही होटल बस्ने आचार

    • प्रकाशित मितिः असोज २५, २०७९
    • ६६ पटक पढिएको
  • ताप्लेजुङमा मनि ट्रान्सफरमा डकैती गर्ने समुहका चार जना पक्राउ

    ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकमा रहेको अम्वर श्रेष्ठले सञ्चालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका–२ का २९ बर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका–१ झापाका २६ बर्षीय चुनबहादुर सुनार, अर्जुनधारा–१० झापाका २५ बर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका ५ ताप्लेजुङ घर भई फिदिम–१ पाँचथर बस्दै आएका २७ बर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बू रहेका छन् ।गत असोज १७ गते बिहान कञ्चन मनि ट्रान्सफरमा चार जनाको समुह पेस्तोलसहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी ३३ बर्षीया आशामाया प्रधानलाई कु

    • प्रकाशित मितिः असोज २५, २०७९
    • ६६ पटक पढिएको
  • रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

    इटहरी । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई बिदा गरेका छन् ।नेपालीले भव्यरूपमा मनाउने दुर्गापक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन आइतबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन गरिएको छ ।शास्त्रानुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम शनिबार नै समाप्त भएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि एक वर्षका लागि सकिएको छ ।आ

    • प्रकाशित मितिः असोज २४, २०७९
    • ४५ पटक पढिएको
  • “ मानोचामल र समवेदना अभियान हाम्रो परम्परागत संस्कार हो“ - वडाध्यक्ष कार्की

    धर्मदेवी । संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं ९ ले वडावासीको दुःखमा मानोचामल र समवेदना अभियान सुरु गरेको छ । वडाले आफ्नो वार्षिक कार्यक्रममा आवश्यक बजेट विनियोजन गरी यस्तो अभियानको थालनी गरेको हो । वडाध्यक्ष चित्रकुमार कार्कीले वडावासीको दुःखमा सान्त्वना दिनुका साथै धेरथोर राहत पुगोस् भनेर यस्तो कार्यक्रम सुरु गरिएको बताउनुभयो । “कसैको परलोक यात्रामा हामी दुःखी हुन्छौं र मृतकका परिवारको शोकमा कुनै न कुनै प्रकारले निकटता प्रकट गर्छौं र साथ दिन्छौँ ।” उहाँले भन्नुभयो, “यो हाम्रो परम्परागत संस्कार पनि हो, त्यसलाई वडा कार्यालयले अपनत्व महशुस गरेको हो ।”वडामा नयाँ जनप्रतिनिधिहरु आएपछि सुरु भएको

    • प्रकाशित मितिः असोज २१, २०७९
    • १४४ पटक पढिएको
  • लोखराबाट राजारानीसम्म आकर्षक पदमार्ग बन्दै, जनश्रमदानमा जुटे जनप्रतिनिधि र स्थानीय

    लेटाङ । लोखराबाट राजारानीसम्म जाने पुरानो पैदल मार्गमा निकैपछि चहलपहल देखियो । वर्षौं पुरानो यो गोरेटो बाटोमा वर्षौंपछि मान्छेको लामो ताँती लाग्यो । वर्षौंसम्म सुनसान रहेको यो पुरानो बाटोमा मानिसहरुको ठूलै हल्ली खल्ली सुनियो । के युवा, के महिला, के वृद्ध ? कसैको हातमा कोदाली, कसैको हातमा खन्ती त कसैको हातमा खुकुरी र दाउ । कोही ढुंगा निकाल्ने, कोही माटो सम्याउने त कोही झाडी फाँड्न व्यस्त । निकै उमंंग र उत्साहका साथ उनीहरु स्वतस्फूर्त रुपमा काममा जुटे । लेटाङ नगरपालिकाले लोखराबाट राजारानीसम्म जाने पुरानो पैदल बाटोलाई पर्यटकीय पदमार्गको रुपमा विकास गर्न सकिने भन्दै काम अघि बढाउन स्थानीयबासील

    • प्रकाशित मितिः असोज २१, २०७९
    • १८१ पटक पढिएको
  • फुङ्लिङ बजार आइएमइ लुटपाट प्रकरण : एक जना पक्राउ : लुटेरा खाेज्न जंगल पस्याे प्रहरी

    ताप्लेजुङ ।  सोमबार बिहान ताप्लेजुङको फुङलिङ बजारमा रहेको आईएमई लुटपाटका फरार लुटेरालाई खोज्न प्रहरीले रातभर सर्च एण्ड स्वीप अपरेसन चलाएको छ । लुटपाटमा संलग्न तीन फरार लुटेराको खोजीका लागि प्रहरीले ताप्लेजुङ र इलाममा सर्च एण्ड स्वीप अपरेसन चलाएको हो ।प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरीका अनुसार प्रहरीको तीनवटा टोली रातभर दुई जिल्लाका जङ्गलमा सर्च अपरेसनका लागि खटिएको छ । लुटेराहरू जङ्गल पसेको हुनसक्ने अनुमानका आधारमा दुई जिल्लाका प्रहरी लुटेराको खोजीमा जङ्गल चहारेका हुन् ।चारजनाको समूहमा आएका लुटेराहरूले सोमबार बिहान फुङलिङ बजारमा रहेको कञ्चन मनी ट्रान्सफर नामक आईएमई सेन्टरबाट नगद र सुन ल

    • प्रकाशित मितिः असोज २०, २०७९
    • ६९ पटक पढिएको
  • नहर आसपास फेरि घर–टहरा बनाउने क्रम बढ्दो

    इटहरी । सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहरआसपास फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ । सात वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो ।विसं २०७२ मा सुनसरी बराह क्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा पाँच हजार पाँच सय हाराहारी घर–टहरा भत्काइएका थिए । घर–टहरा हटाउन आयोजनाले पटक पटक सूचना गर्दा पनि अटेर गरेपछि अन्तिममा सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर घर–टहरा भत्काइएको थियो ।तर पछिल्लो समय फेरि अतिक्रमित जमिन खाली गराउन पहल नहँुदा घर–टहरा बनिरहेका छन् । सुनसरीको चतराबाट नहर पुग्ने मोरङको बाहुनीसम्म ५३ किलोमिट

    • प्रकाशित मितिः असोज २०, २०७९
    • ९९ पटक पढिएको
  • भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोह सक्रिय, सचेत रहन झापा प्रशासनको आग्रह

    झापा । जिल्ला प्रशासन कार्यालय, झापाले ‘भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने’ भन्दै रकम असुल्ने गिरोहबाट सचेत रहन र यस्तो गैरकानुनी कार्यमा संलग्न नहुन पुनः सूचना जारी गरेको छ ।‘हालैका दिनमा नेपाली नागरिकलाई शरणार्थी परिचयपत्र बनाएर अमेरिका, अस्ट्रेलियालगायत विभिन्न मुलुकमा पठाउने झुटा आश्वासन दिई विभिन्न गैर शरणार्थीबाट मोटो रकम असुल्ने गरेको भन्ने विषयमा ध्यानाकर्षण भएको’ जनाउ दिँदै प्रशासन कार्यालयले यस्तो दण्डनीय कार्यमा नफस्न आग्रह गरेको छ ।झापा–मोरङमा रहेका केही शरणार्थी र केही स्थानीयवासी समेतलाई नक्कली शरणार्थी परिचयपत्र बनाएर अमेरिका लगिने भन्दै एउटा गिरोहले करोडौँ रुपैयाँ असुल गरिरहे

    • प्रकाशित मितिः असोज १५, २०७९
    • ६५ पटक पढिएको
  • झापा मेचिनगरका बिजयलाइ आइलाग्याे दशैंकाे मुखमा दशा : आगलागीमा घर र पशल दुवै जले

    झापा । शुक्रबार झापा मेचीनगर नगरपालिका - ६ कालीमन्दिरका विजय राजवंशीको घरमा आगलागी भएको छ ।आगलागीमा परी घरधनी विजय घाइते भएका छन् । पसल समेत रहेको ४ कोठे पक्की जलेको छ । आगलागीका कारण १७ लाख रुपैयाँ बढीको क्षति भएको प्रहरीले जनाएको छ । उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेका राजवंशीले प्रहरीले भने भन्दा धेर क्षति भएको दाबी गरे । स्वास्थ्य केन्द्र लगिएको थियो । खाना पकाउने ग्यास चुहिएर आगलागी भएको हो ।  आगलागीबाट एउटा मोटरसाइल, फ्रिज, लत्ताकपडा, फर्निचरका सामान, साइकल, भाँडाकुँडा लगायतका सामान जलेर नष्ट भएका छन् ।  मेचीनगर नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयबासीले आगो निय

    • प्रकाशित मितिः असोज १५, २०७९
    • ८३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]