उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका- ८ स्थित सालघारी सामुदायीक वन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई ग्यास सिलिन्डर वितरण गरेको छ । सालघारी सामुदायिक वन उपभोक्ता समितिले एक कार्यक्रमकाको आयोजना गरेर आफ्ना उपभोक्ताहरूलाई ग्यास चुलो, सिलिन्डर र सिरक वितरण गरेको हो ।समितिले ४३ घर परिवारलाई ग्यास चुलो, सिलिन्डर र १४ घरपरिवारलाई सिरक वितरण गरेको हो ।
कञ्चनपुरको एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। कञ्चपुरको भीमदत्त नगरपालिका–९ मा रहेको एक घरमा आगलागी हुँदा ७२ वर्षीय पदम ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।सोमबार राति गोठमा बालेको आगो सल्किएपछि एक कोठे खरको घरमा आगलागी भएको प्रहरीले बताएको छ। बिरामी अवस्थामा रहेका वृद्ध बाहेक घरका अन्य सदस्य सुरक्षित रहेका प्रहरीले जनाएको छ।
झापा। भारतीय सिमावर्ती झापाको कचनकवल गाउँपालिका ४ मा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको एक कार्यक्रमका विच उद्धघाटन गरिएको छ । प्रदेश नम्बर १का मुख्यमन्त्री राजेन्द्रकुमार राई र आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नवनिर्मित सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्टको उद्धघाटन गरेका हुन । सशस्त्र प्रहरीको बिओपी को उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १का मुख्यमन्त्री राईले सशस्त्र द्वन्द्वका ेविषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षा कायम गराउने कार्यमा सशस्त्र प्रहरी बलले महत्वपुर्ण भूमिका निर्वाह गर्द
सुन्दरहरैचा / मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का ४८ वर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।श्रेष्ठले आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । यही माघ १२ गते देखी घरैबाट एक्कासि हराएकी भनिएकी वृद्धाको हत्या पछि जलाएको भन्ने सूचनाको आधारमा सूक्ष्म अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले सोमबार दिउँसो श्रेष्ठलाई पक्राउ गरेको थियो ।पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाइहरूलाई समेत थाहा नै नदिई आफ्नो श्रीमतीको नाममा बनाएको र उक्त कुरा आमा लगायत अन्य भाइहरूलाई जानकारी
इटहरी / प्रदेश १ सरकारले गठबन्धन दलहरुलाई भागबन्डा पुर्याउन र कामको आवश्यकता भन्दै साविकका चार मन्त्रालय विभाजन गरेर ९ मन्त्रालय बनाएको छ । यसअघि कायम रहेका तीन मन्त्रालय भने यथावत रहेका छन् । मन्त्रिपरिषद बैठकले कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालयको संख्या बढाएको भएपनि सरकारले त्यसबारे औपचारिक जानकारी दिएको छैन । तर, त्यहि अनुसार अबको केहि दिनभित्रै मन्त्रिपरिषद विस्तारको तयारी गठबन्धनभित्र भइरहेको स्रोतले जनाएको छ ।प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनबारे प्रारम्भिक छलफल भएको बताउँदै यसमा थप हेरफेर हुनसक्ने ब
काठमाडौँ । सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाएका छन् । प्रचण्डले एमसीसी परियोजना संशोधन नगरी संसद्मा लैजान नसकिने पुरानै अडान दोहोर्याउँदै संशोधन गरेर मात्र अगाडि बढाउन प्रधानमन्त्री देउवालाई सुझाव दिएको प्रचण्डको सचिवालयका एक सदस्यले बताए । उनका अनुसार प्रचण्
नेपालमा धेरैजसोले विवाहपछि मात्र यौन सम्पर्क स्थापित गर्दछन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भएको छ। तथापि, शहरीकरण, औद्योगिकीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौन सम्बन्ध राख्नेको संख्या बढेको छ। त्यसैले पहिलो यौन सम्पर्क र सुहागरात (मधुरात्रि) को यौन सम्पर्क अलिकति फरक छ।डा. सुमनराज ताम्राकार, स्त्री तथा प्रसूति विशेषज्ञकिशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिंगीसँग यौन सम्पर्क राख्ने चाहना हुन्छ। तर, वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौन सम्पर्क राख्न छुट छ, अन्य बेला यस्तो किसिमको स्वतन्त्रता हुँदैन। विवाहपूर्व यौन सम्पर्क राखेपछि तुलनात्मक रूपमा पुरुष यौनसाथीले धोका दिने
मोटोपना धेरै रोगहरुको मुल जरा हो । मोटोपनाले धेरै प्रकारका रोगहरुको शिकार बनाउँछ । तर, मानिसहरु सामान्यतयाः मोटोपनलाई समस्याको रुपमा लिने गर्दैनन् । जब मोटोपनाका कारण समस्या आउँन थाल्छ तब तौल घटाउन अनेकन् उपायहरु अपनाउन थाल्छन् । मोटोपनालाई कम गराउन लामो प्रक्रिया पूरा गर्नुपर्छ । बिहानको समयमा गरिने कतिपय बानीले तौल घटाउन मद्दत गर्छ ।उच्च प्रोटिनयुक्त नास्ता दिनभरका लागि सबैभन्दा महत्वपूर्ण कुरा बिहानको नास्ता हुन्छ । बिहानको खाजामा उच्च प्रोटिनयुक्त खानेकुरा खाने गर्नुपर्छ । जसले गर्दा दिउँसोको खाना खाने समयसम्म भोक लाग्दैन । एक अध्ययनका अनुसार धेरै प्रोटिन भएको खानेकुरा खाने गर्दा बारम
विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री नीति निर्माण गरिनुपर्नेमा माग राखेका छन् । मितिनी नेपालले विराटनगरमा आइतबार सरोकारवालहरुसँग आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो माग राखेका हुन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक सुमन तामाङ्गले राज्यले यौनिक तथा अल्पसंख्यकहरुलाई बैवाहिक मान्यता नदिदा हजारौ यौनिक अल्पसंख्यकहरु समस्यामा परेको बताए । ‘बैवाहिक मान्यता नपाउँदा धेरै यौनिक तथा अल्पसंख्यक चाहेर पनि बिवाह गरेर बस्न पाएको छैनन,’ उनले भने, ‘बैवाहिक मान्यता नपाउँदा उनीहरु सम्मान पुर्व
सुनसरी/ इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्णबिनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा,कला र साहित्य सृजना परिषद गठन गरेको छ। उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य,कला र संगीत क्षेत्रका ब्यक्तित्वहरुको भेलाले परिषद गठन गरेको हो।परिषदको सह संयोजकमा मणिराज गुरुङं, टीका आत्रेय, सचिवमा बद्री भिखारी, सहसचिवमा बासुदेव तिम्सिना र कोषाध्यक्षमा प्रज्वल पराजुली रहनुभएको छ। सदस्यहरुमा रीता ताम्राकार, सुष्मा तिम्सिना, दुर्गा दाहाल, अभिशेख तिम्सिना,सोनु जयन्ती,दिनेश कोइराला, प्रकाश सुब्बा, हेमन्त गौतम र नविन न्यौपाने हुनुहुन्छ। यसैगरी मोहन तुम्वाहाङ्गको संयोजकत्वमा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.