झापा। भारतीय सिमावर्ती झापाको कचनकवल गाउँपालिका ४ मा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको एक कार्यक्रमका विच उद्धघाटन गरिएको छ ।
प्रदेश नम्बर १का मुख्यमन्त्री राजेन्द्रकुमार राई र आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नवनिर्मित सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्टको उद्धघाटन गरेका हुन ।
सशस्त्र प्रहरीको बिओपी को उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १का मुख्यमन्त्री राईले सशस्त्र द्वन्द्वका ेविषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षा कायम गराउने कार्यमा सशस्त्र प्रहरी बलले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको भनेर प्रशंसा गरे । विपदका वेलामा पनि उद्धार खोजा तथा संक्रामक रोग नियन्त्रणको क्षेत्रमा समेत सशस्त्र प्रहरी बलले महत्वपुर्ण योगदान गर्दै आएको समेत मुख्यमन्त्री राईले वताए । 
सोही अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले देशको सीमा सुरक्षाको लागि सरकार गम्भीर रहेको बताए । नागरिकको सुरक्षाका लागि सुरुमा सुरक्षाकर्मीलाई नै बलियो बनाउनु पर्ने भन्दै बोर्डर आउट पोष्ट पनि नागरिकहरुको सुरक्षाका लागि स्थापना गरिएको जानकारी दिए ।
उद्धघाटन कार्यक्रममा सशस्त्र प्रहरी वल १ नम्बर बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति कमल गिरिले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनि राष्ट्रले सुम्पेको अन्य जिम्मेवारीहरु सशस्त्र प्रहरी बलले पुरा गर्दै आएको वताए ।
भवन निर्माणका लागि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट एक करोड ४२ लाख एक हजार दुई सय ३९ रुपैंया ९० पैसा विनियोजन भएको थियो । सशस्त्र प्रहरी वलका लागि भवन निर्माण गर्न निःशुल्क जग्गा उपलब्ध गराउने रघुनन्दन गणेश र श्रीमती प्रतिमाकुमारी गणेशलाई दोसल्ला ओढाएर सो अवसरमा सम्मान गरियो । भवन उद्धघाटन कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल मुख्यमन्त्री कार्यालयका मुख्य सचिव डा.रामप्रसाद घिमिरे आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली सहित सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।


