पाँचदलीय सत्ता गठबन्धनबीच संसदको अर्को बैठकमा एमसिसी टेबल गर्न सहमति भएको छ।मिलेनियम च्यालेन्स कम्प्याक्ट (एमसिसी) भनिने अमेरिकी सहयोग परियोजना संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा लामो समयदेखि प्रमुख राजनीतिक दलहरूबीच सहमति हुन सकेको थिएन।यसबारे छलफल गर्न गठित तीन सदस्यीय कार्यदलले शनिबार गठबन्धन दलका शीर्षनेताहरूलाई ब्रिफिङ गरेको थियो। उक्त ब्रिफिङपछि नै एमसिसी टेबल गर्नेबारे सहमति भएको सूचना तथा सञ्चारमन्त्री र कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए।'हामी पास गर्ने लाइनमा छौं,' कार्कीले आइतबार राति सेतोपाटीसँग भने, 'अहिलेलाई भन्नुपर्दा यसलाई बिथो
लैनचौरस्थित शहीद पार्कमा ठड्याइएको कलशसहितको स्मारकमा लेखिएको छ, ‘शहीद स्मारक, नेपाल र नेपाली जनताको विकास गर्न, मानव अधिकार कायम गर्न र नेपालमा प्रजातन्त्र ल्याउन बेलाबेलामा बलिदान भएका ती वीर शहीदहरूको सम्झनामा १९५८ एडी विक्रम संवत् २०१५ नेपाल संवत् १०७८ ।’ स्मारकमा यस्तो लेखिएको भए पनि पार्क संरक्षणमा देखिएको उदासीनताले शहीदको सपना र बलिदानको राज्यबाट उचित कदर हुन नसकेको आभास हुन्छ ।राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री नियुक्त भएपछि स्मारकमा माल्यार्पण गर्न जाने चलन छ । त्यससँगै हरेक वर्ष शहीद दिवसका दिन स्मारकको कलशमा फूलमाला चढाएर सामान्य कार्यक्रम गर्नेबाहेक अन्य समयमा खासै कसैले सम्झँद
धरान : धरानका विभिन्न स्थानमा प्रहरीले गरेको अप्रेसनमा ब्राउन सुगर सहित ७ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय धरानको अप्रेसनको क्रममा धरान-१३ शिव धाराबाट करिब १५ ग्राम ब्राउन सुगर सहित ४ जना, धरान उपमहानगरपालिका अगाडीबाट ४ ग्राम ब्राउन सुगर सहित १ जना र माछाभौडीबाट ५ ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका सबै ब्राउन सुगर कारोबारी गर्ने एउटै गिरोहको भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए । पक्राउ परेका सबैको बृस्तृत विवरण भने अहिले प्रहरीले दिएको छैन।
नेकपा (एकीकृत समाजवादी)का नेता डाक्टर दुमनिसिंह थापाको निधन भएको छ । अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौँमा आइतबार साँझ निधन भएको हो । केही समय अघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य भएका थिए । उनी मेगा बैंकका संस्थापक तथा पूर्वसञ्चालक समेत हुन् ।
पर्सामा बालिका अपहरण गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छन् ।पक्राउ पर्ने वीरगन्ज महानगरपालिका– १६ का ४० वर्षीय मोतीलाल प्रसाद कुर्मी रहेका छन् । आरोपित कुर्मीले अवैध सम्बन्ध लुकाउने उद्देश्यले बालिकाको अपहरण गरी हत्या गरेको अनुसन्धान मार्फत खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले जानकारी दिए ।कुर्मीले वीरगन्ज महानगरपालिका वडा नम्बर– १५ भिष्वामा डेरा गरी बस्ने सरोज कुशुवाहाकी १० वर्षीय छोरी रिजवाना महतोको हत्या गरेका हुन । गत पुस २४ गते वीरगन्ज महानगरपालिका वडा नं.१६ कंचनजंगा स्कुल नजिक नयाँ निर्माणाधीन भवनमा रिजवाना महतोको शव फेला परेको थिय
रामधुनी : रामधुनी नगरपालिकाले आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको अमेरिकन मोडर्ना खोप लगाउँदै छ ।आज देखि माघ १८ गते सम्म पहिलो दिन ८ बटा, दोस्रो दिन ७ बटा र अन्तिम दिन ६ वटा रामधुनीक नगर भित्रका विद्यालयलाई खोप केन्द्र तोकी खोप लगाइएकको रामधुनी नगर स्बास्थ साखाले जानकारी दिएको छ । कोरोना विरुद्धको मोर्डना खोप पहिलो डोज रामधुनीमा ६ देखी ७ हजार बालबालिकालाई लगाइने लक्ष लिइएको बताइएको छ ।खोप केन्द्र विद्यालय तोकिए पनि आफूलाई पायक पर्ने विद्यालय तथा खोप केन्द्रहरूमा जन्म दर्ता देखाइ विद्यालय पढ्ने नपढ्ने सबै बालबालिकाले खोप लगाउन पाउने बताइएक
धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम सञ्चालन गर्न नगरपालिका र उद्योग मन्त्रालय बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आईतबार महालक्ष्मीका मेयर पर्शुराम नेपालले उद्योग मन्त्रालय पुगेर सम्झौता गरेका हुन् ।स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै नगरवासीलाई स्वरोेजगार बनाउने अवधारणा अनुरुप वडा नम्बर १ को कटहरेमा औद्योगिक ग्राम स्थापना गर्न मन्त्रालयसँग दोहोरो सम्झौता गरिएको नगरप्रमुख नेपालले बताए । महालक्ष्मी र आसपासका क्षेत्रमा हरेक व्यक्तिलाई उत्पादनसँग जोड्ने लक्ष्य अनुरुप औद्योगिक ग्राम स्थापनाको प्रकृया अघि बढाइएको उनको भनाई छ । ‘हामी निर्वाचित भएपछि नगरभित्र पूर्वाधार विकासक
झापा । माघ १५ गते । झापाको पुरानो र ठूलो चिया बगान गिरी बन्धु टी स्टेटको जग्गा बिक्रीको विषयलाई लिएर राजनीतिक आरोप प्रत्यारोप सुरु भएको छ ।गिरीबन्धु टी स्टेटले हदबन्दीभन्दा बढी राखेको चियाबगानको जग्गा सट्टापट्टाको नाममा बिक्रीवितरण गरेर कम्पनी स्थानान्तरण गर्न दिने निर्णयको स्थानीय राजनीतिक दलले विरोध गरिरहेका छन् ।गिरीबन्धु टी स्टेटको स्वामित्वमा झापाको विर्तामोड र अर्जुनधारा गरी ३४१ बिघाभन्दा बढी जग्गा रहेको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले भूमिसम्बन्धी ऐन २०२१ संशोधन गरी चिया बगानको जग्गा बिक्रीका लागि बाटो खुला गरेको थियो ।प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलको स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएको बताएका छन् । शनिबार सत्तारुढ गठबन्धनको बैठकले आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै एमाले महासचिव पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।पोखरेलले सामाजिक सञ्जाल फेसबूकमा भनेका छन्, ‘स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठवन्धनले भनेछ, ‘जेठ अगावै चुनाव गर्ने ।’ हो, यसैलाई भनिन्छ जनमतको तागत ।’प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाखमै निर्वाचन गर्नुपर्ने दबाब दिँदै आए पनि सरकारले निर्वाचनको मिति तोक्न आलटाल गर्दै आएको थियो । सत्तारुढ गठबन्धन निर्वाचन
पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले सरकारी ढुकुटी रित्तिने गरी मन्त्रालय विभाजनको आन्तरिक गृहकार्य गरिरहेको छ ।मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश १ सरकारले हाल कायम रहेको ७ मन्त्रालयलाई फुटाएर ११ देखि १३ वटा मन्त्रालयमा विभाजन गर्ने तयारी गरिरहेको हो ।गठबन्धन भित्रको खटपटले घोषित मन्त्रीमण्डल विस्तारको काम अलमलमा परेको बेला सरकारले राजनीतिक भागबन्डा मिलाउन मन्त्रालय विभाजनको तयारी थालेको हो । सरकारको उक्त तयारीसँगै सरकारको टाउकोमा व्ययभारको बोझ थपिने निश्चित छ ।सेवा प्रवाहमा चुस्त बनाउनुको सट्टा राजनीतिक भागबन्डा पुर्याउनकै निम्ति मन्त्रालय फुटाउने तयारी गर्नु गलत भएको राजनीतिक विश्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.