नेकपा (एकीकृत समाजवादी)का नेता डाक्टर दुमनिसिंह थापाको निधन भएको छ । अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौँमा आइतबार साँझ निधन भएको हो । केही समय अघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य भएका थिए । उनी मेगा बैंकका संस्थापक तथा पूर्वसञ्चालक समेत हुन् ।


