काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलको स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएको बताएका छन् । शनिबार सत्तारुढ गठबन्धनको बैठकले आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै एमाले महासचिव पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबूकमा भनेका छन्, ‘स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठवन्धनले भनेछ, ‘जेठ अगावै चुनाव गर्ने ।’ हो, यसैलाई भनिन्छ जनमतको तागत ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाखमै निर्वाचन गर्नुपर्ने दबाब दिँदै आए पनि सरकारले निर्वाचनको मिति तोक्न आलटाल गर्दै आएको थियो । सत्तारुढ गठबन्धन निर्वाचन गराउन तयार भएपछि एमाले महासचिव पोखरेलले जनमतको तागतले सरकार निर्वाचन गर्न तयार भएको बताएका हुन् ।