समाज

    Showing ११,१४१-११,१५० of ११,३०१ items.
  • के एल दुगड समूहका कनोडिया सम्मानित

    विराटनगर भन्सार कार्यालयले ७०औँ अन्तर्रास्ट्रिय भन्सार दिवसको अवसरमा के एल दुगड समूहका श्यामसुन्दर कनोडियालाई सम्मान गरेको छ । कनोडियालाई व्यापार सहजीकरण एवम् राजस्व सङ्कलन कार्यमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः माघ १३, २०७८
    • २३५ पटक पढिएको
  • गठबन्धन संबिधान समाप्त पार्ने दिशामा : योगेश भट्टराई

    उर्लाबारी । नेकपा एमालेका सचिव योगेश भट्टराईले अपाकृतिक पाँच दलीय गठबन्धन संबिधानलाई समाप्त पार्ने दिशामा अघि बढेको बताउनुभएको छ ।नेकपा एमाले उर्लाबारी नगर कमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै सचिव भट्टराईले स्थानीय तहको निर्वाचन नगरेर बर्तमान गठबन्धन संबिधान समाप्त पार्न लागेको आरोप लगाउनुभयो । सचिव भट्टराई संघियताको जग नै स्थानीय तह भएकाले यसलाई रिक्त बनाएर स्थानीय तहलाई संघीय सरकारको छाँया बनाउने प्रयास भईरहेको बताउनुभयो ।बैशाखमा स्थानीय तह निर्वाचन भएमा अधिंकाश स्थानमा एमाले विजयी हुने देखिएकाले बर्तमान सरकार निर्वाचन सार्न लागिपरेको बताउनुभयो । स्थानीय तहमा ए

    • प्रकाशित मितिः माघ १३, २०७८
    • २३८ पटक पढिएको
  • दमकमा युवा संघ र अनेरास्वबियुको विरोध प्रदर्शन

    सुन्दरहरैँचा / मुल्यबृद्धि र स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्र बिरुद्ध नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्वबियुले आज झापाको दमकमा विरोध प्रदर्शन गरेका छन् ।दमकको गणतन्त्र चौकमा भेला भएका युवा संघ र अनेरास्वबियुका नेता कार्यकर्ताले विरोध जनाएका हुन् । महंगी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, राज्यको जिम्मेवार तहमा बसेका व्यक्तिहरुको असंवैधानिक अभिव्यक्ति र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलका विरुद्धमा विरोध प्रदर्शन गरिएको राष्ट्रिय युवा संघकी केन्द्रीय सदस्य चन्द्रमाया निरौलाले जानकारी दिनुभयो ।विरोध प्रदर्शनलाई राष्ट्रिय युवा संघ नेपाल पूर्व केन्द्रीय सचिव सु

    • प्रकाशित मितिः माघ १३, २०७८
    • २६२ पटक पढिएको
  • राष्ट्रिय युवा संघ नेपाल केराबारी मोरङ्ग द्वारा न्यानो कपडा तथा खाद्य सामग्री वितरण

    राष्ट्रिय युवा संघ नेपाल केराबारी मोरङ्गको सहकार्यमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य तथा नेकपा एमाले मोरङ्ग जिल्ला कमिटी सदस्य सुमन मिरिङचिङ मगरद्वारा इलाका प्रहरी कार्यलय केराबारीको हिरासत कक्षको लागि न्यानो कपडा हस्तान्तरण गरिएको छ / आफ्नो राजनीतिक साथै सामाजिक दाइत्यो पुरा गर्न न्यानो कपडा हस्तान्तरण गरिएको मगरले बताउनु भयो / अति विपिन्न परिवारहरुलाइ न्यानो कपडा तथा खाद्य सामग्री वितरण गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यलयको हिरासत कक्षको लागि पनि  न्यानो कपडा आवश्यकता देखेर प्रदान गरिएको मगरले बताउनु भयो /

    • प्रकाशित मितिः माघ १३, २०७८
    • २४६ पटक पढिएको
  • राष्ट्रिय सभा सबैभन्दा ठूलो दल एमाले नै

     राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्टिय जनमोर्चाको तर्फबाट बनेको पाँच दलीय गठबन्धनले सानदार जित हात पार्दा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले पनि गठबन्धनलाई चुनौती दिँदै एक सिट जोगाएको छ ।सत्ताधारी दलहरू गठबन्धनसहित मैदानमा उत्रिँदा एमालेले प्रदेश १ तर्फ आफ्ना उम्मेदवारलाई विजयी बनाउन सफल भएको हो । योसँगै १९ सिटका लागि भएको निर्वाचनमा एमाले ‘क्लिनस्विप’ हुनबाट जोगिएको हो ।निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार चुनाव भएका १९ मध्ये १८ सिटमा गठबन्धनमा आबद्ध दलका उम्मेदवार विजयी भएका छन् ।प्रदेश १ मा एमालेका सोनम

    • प्रकाशित मितिः माघ १३, २०७८
    • २१५ पटक पढिएको
  • बेलवारीमा घाँटी थिचेर आफ्नै बावुको हत्या, छाेरा पक्राउ

    सुन्दरहरैँचा /  मोरङको बेलवारीमा घाँटी थिचेर छाेराले आफ्नै बावुको हत्या गरेका छन् । बेलवारी नगरपालिका-९ डाँगा बजारका ३५ बर्षीय जय बहादुर खत्रीले ८० वर्षीय बावु दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेका हुन् । आफनै बावुको हत्या गरेको अभियोगमा खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।   बुधवार राती साँढे १० बजेको समयमा खत्रीले आफ्नै बावु घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायशी बिषयमा बिवाद गरेको र बिवादकै क्रममा घाँटी थिच्दा दल बहादुरको घटनास्थलमा

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १६१ पटक पढिएको
  • गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो, अब रियल चुनाव हुन्छ : एमाले उपमहासचिव रिमाल

    प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्ता बाँकी सत्ता गठबन्धनले हात पारेकाे थियाे ।  रिमालले बिहीबार सामाजिक सञ्जालमा भनेका छन्, ‘अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।’ उनले अहिलेकाे राष्ट्रियसभा निर्वाचन पुरानाे जनमत रहेकाे उल्लेख गर्दै आगामी स्थानीय प्रदेश र संघीय निर्वाचन नै ‘रियल’ हुने बताएका छन् ।‘अब हुने निर्वाचन ‘रियल’

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १९९ पटक पढिएको
  • प्रदेशसभा बैठक बोलाउन एमाले प्रदेश १ संसदीय दलको माग

    विराटनगर : नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलले प्रदेशसभाको बैठक बोलाउन माग गरेको छ ।तीन महिनादेखि प्रदेशसभा बैठक नबोलाएको भन्दै एमालेले संसद् बैठक बोलाउन माग गरेको हो । एमाले संसदीय दलको आज बसेको बैठकले संसद् बोलाउने सहित विभिन्न सात बुँदे माग राख्दै प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएको एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।बैठकले एमालेको नेतृत्वको सरकारले गरेका निर्णयलाई अहिलेको सरकारले जथाभाबी खारेज गर्ने र एमाले संसद्का क्षेत्रमा विनियोजित बजेट कटौती गर्ने कार्य रोक्न पनि माग गरेको छ ।आफ्नो पार्टी नेतृत्वको सरकारका पालामा भए गरेका काम र निर्णय फेरबदल भएका विषय छानबिन गर्न ह

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १७९ पटक पढिएको
  • सिके राउतको ज्यान मार्ने धम्की दिने मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय गौर (रौतहट) जाहेरी दरखास्त दिएका छन् ।पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाने अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध राज्यविरुद्धको कसूरमा अनुसन्धान गरि कैद र जरिवाना तोक्न जाहेरी दर्ता दिएका हुन् ।नेता कर्णले हुलाकमार्फत् जाहेरी दिएका छन् । उनले जाहेरीमा भनेका छन्, ‘बहालवाला मन्त्रीको अभिव्यक्तिले दुई समुदायबीच द्वन्द्व सृजना भई सोबाट जातिय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक दंगा फैलाउने दुई समुदायबीच राष्ट्रिय एकतामासमेत असर पर्ने भएकाले अन्यायी म

    • प्रकाशित मितिः माघ १३, २०७८
    • २६३ पटक पढिएको
  • इनरुवा नगरपालिकाको सेवा भोलिदेखि २० माघसम्मलाई स्थगित

    सुनसरीको इनरुवा नगरपालिकाले भोलि (शुक्रबार)देखि आउँदो २० गतेसम्मलाई कार्यालयको सेवा स्थगित गरेको छ । कर्मचारीभित्रै कोरोना सङ्क्रमण फैलिएपछि कार्यालयको आन्तरिक काम र अत्यावश्यक सेवाबाहेक अरू काम नहुने नगरले जनाएको छ । आज (बिहीबार) सूचना जारी गरी नगरपालिकाले कर्मचारीहरू कोरोना सङ्क्रमित भइ कार्यालय आएर नियमित काम गर्न नसकेकाले सेवा स्थगित गर्नुपरेको जनाएको छ । 

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १९८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]