राष्ट्रिय युवा सङ्घ सुनसरीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ५ बुँदे ज्ञापन पत्र बुझाएको छ ।आज प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष युवा सङ्घले सरकारको घोर भर्त्सना गर्दै ज्ञापन पत्र बुझाएको हो ।राष्ट्रिय युवा सङ्घ सुनसरी इन्चार्ज देवानन्द मेहता र संयोजक सुजन लामाले संयुक्त हस्ताक्षरित पत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, भ्रष्टाचारमा नेपाल अग्र भागमा देखिँदा पनि नबोल्नु, तथा बहालवाला मन्त्रीले हिंसा निम्त्याउने सार्वजनिक अभिव्यक्ति दिँदा पनि नबोल्नु, स्थानीय तहको निर्वाचन गराउन सरकार पछि हट्नु र देशमा सिटामोलको हाहाकार हुँदा सरकार नबोल्नु जस्ता विषयमा
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश बचाउने र धर्म जोगाउने आफ्नो पार्टीको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह गरेका छन् ।राप्रपा केन्द्रीय कार्यालयमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यथास्थितिको निरन्तरताले देश बर्बाद हुने भएकाले देश र धर्मको रक्षाका लागि युवाहरू लागि पर्नुपर्ने बताए। यसका लागि राप्रपाको देश र धर्म रक्षाको अभियानमा सहभागी हुनुपर्ने उनको भनाइ छ। ‘यथास्थितिको निरन्तरताले देश बर्बाद हुने अवश्यम्भावी छ, युवाहरुले राजनीतिलाई घृणा गर्ने होइन, देश बचाउने र धर्म जोगाउने राप्रपाको अभियानमा समाहित हुन ढिला नगरौं किनकि हामीसँग समय कम छ,’ अध्यक्ष लिङ्देनले भने ।
सुन्दरहरैंचा । जनचेतनामुलक छोटो चलचित्र ’टेन्सन’ को छायांकन सुरु गरिएको छ । अहिलेको विभिन्न समसामयिक विषयवस्तुलाई समेटेर बनाइएको हाँस्यव्यङ्गय जनचेतनामुलक छोटो चलचित्र टेन्सनको छायांकन बराहक्षेत्र नगरपालिका सहित पूर्वका विभिन्न स्थानमा भइरहेको छ । निर्देशक साथै कलाकार होम पी. भट्टराईको कथा लेखन निर्देशनमा रहेको यस छोटो चलचित्रमा मुख्य कलाकार शिव भट्टराई भोजपुरे, मोतीराम राई, होम पि भट्टराई, मञ्जिला पौडेल, सुशील विक, सुजता विक, सुमित्रा तामाङ, सुनिता विक आदि रहेका छन् । त्यसैगरी छायांकन र सम्पादन कमानसिंह राईले गर्दैछन् भने यसको निर्माता विवेक राज धामी रहेका छन् । चलचित्र यही माघ महिना भित
सुन्दरहरैंचा । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी नेतृ राई बिजयी भएकी हुन् ।उनले ४ हजार ६९२ मतभार पाइन् । एमालेबाट उम्मेदवार बनेकी सावित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरिन् ।
सुन्दरहरैंचा । प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे ।
सुन्दरहरैँचा । प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा गोलाप्रथाबाट सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् । काँग्रेसको तर्फबाट उम्मेदवार बनेका उनले एमालेका उम्मेदवार गुरु बराललाई गोलाप्रथाबाट हराएका हुन् ।दुई उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथामा विजेता घोषणा गरिएको हो । दुबै उम्मेदवारले बराल र बस्नेतको ४४८८ मत आएको थियो । राष्ट्रियसभा निर्वाचनसम्बन्धी ऐन २०७५ को दफा ५८ मा बराबर मत आएमा गोलाप्रथाबाट विजेता घोषणा गर्ने उल्लेख छ ।
सुन्दरहरैँचा । पछिल्लो पाँच दिनमा सुन्दरहरैँचा नगरपालिकामा ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ सामाजिक बिकास मन्त्रालय प्रदेश नं १ का अनुसार पाँच दिनमा सुन्दरहरैँचामा २७ जना महिला र २८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । मोरङमा मात्र मात्र पाँच दिनमा १४३६ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ । प्रदेश १ मा मोरङ, सुनसरी र झापा जिल्लामा कोरोना भाईरसको संक्रमण बढी फैलिरहेको छ । मोरङको सबै भन्दा बढी विराटनगर , झापाको विर्तामोड र सुनसरीको इटहरी , धरान जस्ता स्थानिय तहमा सक्रमितको संख्या बढी फैलिरहेको छ । त्यस्तै बुधबार सुन्दरहरैँचामा ८ जनामा कोरोना भाइरसको संक्
इटहरी / धरानमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । कोभिड अस्पताल धरानमा उपचारको क्रममा धरान–१४ का २९ वर्षीय पुरुषको निधन भएको हाे । उपचारका क्रममा मंगलबार साँझ ८:५५ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जानकारी दिएकाे छ । लिभरसम्बन्धी समस्या भएका उनमा माघ ३ गते कोरोना पुष्टि भएको थियो ।
‘हाम्रो स्वास्थ्य हाम्रो जिम्मेवारी, सचेतना अपनाई हटाऔँ महामारी’ भन्ने नारासहित आज रामधुनी नगरपालिकाको झुम्का बजारमा सात सयभन्दा बढी व्यक्तिलाई मास्क वितरण गरिएको छ । झुम्का जेसिज तथा झुम्का जुनियर जेसिजआबद्ध युवा तथा किशोर–किशोरीको टोलीले आज बिहान झुम्का बजारमा सञ्चालन गरेको स्थलगत कोभिड सचेतनासम्बन्धी कार्यक्रमका क्रममा सर्वसाधारणलाई मास्क वितरण गरेको हो । टोलीले बिहान ८ बजेदेखि दिउँसो ११ बजेसम्म रामधुनी नगर हाटबजार परिक्रमासहित सर्वसाधारणलाई मास्क वितरण गरिएको थियो । सडकमा मास्क नलगाई हिँड्ने पैदल तथा साइकल यात्री, मोटर साइकललगायत सवारीसाधन प्रयोगकर्तालाई रोकेर मास्क प्रयोगको महत्त्वस
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने गरी आयोगले तयारी गरिसकेको बताएका छन् । उनले वैशाखमै निर्वाचन गर्ने गरी सबै तयारी भएकोले सरकारले तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने धारणा राखे । उनले भने, ‘सरकारले निर्वाचनको मिति दिओस् । स्थानीय तहको चुनाव रोक्नुहुँदैन, रोकिँदैन! यो मेरो आग्रह हो । वैशाखमै गर्न आयोग तयार छ । मैले सबै दलका नेताहरूलाई भेटेर यो कुरा राखिसकेको छु ।’ पछिल्लो समय स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने चर्चा चली रहेको बेला प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.