सुन्दरहरैंचा । जनचेतनामुलक छोटो चलचित्र ’टेन्सन’ को छायांकन सुरु गरिएको छ । अहिलेको विभिन्न समसामयिक विषयवस्तुलाई समेटेर बनाइएको हाँस्यव्यङ्गय जनचेतनामुलक छोटो चलचित्र टेन्सनको छायांकन बराहक्षेत्र नगरपालिका सहित पूर्वका विभिन्न स्थानमा भइरहेको छ । निर्देशक साथै कलाकार होम पी. भट्टराईको कथा लेखन निर्देशनमा रहेको यस छोटो चलचित्रमा मुख्य कलाकार शिव भट्टराई भोजपुरे, मोतीराम राई, होम पि भट्टराई, मञ्जिला पौडेल, सुशील विक, सुजता विक, सुमित्रा तामाङ, सुनिता विक आदि रहेका छन् ।

 त्यसैगरी छायांकन र सम्पादन कमानसिंह राईले गर्दैछन् भने यसको निर्माता विवेक राज धामी रहेका छन् । चलचित्र यही माघ महिना भित्र हौसला मिडिया हबबाट रिलिज हुन लागेको निर्देशक होम पि भट्टराईले जानकारी गराएका छन् । भट्टराईले यसअघि पनि उदेश्य, उदेश्य २, घृणा, धोका, कोही भन्दा कोही कम छैन, खुरपारे काजी, मास्क जस्ता सर्टमुभी तथा ठूलो पर्दाको फिल्म ड्रिम गल, गोल, फेक फ्रेनमा अभिनय गरिसकेका छन् ।