नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको हो ।सम्पर्कमा नरहेकाहरुमा प्रहरी हबल्दारहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर छन् । सिंह मंसिर १९ गतेदेखि र कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्कमा छैनन्।१ नं. प्रदेशबाट मात्र ४ जना प्रहरी जवान
काठमाडौं / तत्कालीन प्रदेश २ को नाम परिवर्तन भई मधेस भएको जानकारी दिन जारी राजपत्रमा नेपालको ‘चुच्चे नक्सा’ नसमेटिएको विषय सार्वजनिक भएपछि पुनः सच्चाइएको छ । मधेस प्रदेशका महान्यायाधिवक्ता दिपेन्द्र झाले ‘भूलवश हुन गएको प्रावधिक त्रुटि सच्याइएको जानकारीसहित मन्त्रालयले पुनः राजपत्र छापेको’ जानकारी दिएका छन् । गत ३ माघमा प्रदेश २ को प्रदेशसभाले नाम परिवर्तन गरी मधेस प्रदेश कायम गरेको थियो । सो बारे जानकारी दिने भन्दै प्रदेश सरकारले शुक्रबार राजपत्रमा प्रकाशित गरेको थियो, जसको सार्वजनिक सामाजिक सञ्जालमार्फत झाले गरेका थिए ।पहिलो प्रकाशित राजपत्रमा सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र का
मोरङ/ केराबारी गाउँपालिका–८ का एक युवकको शव रुखको जराभित्र भेटिएको छ । रुखको जराभित्र शव भेटिएपछि २६ वर्षीय बाबुराम भट्टराईको हत्या भएको आशङ्का गरिएको छ । आइतबार दिउँसो चारकोसे जङ्गलमा ढलिरहेको रुखको जराभित्र फेला परेको हो । सडेर दुर्गन्धित बनेको अवस्थामा भेटिएको शवको आफन्त र परिवारका सदस्य मार्फत प्रहरीले पहिचान गरेको थियो । हत्या गरेपछि रुखको जराभित्र लगेर शव लुकाइएको बताउँदै परिवारले घटनाको यथार्थ पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग गरेको छ । प्रहरीले पनि उनको हत्या भएको हुनसक्ने आशङ्का गरेको छ । पुस २३ देखि २९ गतेसम्म लागेको मच्छिन्द्र मेला हेर्न भनेर गत पुस २७ गते भट्टराई घरब
इटहरी / इटहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ । इटहरी उपमहानगरपाललिका-१० मा बसको ठक्करबाट तेह्रथुम साब्लाका ४५ बर्षीय बम बहादुर लिम्बुको मृत्यु भएकाे हाे । हिजो साँझ ६ बजे इटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट आउँदै गरेको को १ ख ६१६२ नम्बरको बसले ठक्कर दिँदा गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न बस र चालक भुवन कुमार विष्ट ईलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेकाे छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
धनकुटा / धनकुटा नगरपालिका- ४ छारागाउँकी ५२ वर्षीया सीता श्रेष्ठको शव घरभित्र पुरिएको अवस्थामा फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएकी सीताको उनका पति सीतारामले हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी झगडापछि पत्नि बेपत्ता भएसँगै फरार रहेका सीतारामलाई ललितपुरबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई पक्राउ गरी प्रहरीले सोधपुछ गर्ने क्रममा हत्या गरी घरभित्रै गाडेको रहस्य खुलेको प्रहरीले बताएकाे छ । गत पुस २१ गते भदाहा अरुण श्रेष्ठले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए । यसअघि पनि पति-पत्निबीच बारम्बार कुटपिट हुने गरेको थियाे । शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास
इटहरी उपमहानगरपालिकाले व्यवसायिक कृषि खेती गर्ने इटहरीका कृषकहरूलाई प्लास्टिक टनेल वितरण गरेको छ । इटहरी उपमहानगरको कृषि विकास शाखाले इटहरीका बिभिन्न वडामा तरकारी खेती गर्ने ७१ जना कृषकलाई प्लास्टिक टनेल र ८३ जनालाई मल्चीङ छापो हाल्ने प्लास्टिक वितरण गरिएको हो । गत कार्तिकमा आएको बेमौसमी वर्षाका कारण तरकारी खेती गर्ने कृषकलाई पुर्याएको क्षतिको राहत स्वरुप उपमहानगरले कृषि सामाग्री वितरण गरिएको जनाइएको छ । साथै सितलहरका कारण तरकारी खेतीमा पुराउने समस्यालाई समेत निराकरण गर्न कृषकहरूलाई प्लाष्टिक वितरण गरिएको इटहरी उपमहानगरको कृषि विकास शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी द
इटहरी । कोरोना भाइरसको तेस्रो लहर दिनप्रतिदिन बढी रहेको समयमा मानिसहरुको चहलपहल हुने पर्यटकीय क्षेत्रहरु समेत सुनसान हुन थालेका छन । नेपाल सरकारले भाइरस फैलन नदिन उच्च स्वास्थ्य सुरक्षा अपनाउन गत पौष २७ गतेबाट निर्देशन गरेसंगै पर्यटकीय क्षेत्रहरुमा समेत मानवीय चहलपहल घट्न थालेको हो । नेपाल सरकारले घोषणा गरेको एक सय गन्त्वय स्थल मध्ये पर्न सफल सुनसरीको तालतलैया क्षेत्रमा समेत कोरोना कहरका कारण पर्यटकीय गतिविधि घट्न थालेको छ । कोरोना कहरका कारण पर्यटकहरु आउन छोडेपछि पर्यटकीय क्षेत्र तालतलैयालाई ब्यवस्थापनमा समस्या पर्न थालेको छ । कोरोना संक्रमणको जोखिम बढी रहेका क
इटहरी । कोरोना भाइरसको तेस्रो लहर फैलिरहेको समयमा रोकथाम नियन्त्रण र न्युनिकरणमा सबैको भुमिका महत्वपुर्ण हुने संदेश सहित सुनसरीको इटहरीमा सार्वजनिक सवारीमा सेनिटाइजर गर्ने तथा मास्क वितरण अभियान सुरु गरिएको छ । सामाजिक कार्यका क्षेत्रमा सक्रिय रहदै आएको बुल्स इलेभेनको अगुवाईमा प्रदेस नम्बर १ ट्राफिक कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय इटहरीले संयुक्त रुपमा सार्वजनिक सवारी साधनमा सेनिटाइजर गर्ने तथा सडक प्रयोगकर्ताहरुलाई मास्क वितरण गर्ने अभियान सुरु गरिएको हो । इटहरीमो धरान लाइनमा सार्वजनिक सवारी साधनहरु रोकेर सेनिटाइजर गर्ने साथै सडक प्रयोगकर्ताहरुलाई तपाईको मास्क ख
सुनसरी/ सुनसरीको इटहरी उपमहानगरपालिकाले क्याम्पस तहमा अध्ययनरत दलित समूदायका बिद्यार्थीलाई दलित बिद्यार्थी शैक्षिक प्रोत्साहन (छात्रबृत्ति)प्रदान गरेको छ। आईतबार इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले प्रति बिद्यार्थी २४ सयका दरले आज ३८जना बिद्यार्थीलाई प्रोत्साहन प्रदान गर्नुभएको हो।उपमहानगरपालिकाले ६१जना दलित बिद्यार्थीका लागि एक लाख पचास हजार प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम अन्र्तगत आज आईतबार ३८ जनालाई प्रदान गरिएको हो। अन्यलाई अर्को दिन प्रदान गरिने बताइएको छ।दलित समूदायका बिद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन प्रदान गरिने उपप्रमुख गौतमले बताउनुभयो। यो बर्ष
केही दिनयता मात्रै प्रदेश नम्बर २ ले नाम परिवर्तन गरी ‘मधेस प्रदेश’ बनाएको थियो । ‘मधेस प्रदेश’ को विषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ समेटिएको छैन । सार्वभौम सङ्घीय सांसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई वर्ष बितिसकेको छ ।नयाँ नक्सा हुँदा पनि मधेस प्रदेशले लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको राजपत्र प्रकाशित गरेको छ । मधेस प्रदेश नामकरण गरिएको विषय जानकारी दिन जारी राजपत्रमा चुच्चे नक्सा नअटेको हो ।मधेस प्रदेशका महान्यायाधिवक्ता दीपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा चुच्चे नक्सा नदेखिए पछि सवार्धीक जनताले चासोको रूपमा हेरिएको छन्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.