इटहरी / इटहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ । इटहरी उपमहानगरपाललिका-१० मा बसको ठक्करबाट तेह्रथुम साब्लाका ४५ बर्षीय बम बहादुर लिम्बुको मृत्यु भएकाे हाे । हिजो साँझ ६ बजे इटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट आउँदै गरेको को १ ख ६१६२ नम्बरको बसले ठक्कर दिँदा गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न बस र चालक भुवन कुमार विष्ट ईलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेकाे छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।


