समाज

    Showing ११,२११-११,२२० of ११,३०१ items.
  • लघुवित्तको कर्मचारी मनकुमारी रकमसहित बेपत्ता

    सोलुखुम्बुको सोताङ गाउँपालिका १ हुलुकी २५ वर्षीया मनकुमारी कार्की असोज ८ गतेदेखि बेपत्ता भएपछि प्रहरीले उनको खोजतलासको लागि ‘सर्च अप्रेसन’ सञ्चालन गरेको छ । एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत उनको साथबाट ४ लाख रुपैयाँ बढी नगद समेत गायब भएपछि १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको संयुक्त टोली सर्च अप्रेसनमा जुटेको हो ।जिल्लाको प्रहरी टोलीलाई थप मद्दत गर्न प्रदेश प्रहरीको रिजनल इन्भेष्टिगेशन टिम (आरआईटी) को दुई जना (एनालाइष्ट) विश्लेषण टोली कार्की बेपत्ता भएको स्थान पुगेर काम स

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १७१ पटक पढिएको
  • इटहरी मा दुर्घटना गराएर भागेका सुन्दरहरैँचा ४ काट्याक्टर चालक राजेश पक्राउ

    सुन्दरहरैँचा / तत्कालिन समयमा इलाका प्रहरी कार्यालय पकलीमा दरबन्दी भई इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान चन्द्र तवदारको २०७७ असार २८ गते सवारी दुर्घटनामा घाईते भएका थिए।असार २८ गते राती पौने नौ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तरगत इटहरी उपमहानगरपालिका ५ खण्डमा ड्युटिका क्रममा तवदार सवार को ३४ प ९५६ नम्बरको मोटरसाईकललाई को १ त ६०३ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।तत्कालिन समयमा भएको दुर्घटनामा प्रहरी जवान तवदारको उपचारको क्रममा ज्यान गएको थियो। दुर्घटनापछि ट्याक्टरका चालक सुन्दरहरैँचा ४ का राजेश उराव घटनास्थलबाटै फरार थिए।फरार रहेका उराउलाई इलाका प्रहरी कार्यालय इटह

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १५३ पटक पढिएको
  • मन्त्री यादवको अभिव्यक्ति र मूल्यवृद्धि विरुद्ध सुनसरी राष्ट्रिय युवा सङ्घ सडकमा

    नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्ति र मूल्यवृद्धि विरुद्ध राष्ट्रिय युवा सङ्घ सुनसरीले इटहरीमा प्रदर्शन गरेको छ । मन्त्री यादवले एक खुल्ला समारोहमा गौर हत्या काण्ड ब्युँतिन सक्ने भन्दै अराजकतापूर्ण अभिव्यक्ति दिएकी थिइन् । त्यस्तै पेट्रोलियम पदार्थ तथा बजारमा महँगी बढ्दा पनि सरकारले वास्ता नगरेको भन्दै युवा सङ्घले विरोध प्रदर्शन गरेको हो ।विरोध कार्यक्रममा बोल्दै राष्ट्रिय युवा सङ्घ नेपाल इटहरी अध्यक्ष कमल दाहालले यो सरकार मनपरी ढङ्गबाट अघि बढेको बताउँदै सडकबाट लगाम लगाउने चेतावनी दिए । त्यस्तै राष्ट्रिय युवा सङ्घ सुनसरी संयोजक सुजन लामाले यो परमादेश सरकारले

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १६३ पटक पढिएको
  • सिमानामा तत्काल होल्डिङ्ग सेन्टर निर्माण गर्न मधेस प्रदेश सरकारसँग माग

    जनकपुरधाम / मधेस प्रदेशमा कोभिड–१९ का संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश सभाका महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश भित्र रहेका नेपाल भारतका सिमा नाकामा होल्डिङ्ग सेन्टरसहितको तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गरेको छ ।समितिको बैठकले छिमेकी मुलुक भारतसँग सिमा जोडिएको मधेस प्रदेशमा कोरोना महामारीको जोखिम उच्च रहेकोले तत्काल सिमा नाकाको भारतबाट आउने यात्रुको लागि होल्डिङ्ग सेन्टर, हेल्प डेस्क, एन्टीजेन टेस्ट तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।समितिका सभापति जयनुल राइनको सभापतित्वमा भएको बैठकले कोरोना भाइरस छिटै नै सर्ने गरेकोले पनि त्य

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १५३ पटक पढिएको
  • भारतमा १२ घण्टाभित्र दुई नेताको हत्या

    काठमाडौं / भारतको केरल राज्यमा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ। भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो ।केरलको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शानको हत्या भएको हो । शानको हत्या भएको १२ घण्टाभित्रै भाजपाका नेता रेनजिथ श्रीनिवासनको हत्या भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • २०८ पटक पढिएको
  • प्रदेश १ मा ११३५ जनामा कोरोना संक्रमण

    विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १३५ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३६ जनाको पीसीआर परीक्षण गर्दा ७७२ र ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३६३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३१६, सुनसरीमा २५७, झापामा १४२, धनकुटामा ५, उदयपुरमा ४, संखुवासभामा ३, इलाम र भोजपुरमा २–२, पाँचथर, तेहृथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३८ जनामा कोरोना संक्रमण भएको हो ।मोरङको विराटनगरमा २५३, बुढीगंगामा १९, सुन्दरहरैचामा ११, उर्लाबारीमा ७, रंगेलीमा ५, कटहरी र स्थानीय तह नखुलेका ३–३, केराबारी, लेटाङ, धनपालथान, बेलबारी, जहदा

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १५७ पटक पढिएको
  • उदयपुरमा प्रहरीद्वारा मास्क वितरण

    उदयपुर / जिल्ला प्रहरी कार्यालय उदयपुरले कोरोना भाइरस संक्रमण तीव्र फैलिन थालेपछि सतर्कता अपनाउँदै मास्क वितरण थालेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको मातहतमा रहेको ३८ ओटै प्रहरी युनिटबाट मास्क वितरणको काम भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।जिल्लाभर एकैसाथ मास्क प्रयोग नगर्ने सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए । जिल्ला प्रहरीले आफ्नै श्रोतबाट सर्वसाधारणलाई सचेतना जगाउन मास्क वितरण गरेको हो । ‘नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्दै मास्क वितरण गरेका हौं,’ प्रनाउ गौतमले भने, ‘मास्क वितरणसँगै स्वास्थ्य मापदण्

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १४६ पटक पढिएको
  • छथर गाउँपालिकाद्वारा घरैमा ज्येष्ठ नागरिकलाई सम्मान र उपचार

    तेह्रथुम / छथर गाउँपालिका-१ तेह्रथुमकी तेम्बा सेर्पा ७९ वर्ष पुगिन् । उनलाई स्वास्थ्य जाँच गर्न स्वास्थ्य केन्द्रसम्म पुग्न मुस्किल छ । ढल्किँदो उमेरकी सेर्पाले घरैमा उपचार पाउँदा खुसी ब्यक्त गरिन् । उनले उपचार मात्र पाइनन्, गाउँपालिकाले दोसल्ला ओढाएर सम्मान गर्दा गर्वले खुसी भइन् ।‘सरकारले हामी जस्ता बुढाबुढीलाई सम्मान गर्दै उपचार गर्दा हामी खुसी छौं । उमेर पनि गयो । स्वास्थ्यचौकी पुग्नै मुस्किल छ । हाम्रो समस्यालाई बुझेकोमा सरकारलाई धन्यावाद,’ उनले भनिन् ।तेम्बा जस्तै लाक्पा क्षेत्र सेर्पा पनि घर टोलमै सेवा लिन पाउँदा खुसी भएका छन् । ‘हामी बिरामी हुँदा स्वास्थ्य जाँच गर्न हिँडेर जान समस्या छ

    • प्रकाशित मितिः माघ ७, २०७८
    • १९६ पटक पढिएको
  • इटहरी भोटिया खोला पुल शिलान्यास : लागत चार करोड १६ लाख

    इटहरी / इटहरीको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नम्बर १५ स्थित भोटिया खोलामा पुल शिलान्यास गरिएको छ ।इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले पुल शिलान्यास गरेका हुन् । ४ करोड १६ लाख ४१ हजारको लागतमा दुई वर्षमा सो पुल निमार्ण भइसक्ने सम्झौता छ । इटहरी र इनरुवा जोड्ने सो पुल निर्माणपछि स्थानीय लाभान्वित हुने उपमहानगरका प्रमुख चौधरीले बताए ।खेतिपाति गर्न र कृषि उपज बजार पुर्याउनका लागि स्थानीयलाई पूल अति नै आवश्यक भएकाले उपमहानगरले तीन वर्षको रकम जुटाएर पुल निर्माण थालेको उनको भनाइ छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीलेले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड

    • प्रकाशित मितिः माघ ७, २०७८
    • १६४ पटक पढिएको
  • सञ्चारकर्मीले बनाएको सर्टमूभि उत्कृष्ट २० मा (भिडियोसहित)

    इटहरी । इटहरीका सञ्चारकर्मीहरुले जातिय विभेद विरुद्धको सचेतना जगाउने उद्देश्यले निर्माण गरेको सर्टमूभि उत्कृष्ट २० मा पर्न सफल भएको छ । यूएनडीपीको आह्वानमा देशभरबाट निर्माण भएका करिव ७० वटा सर्टमुभि मध्ये इटहरीका सञ्चारकर्मीहरु रोहित खनाल र रेवती निरौलाको टीमले निर्माण गरेको चेत नामक सर्टभूमि उत्कृष्ट २० मा पर्न सफल भएको हो । नेपाल टेलिभिजन इटहरीमा कार्यरत रोहित खनालको निर्देशन तथा मकालु टेलिभिजनका रेवती निरौला र नेपाल टेलिभिजनका धार्मिक कार्यक्रम प्रस्तोता कमल दाहालको मुख्य भूमिका रहेको यस सर्टमूभीको लेखन भने केशवजीले गरेका हुन् ।जातिय विभेद विरुद्धको सन्देश दिने अधिकांश चलचित्रहरुमा मन्दिर त

    • प्रकाशित मितिः माघ ७, २०७८
    • १६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]