समाज

    Showing ११,२४१-११,२५० of ११,३०१ items.
  • सुनसरीमा बालुवाबाट लाखौँ कमाउँछन् अस्गर अली

    ♦ प्रकाश तिम्सिनासुनसरी, ४ माघ । कोशी गाउँपालिका–५ का अस्गर अली १३ वर्षसम्म उनको चार बिघा जमिनमा वार्षिक चार सय मन धान उत्पादन हुन्थ्यो । घरको आम्दानीको स्रोत नै धान बाली थियो । परिवारलाई वर्षभरि पुग्ने धान राखेर उनी अरू बिक्री गर्थे । तर, २ भदौ २०६५ मा कोशी नदीले बाँध फुटाएर जब खेती योग्य जमिनमा पस्यो, तब उनको सबै सपना उडाइदियो ।कोशीको बाढीले बगाएपछि घर खर्च चलाउन समस्या नहुने उनलाई कसरी घर चलाउने भन्ने चिन्ता थियो । १३ वर्षसम्म आफ्नो जग्गामा बालुवाबाहेक केही नदेखेका अस्गर अहिले भने त्यही बालुवा उनको आम्दानीको गतिलो स्रोत बनेको छ ।दुई वर्षअघि भारतको राजस्थान भ्रमण गरेर बालुवामा कागती खेत

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १२४ पटक पढिएको
  • सर्वाेच्च छिर्यो कोरोना, न्यायाधीशसहित ३१ जनामा संक्रमण : सेवा संकुचन गर्ने निर्णय

    सर्वोच्च अदालत फुलकोर्टले १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको फुलकोर्टको बैठकले कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको हुँदा सेवा संकुचन गर्ने निर्णय गरेको हो ।न्यायाधीश, मुख्य रजिष्ट्रारसहित ३१ जनालाई कोरोना संक्रमण देखिएपछि सोमबार बसेको बैठकले सेवा संकुचन गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।सेवा संकुचनबारे सर्वोच्चले जारी विज्ञप्तिसर्वोच्च अदालतबाट जाही पेशा विज्ञप्ती कोरोना भाइरस ९कोभिड –१९० को नयाँ भेरियन्ट ओमिक्रोन लगायतका विभिन्न भेरियन्टका कारण उत्पन्न विषम् र असहज परिस्थिति उत्पन्न भएको, न्यायाधीश, मुख्य रजि

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ६४ पटक पढिएको
  • लागु औषध सहित २ जना पक्राउ

    मोरङ / मोरङको रतुवामाई नगरपालिका-९ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई पक्राउ परेका छन्  । पक्राउ पर्नेमा उर्लावारी नगरपालिका-३ का ३६ बर्षीय तारानिधि गुरागाई र ३५ बर्षीय बिदेश लिम्वु रहेका छन ।  प्रहरी चौकी इटहराबाट खटिएको गस्ति टोलीले शंका लागि  मे.२ प ४८०४ नम्वरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडि सवार रहेका लिम्बुको साथबाट नाईटाभेट-४६ पत्ता (६९० चक्की) फेला पारेको थियो । प्रतिबन्धित लागुऔषध नाईटाभेट सहित पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय ले जनाएको छ  ।

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ५२ पटक पढिएको
  • सिरिजङ्गा लिपिलाई किरात सिरिजङ्गा लिपिको नाममा समायोजन गर्ने निर्णयप्रति युमा साम्योको आपत्ति

    धरान : युमा साम्यो महासभा नेपालले भर्खरै किरात याक्थुङ चुम्लुङ लगायत किरातजन्य संघसंस्थाहरूले सहिद सिरिजङ्गाको त्याग र बलिदानले सुरुवात भएको सिरिजङगा लिपिलाई किरात सिरिजङ्गा लिपिको नाममा समायोजन तथा नामकरण गर्ने भन्ने निर्णयप्रति आपत्ति प्रकट गर्दै भर्त्सना गरेको छ ।महासभाले धरानमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न अभिलेख लिखत तथा अभ्यासहरूमा सिरिजङ्गाको सम्मान गर्दै उनकै नामबाट लिपिको नाम राख्न उपयुक्त र सर्वस्विकार्य हुने हुँदा यस नामको अघि-पछि कुनै फुर्का र शब्दावली आवश्यक नरहेको जनाएको छ ।लिपिका अन्वेषक, प्रचारक तथा प्रवर्द्धक सहिद सिरिजङ्गाको योगदानलाई उच्च कदर गर्दै उनले चलाएको

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ६८ पटक पढिएको
  • बेतिनी सामुदायिक वन त्रिपक्षीय भिडन्त

    उर्लाबारी । मोरङको उर्लाबारी-२ मा रहेको बेतिनी सामुदायिक वन उपभोक्ता समूहको नेतृत्वमा लागि त्रिपक्षीय भिडन्त हुने भएको छ ।आगामी माघ १५ गतेका लागि तय भएको निर्वाचनमा अध्यक्षपदमा ३ जनाको प्रतिष्पर्धा हुने भएको छ । पूर्वीमोरङको पर्यटकीय क्षेत्रका रुपमा गुरुयोजना सहित विकास गरिदै लगिएको यस बनको निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ ।वनको १९ औँ साधारण सभा मार्फत नया नेतृत्व हत्याउने दाउमा यति बेला वर्तमान अध्यक्ष भीमबहादुर राई, वर्तमान कोषाध्यक्ष ज्योति थापा र पूर्वअध्यक्ष कृष्ण दाहाल प्रतिष्पर्धामा उत्रेका हुन् ।तीनै जनाले उपभोक्ताहरुसँग मत मागिरहेका छन् । बर्तमान अध्यक्ष राईले एक कार्यकाल स

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ६४ पटक पढिएको
  • सुनिल शर्मा माथी भएको दुर्ववहार दु:खद : बेलबारी काङ्ग्रेस

    बेलबारी । काङ्ग्रेस नेता तथा नोबेल मेडिकल कलेजका सञ्चालक माथी भएको दुर्ववहार दु:खद भएको बेलबारी काङ्ग्रेसले जनाएको छ ।पत्रकार सम्मेलन गर्दै निकालिएको विज्ञप्तिमा भनिएको छ ” कानुनी राज्यमा लोकतन्त्रको उपहास भयो दोषी जो कोहिलाई कार्वाही हुनुपर्छ । “सिंहदरबारमा शनिबार शर्मा माथी भएको दुर्ववहार प्रती बेलबारी काङ्ग्रेसले विरोध गर्दै उक्त घटनाको भर्तसना समेत गरेको छ बेलबारी काङ्ग्रेसले शनिबार विज्ञप्ती मार्फत कसैले कानुनी राज्यको उपहास नगर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।बेलबारी काङ्ग्रेस नगरसभापती छत्र लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ विधार्थी संगठनका केही भिजिलान्तेहरुले सिहंदर

    • प्रकाशित मितिः माघ २, २०७८
    • १५६ पटक पढिएको
  • बिपद् जोखिम न्युनीकरण तथा प्रतिकार्य सम्बन्धि दुई दिने स्वयमसेवक अभिमुखीकरण सम्पन्न

    इटहरी । बिपद्  जोखिम न्युनीकरण तथा प्रतिकार्य सम्बन्धि  दुई दिने स्वयमसेवक अभिमुखीकरण कार्यक्रम सम्पन्न  भएको छ । एशीया प्यासिफिक एलाइन्सको साझेदारी तथा युवा बिकास केन्द इटहरीको आयोजनामा उक्त अभिमुखीकरण कार्यक्रम गरिएको हो । युवा बिकास केन्दको सभाहलमा आयोजीत २ दिने तालिममा सुनसरीको १२ वटै  स्थानीय तहका ३५,३५ जना गरेर दुई दिनमा ७० जना युवाहरु लाई विपद् जोखिम ब्यवस्थापन गर्न विपद् जोखिम सुशासनलाई बलियो बनाउने,प्रभावकारी प्रतिकार्यका लागी विपद् पुर्व तयारी र पुर्नस्थापना,पुर्ननिर्माणका विषयमा तालिम दिएको थियोे । सरकारका तर्फबाट तिनै तहको सरकारले  तथा बिभिन्

    • प्रकाशित मितिः माघ २, २०७८
    • ३९६ पटक पढिएको
  • नरमाया-गणेश फाउण्डेशनद्धारा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

    उर्लाबारी । नरमाया-गणेश फाउण्डेशन उर्लाबारीले शुक्रवार राजघाट आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।सो फाण्डेशनका अध्यक्ष सुजता नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले विद्यालयका १ सय २३ जना विद्यार्थीलाई न्यानो कपडा स्विटर र शैक्षिक सामाग्री प्रदान गरेका हुन् । वितरण कार्यक्रममा फाउण्डेशनले शैक्षिक सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै नगर प्रमुख फागोले नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे उक्त फाउण्डेशन शिक्षा क्षेत्रमा योगदान पुर्याएका उर्लाबारी ५ निवासी गणेशप्रसाद दाहाल र उनकी आमाको स्मृ

    • प्रकाशित मितिः माघ २, २०७८
    • १४२ पटक पढिएको
  • उर्लाबारीको पर्यटकिय क्षेत्र बेतिनी सिमसार असुरक्षित,युवाहरु विच कुटाकुट

    उर्लाबारी । मोरङ उर्लाबारीको पर्यटकिय क्षेत्रका रुपमा रहेको बेतिनी सामुदायिक वन क्षेत्र भित्र रहेको बेतिनी सिमसारमा युवाहरु विच कुटाकुट हुदा २ जना घाईते भएका छन् ।मकर संक्रान्तिका दिन सो स्थानमा घुम्न गएका युवाहरु विच विवाद उत्पन्न भई झगडा हुँदा मोरङ कानेपोखरी गाँउपालिका-५ बस्ने २ जना युवाहरु घाईते भएका हुन ।माघ १ गते युवाहरु विच भएको झगडाका कारण कानेपोखरी-५ बस्ने वर्ष १७ का सुरज धिमाल र सोही वडा वस्ने वर्ष १९ का निमेश धिमाल घाईते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।शनिवार दिउसो करिब २ बजेको समयमा भएको सो घटनामा कुटाई खाने निमेश धिमालको टाउकोमा र सुरज धिमालको मुखमा चोट लागेको

    • प्रकाशित मितिः माघ २, २०७८
    • १३० पटक पढिएको
  • लागुऔषध गाँजा सहित ३ जना भारतिय नागरीक पक्राउ

    सुनसरी, २०७८ माघ ०२ गते । सुनसरीको बर्जु गाँपालिका-५ तिनमुहानबाट नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको कटहरिया-१० का २६ बर्षीय मिठु राय, पुर्णिया सर्सीका १८ बर्षीय पंकज महलदार र कटहरिया-१९ का ५० बर्षीय जितेन्द्र राय रहेका छन् । केही ब्यक्तिहरुले गाँजाको ओसार पसार गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ९ बजे उनीहरुलाई १०० केजी गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः माघ २, २०७८
    • ६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]