समाज

    Showing १,३६१-१,३७० of १०,२९९ items.
  • खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी हन्टिङ’ महोत्सव आयोजना हुने

    इटहरी।  खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी हन्टिङ’ महोत्सव आयोजना हुने भएको छ । लोपोन्मुख अवस्थामा पुगेका भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले जेठ ८ गते फेदीमा महोत्सव आयोजना गर्न लागेको हो । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’सँग जोडिएको फेदीमा आयोजना हुने महोत्सवले भीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवर्धनमा ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले बताउनुभयो । जिल्लाको उत्तरी क्षेत्रका पर्ने उक्त केप

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • ९९ पटक पढिएको
  • कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकारहरूलाई नगदसहित सम्मान

    इटहरी ।  पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकारहरूलाई नगदसहित सम्मान गरेको छ।कोशी प्रदेश सरकारद्वारा आयोजित कार्यक्रममा यस वर्ष प्रदेशका अग्रज पत्रकार सिद्धराज राई, विवेक गौतम, शेखर रेग्मी, रेजिना गौतम, सन्तोष रुचाल, मनोज श्रेष्ठ, श्यामसुन्दर सुतियार र गोपाल दाहाल सम्मानित भएका छन्। सम्मानित सबै पत्रकारलाई जनही एक लाख रुपैयाँ प्रदान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी र सरकारी भनेर कुनै पनि सञ्चार माध्यमलाई विभेद नगर्ने बताउनुभयो। उहाँले निजी सञ्चारमाध्यमलाई बन्देज लगाउने वा संकुचन

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • ११० पटक पढिएको
  • काठमाडौंमा डोजर चल्दा इटहरीको जनता बस्तीमा छटपटी

    इटहरी । इटहरी चोकबाट करिब एक किलोमिटर पश्चिम गएपछि पुगिन्छ– जनता बस्ती । इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा पर्ने जनता बस्तीमा शनिबार र मङ्गलबार हाट लाग्छ । हाट लाग्ने वरपर इटहरी बजारको मुख्य चोककै झल्को दिने गरी तीन–चारतले पक्की घरहरू छन् ।ती घरमा रेडिमेड, किराना, हार्डवेयर र खाद्यान्नका पसल छन् । त्यहाँ कफी सप र होटलहरू पनि प्रशस्त छन् । २०४६ सालपछि सुकुम्बासीका रूपमा बस्ती बसेको सो ठाउँ अहिले बस्ती मात्र नभई सहरका रूपमा परिणत भएको छ ।सहरका रूपमा विकास गर्न तीनै तहका सरकारले लगानी गरेका छन् । बिजुली, चिल्लो सडक र खानेपानीको सुविधाका लागि सरकारले वर्षौंदेखि लगानी गर्दै आएको छ । त्यहाँका स्था

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १५२ पटक पढिएको
  • सहारा नेपाल साकोसद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, २५९ जनाले लिए सेवा

    इटहरी। सहारा नेपाल साकोस लि। द्वारा आयोजित निःशुल्क आँखा जाँच शिविर रामधुनी–७ चौसठ्ठी विगहास्थित पञ्चायत माध्यमिक विद्यालय मा सम्पन्न भएको छ। बिहान ९ बजेदेखि सुरु भएको शिविरबाट २५९ जनाले स्वास्थ्य सेवा लिएका छन्। शिविरको औपचारिक कार्यक्रम शेयर सदस्य मिना लिम्बूको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा रामधुनी नगरपालिका–७ का वडा सदस्य वासुदेव माझी उपस्थित रहेका थिए। कार्यक्रममा सहारा नेपाल साकोस लि। इनरुवा अनुगमन अधिकृत रतन तिम्सिना विशिष्ट अतिथि तथा विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्र सुव्वा विशेष अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी तरहरा शाखा प्रमुख शान्ता काफ्ले, प

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • २७५ पटक पढिएको
  • डिजिटल लाइफस्टाइल तथा महिला स्वास्थ्यसम्बन्धी विशेष सत्र सम्पन्न

    प्रेक्षा आचार्यच्याप्टर लिडलोला इटहरी च्याप्टरइटहरी । लेडिज अफ लिबर्टि अलायन्स इटहरी च्याप्टरले हिजो प्रभात किरण माध्यमिक विद्यालय, सलकपुरमा “डिजिटल लाइफस्टाइल तथा महिला स्वास्थ्य” विषयक विशेषसत्र सम्पन्न गरेको छ । कार्यक्रममा विशेषगरी किशोरी तथा युवतीहरूलाई लक्षित गर्दै डिजिटल लाइफस्टाइलले महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे छलफल गरिएको थियो। लामो समय स्क्रिन प्रयोग गर्दा हुने असर, निद्रामा पर्ने प्रभाव, मानसिक तनाव तथा दैनिक जीवनमा सन्तुलन कायम गर्ने उपायहरूबारे पनि जानकारी दिइएको थियो ।  साथै महिलाहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै आत्म–हेरचाह, सकारात्मक डिजिटल बानी,

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • ८५९ पटक पढिएको
  • राष्ट्रिय प्रतियोगिताका लागि सुनसरीबाट संगम गिरी छनौट

    इटहरी । कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताका लागि सुनसरीका खेलाडी  संगम गिरी  छनोट भएका छन्। जिल्ला ब्याडमिन्टन संघ सुनसरीका अनुसार आगामी वैशाख २९ गतेदेखि जेठ ३ गतेसम्म काठमाडौंमा सञ्चालन हुने राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कोशी प्रदेशबाट १२ जना खेलाडी छनोट भएका हुन्। तीमध्ये सुनसरीबाट पुरुषतर्फ संगम गिरी छनोट भएका छन्। सुनसरीमा  सोमबार सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट विभिन्न जिल्लाका खेलाडीहरू राष्ट्रिय प्रतियोगिताका लागि चयन भएका हुन् । महिलातर्फ भोजपुरका नङ्सल तामाङ, उदयपुरकी रोजी राई, इलामका निसम सुब्बा, भोजपुरकी एन्जिला रा

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • ७०७ पटक पढिएको
  • मल बोकेर बारी जाँदा करेन्ट लागेर मृत्यु

    इटहरी । मल बोकेर बारीमा जाँदै गरेका एक व्यक्तिको विद्युत् पोलबाट आएको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४४ वर्षीय आनन्द राईको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार ट्रान्सफर्मरबाट तार फुत्किएर पोलमा छोएपछि पोलबाट करेन्ट जमिनमा प्रवाह भएको थियो । मल बोकेर बारीतर्फ जाँदै गर्दा पोल नजिक पुगेका राईलाई सोही करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो । बुधबार साँझ करिब ५ बजेतिर करेन्ट लागेका राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १५० पटक पढिएको
  • नवौँ दिनमा भयो विराटनगर भन्सार कार्यालयमा जाँचपास

    इटहरी ।  विराटनगर भन्सार कार्यालयमा रोकिएका मालवाहक सवारीका मालवस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) व्यवसायीलाई स्वघोषणा गराएर नौ दिनपछि जाँचपास गरिएको छ । भन्सार विभागकै निर्देशनबमोजिम एक पटकलाई व्यवसायीले यो सुविधा पाउने भएका हुन् । विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार भन्सारविन्दुमा प्रवेश भएका मालवस्तुको हकमा अब व्यवसायीले मूल्य स्वघोषणा गर्न पाउने छन् । त्यसका आधारमा भन्सारको प्रणालीमा तथ्याङ्क प्रविष्ट हुने छ । त्यसपछि सामान छुट्ने छ । सरकारले एमआरपी घोषणाका लागि पहिले दिएको १५ दिनभित्र यसको व्यवस्थापन गर्न नसक्नेका लागि यो बाटो खुलाइएको भन्सार प्रमुख श्रेष्ठको भन

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १५६ पटक पढिएको
  • हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ । सङ्घीय सरकारले काठमाडौँ उपत्यका तथा अन्य जिल्लाका अतिक्रमित बस्तीका संरचना हटाउने अभियान सञ्चालन गरेपछि विस्थापित भएका नगरवासीलाई आफ्नै गाउँ फर्किएर बसोबास गर्न चाहेमा सहयोग गर्ने निर्णय गरेको हो ।  नगर कार्यपालिकाको बुधबार बसेको बैठकले आफ्नो गाउँ फर्किन इच्छुक नगर क्षेत्रका नागरिकलाई आफ्नै जग्गामा घर निर्माणमा सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । नगर कार्यपालिकाले विस्थापित नगरवासीको लगत सङ्कलन गर्न उपप्रमुख रमेशकुमार राउतको संयो

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १४९ पटक पढिएको
  • हिले श्री नं. २ वाहिनी अड्डामा वाहिनीपति ट्रफी–२०८३ सुरु

    इटहरी ।  धनकुटाको हिलेस्थित श्री नं। २ वाहिनी अड्डामा वाहिनीपति ट्रफी–२०८३ सुरु भएको छ । वैशाख २३ गते बुधबारदेखि श्री नं। २ वाहिनी अड्डाको आयोजनामा महेन्द्र सैनिक शिविरको खेलमैदानमा प्रतियोगिता सुरु गरिएको हो । वाहिनीपति ट्रफी प्रतियोगिताको उद्घाटन श्री नं। २ वाहिनी अड्डाका वाहिनीपति रथी श्री दिवाकरविक्रम राणाले गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै उहाँले सकलदर्जाबीच सामूहिक भावना तथा ‘एस्प्रिट डी कोर’ को विकास, पृतनापति ट्रफीमा उत्कृष्ट नतिजा हासिल गर्ने र राष्ट्रका लागि सम्भावित उत्कृष्ट खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । वैशाख २३ गतेदेखि ३१ गतेसम्म सञ्

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]