झापा। झापाको दमकमा एक पुरुषको शव फेला परेको छ । दमक नगरपालिका–स्थित शान्तिमार्गमा रहेको नेकपा (एमाले) पार्टी कार्यालय नजिकै पानीमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको छ। घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।


