समाज

    Showing १,४६१-१,४७० of ११,१४१ items.
  • कोशी बर्ड अब्जर्भेटरीद्वारा १२ वर्षदेखि हरेक शनिबार बालबालिकालाई चरा अवलोकन

    इटहरी। सुनसरीको वराहक्षेत्रका स्थानीय बालबालिकालाई चरा अवलोकन गराउँदै प्रकृति तथा जैविक विविधता संरक्षणप्रति सचेत बनाउन अभियान सञ्चालन गरिदैँ आएको छ ।१२ वर्षदेखि प्रत्येक शनिबार कोशी बर्ड अब्जर्भेटरीले स्थानीय बालबालिकालाई कोशीटप्पु वन्यजन्तु आरक्ष आसपासका सिमसार, घाँसेमैदान र वन क्षेत्रमा लगेर चराको पहिचान, वासस्थान, आनीबानी र संरक्षणबारे व्यवहारिक ज्ञान दिदैँ आएको हो । हिमालयन नेचर संस्थाअन्तर्गत सञ्चालित कोशी बर्ड अब्जर्भेटरी ९सिमसार तथा घाँसेमैदान अध्ययन केन्द्र० मा वराहक्षेत्र नगरपालिका क्षेत्रका बालबालिका हरेक शनिबार सहभागी हुने गरेको स्थानीय नेचर गाइड तथा कोशी बर्ड अब्जर्भेटरीका कर्मचार

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ७४ पटक पढिएको
  • विराटनगर भन्सारबाट १ वर्षमा ४९ अर्ब बढीको भटमास तेल र १ अर्ब ४० करोडको जुत्ता निर्यात

    इटहरी । विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ । आर्थिक वर्ष २०८२र८३ को असार मसान्तसम्मको तथ्याङ्क अनुसार यस नाकाबाट ४९ अर्ब ९८ करोड ८४ लाख रुपियाँ बराबरको २२ करोड ५४ लाख ६५ हजार ४७० केजी प्रशोधित भटमासको तेल निर्यात भएको छ । भन्सार कार्यालयको वार्षिक प्रगति प्रतिवेदन अनुसार निर्याततर्फ भटमासको तेलपछि सिन्थेटिक यार्न र जुटजन्य सामग्रीको हिस्सा मुख्य रहेको छ । दोस्रो सूचीमा रहेको सिन्थेटिक यार्न ८ अर्ब २३ करोड रुपियाँको निर्यात भएको छ भने ७ अर्ब २६ करोड रुपियाँ बराबरको जुटको बुनिएका तयारी बस्तुहर

    • प्रकाशित मितिः साउन ४, २०८३
    • १०० पटक पढिएको
  • आदिवासी जनजाति युवा महासंघ इटहरीको अध्यक्षमा विसन राई

    इटहरी । नेपाल आदिवासी जनजाति युवा महासंघ इटहरी उपमहानगर कार्यसमितिको नवौं उपमहानगर अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै विसन राईको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा विसन राई, उपाध्यक्षमा राजकुमार तामाङ, महिला उपाध्यक्षमा दाछिकी शेर्पा, सचिवमा देवी राई, सहसचिवमा जीवन केरुङ तथा कोषाध्यक्षमा निकेश माझी निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरूमा बबिता थामी, ज्योति गुरुङ भुजेल, विपना साम्यु लिम्बू, नेत्रप्रसाद गुरुङ, गुडिया मण्डल, राजेश श्रेष्ठ, निमा तामाङ, पेम्बा दोर्ची शेर्पा, ज्योती जिमी, सुनिकन सुनुव

    • प्रकाशित मितिः साउन ४, २०८३
    • १०२ पटक पढिएको
  • बिर्तामोडका गंगा गिरीले प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको गाडी भन्सार दाखिला, भारतीय नागरिकको नाममा दर्ता रहेको खुलासा

    इटहरी ।  विभिन्न आपराधिक आरोपमा पक्राउ परेका बिर्तामोड–४ का गंगा गिरीले प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको जीप मेची भन्सार कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मारुती सुजुकी कम्पनीको डब्लुबी ७४ बीआर ७२१४ नम्बरको कालो जिम्नी जीप आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा नभएको पाइएपछि अवैध ठहर गर्दै भन्सार कार्यालयमा बुझाइएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उक्त सवारी गिरीको नाममा नभई एक भारतीय नागरिकको नाममा दर्ता रहेको खुलेको छ। त्रिशुल सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आएका ४४ वर्षीय गिरीलाई प्रहरीले असार २५ गते बिर्तामोड–३ स्थित बिर्ताबजारबाट

    • प्रकाशित मितिः साउन ४, २०८३
    • १५४ पटक पढिएको
  • कानेपोखरीमा नम्बर नखुलेको सवारीले ठक्कर दिँदा गोविन्द लिम्बूको मृत्यु

    इटहरी। नम्बर नखुलेको सावरीसाधनले ठक्कर दिँदा मोरङको कानेपोखरीमा आइतबार राति एक जना पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा राति ११ः५० बजेतिर दुर्घटना भएको हो । पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिँदा पैदलयात्री पथरीशनिश्चरे नगरपालिका–१० त्रिवेणी चोकका ६० वर्षीय गोविन्द लिम्बूको मृत्यु भएको जानकारी मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएका हुन् । प्रहरीले ठक्कर दिने सवारी

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ११९ पटक पढिएको
  • विद्यार्थीमाथि अमर्यादित व्यवहार गरेको आरोपमा सुन्दरहरैँचाको सुकुना माविका शिक्षक मास्के पक्राउ, अन्य दुई कर्मचारीसहित ३ जना निलम्बनमा

    इटहरी। मोरङको सुन्दरहरैँचा नगरपालिका–स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अश्लील म्यासेज पठाएको आरोप लागेका शिक्षक पक्राउ परेका छन् भने घटनासँग जोडिएका तीन जना शिक्षक तथा कर्मचारीलाई विद्यालयले निलम्बन गरेको छ।घटनापछि प्रहरी प्रशासनले अनुसन्धान तीव्र बनाएको छ भने विद्यालयले पनि प्रशासनिक कारबाही अघि बढाएको जनाएको छ।  इलाका प्रहरी कार्यालय बेलबारी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले विद्यालयका लेखा अधिकृत तथा शिक्षक अबिरल मास्केलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीका अनुसार घटनासँग सम्बन्धित विद्यालयका बस चालक प्रदीप भट्टराईलाई पनि नियन्त्रणमा ल

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ११४ पटक पढिएको
  • ६४ होमस्टे र ५० होटेल रहेको इलामको अन्तुमा रात्रिकालीन व्यवसाय नियन्त्रणबाहिर,अनुगमन र कारबाहीका लागि सूर्योदय नगरपालिकामा ज्ञापनपत्र दर्ता

    इटहरी । आन्तरिक तथा विदेशी पर्यटकको रोजाइमा परेको पर्यटकीय स्थल अन्तु क्षेत्र पछिल्लो समय अशान्त बन्न थालेको छ । व्यवसायी र स्थानीय प्रहरीबिच उत्पन्न विवादले अन्तु पर्यटकीय क्षेत्रमा बेथितिको चाङ रहेको खुलेको हो । छोटो समयमा तीव्र रूपमा विकास भई पर्यटकीय क्षेत्रका रूपमा कहलिएको अन्तु हेर्दा जस्तो छ यस क्षेत्रको व्यथा, भोग्नेका लागि अलि फरक बन्ने गरेको छ । अन्तुमा होमस्टे, होटेल र कटेज खुल्ने क्रम अत्यधिक बढेसँगै यस क्षेत्रका धेरै कुरा नियन्त्रणबाहिर गएको पाइएको छ ।  लामो समयदेखि अन्तु क्षेत्रमा सञ्चालन भएका होमस्टे, होटेल र कटेजमा आउने पर्यटकले अनेकथरी समस्या भोग्नु परेको पाइएको छ । फुर्स

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ९९ पटक पढिएको
  • मेची राजमार्गको राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्धस् सिमल गोलाई–तिल्केनी र केचना–कञ्चनजङ्घा वैकल्पिक मार्ग अलपत्र पर्दा इलाम, पाँचथर र ताप्लेजुङका नागरिक मारमा

    इटहरी  । मेची राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्ग नहुँदा नगर्दा इलामसहित तीन जिल्लामा सवारीसाधन आवागमनमा समस्या हुँदै आएको छ । मेची राजमार्गको राजदुवाली सडकखण्ड दबिने क्रमसँगै पहिरो झरेर पूर्ण रूपमा अवरुद्ध भएपछि झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ जाने र यी जिल्लाबाट झापा हुँदै अन्यत्र जाने सावारीसाधन सञ्चालनमा समस्या आएको हो । मेची राजमार्गको विकल्प भए पनि विकल्प खोज्ने काममा डिभिजन सडक कार्यालय इलामसहितका सरोकारवाला निकायले ध्यान नदिँदा समस्या थप जटिल बन्दै गएको छ । माईखोला ९राजदुवाली० सडकखण्ड मर्मत सम्भव नहुने भए पनि सडक कार्यालयले गत वर्षदेखि उक्त स्थान कोट्याउन छोडेको छैन । उक्

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ११९ पटक पढिएको
  • झापामा एक वर्षमा हराएका ६५३ जना भेटिए, महिला हिंसाका सबै उजुरी फर्छ्यौट

    इटहरी। झापा जिल्लामा पछिल्लो एक वर्षको अवधिमा हराएका ६६७ जनामध्ये ६५३ जना फेला परेका छन् भने १४ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार हराएका व्यक्तिको खोजी कार्य निरन्तर भइरहेको छ।प्रहरीको वार्षिक तथ्यांकअनुसार जिल्लाका विभिन्न स्थानबाट एक वर्षको अवधिमा ६६७ जना मानिस हराएको भन्दै प्रहरीमा हुलिया दर्ता भएको थियो। प्रहरीको सक्रिय खोजी, अनुसन्धान तथा सरोकारवाला निकायसँगको समन्वयका कारण अधिकांश हराएका व्यक्ति फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रञ्जन अवाले जानकारी दिनुभयो।यसैगरी, झापामा गत वर्ष दर्ता भएका घरेलु तथा महिला हिंसासम्बन्धी सबै उजुरी

    • प्रकाशित मितिः साउन ४, २०८३
    • १४९ पटक पढिएको
  • सुनसरीको वराहक्षेत्रस्थित श्रीलङ्का टापुमा सप्तकोशी नदीको तीव्र कटान, चिलैया र गरैयाका ६ सय घरपरिवार उच्च जोखिममा

    इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–६ र ९ मा पर्ने श्रीलङ्का टापुमा सप्तकोशी नदीले एक साता यता तीव्र कटान गरिरहेको छ । चिलैया, गरैया क्षेत्रमा नदीले दैनिक जमिन कटान गर्न थालेपछि करिब छ सय घरपरिवार जोखिममा परेका छन् । टापु संरक्षणका लागि गत हिउँदमा निर्माण गरिएका १८ वटा तारजालीसहितका ढुङ्गाको स्परसमेत नदीको कटानमा परेर डुब्न थालेका छन् ।  स्थानीय बद्री राईका अनुसार असारदेखि नै सामान्य कटान सुरु हँुदै आएको थियो । नदीले बलौटे माटो बढी बगाउने भएकाले कटान झन् तीव्र हुँदा चिलैया क्षेत्रमा लगाइएका ढुङ्गासहितको तारजालीसमेत नदीमा डुब्दै गएको छ । स्थानीय सन्तोष चन्द्रवंशीका अनुसार चिलैया र गरैया

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ८२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]