समाज

    Showing १,४६१-१,४७० of ९,३४० items.
  • म्हां ङी त्ही (माङी पर्व)’ भव्य रूपमा सम्पन्न

    इटहरी । तमुश्यो हयुल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा तमु (गुरुङ) समुदायको महान पर्व माङी पर्व सम्पन्न भएको छ । कार्यक्रम परिषदकी जिल्ला अध्यक्ष हेमा तमु गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख सगीता कुमारी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। विशिष्ट अतिथिका रूपमा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङ, केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी केन्द्रीय सदस्यहरू दिब्य राज गुरुङ, धिरज गुरुङ, बलिमान गुरुङ, कोशी प्रदेश अध्यक्ष होम घले, आदिव

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • १०५ पटक पढिएको
  • जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा ३६ बेवारिसे सवारी लिलाम, १ लाख ८० हजार राजश्व संकलन

    इटहरी । जिल्ला प्रहरी कार्यालय धनकुटाले चोरी, बेवारिसे तथा स्वामित्व नखुलेका तीन  दर्जन सवारीका साधन लिलाम बिक्री गरेको छ ।प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी सार्वजनिक लिलामीमार्फत बिक्री गरिएको हो ।जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार चालु आर्थिक वर्षमा चोरी, बेवारिसे तथा स्वामित्व नखुलेका सवारीका साधन लिलाम बिक्री गरिएको हो ।  उहाँले ३५ वटा मोटरसाइकल र एक वटा स्कुटर गरी जम्मा ३६ वटा लिलाम बिक्री गरेको जानकारी दिनुभयो ।उक्त लिलाम बिक्रीबाट एक लाख ८० हजार छ सय रुपियाँ राजश्व सङ्कलन भएको उहाँले बताउँनुभयो । लामो समयसम्म दाबी गर्न

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • १८५ पटक पढिएको
  • कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ देखि शुरु हुने

    काठमाण्डौ । कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।बैशाख १४ गते सोमबारदेखि शुरु हुने परीक्षा २७ गते आइतबारसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । त्यसअघि एसईईको परीक्षा आउँदो चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ ।

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २२४ पटक पढिएको
  • दिक्तेल–रेग्मीटार सडकखण्डको घर्तीभिरमा चट्टान फुटाउन थालियो

    इटहरी ।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने छोटो दूरीको सडकमार्ग दिक्तेल–रेग्मीटार सडकखण्डस्थित घर्तीभिरको चट्टान फुटाउन थालिएको छ । कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिमानामा पर्ने घर्तीभिरको चट्टान फुटाउन थालिएको हो ।दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक निर्माणका लागि कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२र८३ का लागि रु दुई करोड बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा ठेक्का प्रक्रियाबाट निर्माण कम्पनीले रु एक करोड सात लाख ७७

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • १९८ पटक पढिएको
  • झापा निर्वाचन क्षेत्र नं. ५मा घरदैलो तीव्र : केपी शर्मा ओली र बालेन्द्र शाह दमकमा मतदाता भेट्दै, सुनसरी निर्वाचन क्षेत्र नं. २मा पनि उम्मेदवारको प्रचार अभियान सुरु

    इटहरी । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापाको क्षेत्र नं। ५ का उम्मेदवार मतदाताका घरदैलोमा पुगेर प्रत्यक्ष गुनासो सुन्ने र आफ्ना योजना सुनाउनमा व्यस्त छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले दमकका विभिन्न स्थानमा पुगेर मतदाताको गुनासो सुन्ने र आफ्ना योजना राख्नमा व्यस्त हुनुभएको हो । सोमबार पूर्वप्रधानमन्त्री ओली दमकका मुख्य बजार तथा भित्री चोकमा पुगेर मतदाताका गुनासा सुन्दै आफ्ना भावी योजना बताउँदै हिँड्नुभएको उहाँको निर्वाचन परिचालन समिति अन्तर्गतको प्रचारप्रसार समितिका संयोजक

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २४४ पटक पढिएको
  • इटहरी उपमहानगरपालिका कार्यसम्पादनमा देशकै अन्तिम

    इटहरी। कार्यसम्पादन मूल्याङ्कनमा देशभरीका ११ वटा उपमहानगरपालिकामध्ये इटहरी सबैभन्दा अन्तिम भएको छ । मुलुकका उपमहानगरपालिकाहरुमध्ये बुटवल उपमहानगरपालिका पहिलो नम्बरमा आउँदा इटहरी सबैभन्दा कमजोर देखिएको हो ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार देशभरीका ११ वटा उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा सुनसरीको इटहरी ११ औँ नम्बरमा अर्थात् अन्तिममा परेको छ ।  अघिल्लो वर्ष छैटौँ नम्बरमा रहेको इटहरीको कार्यसम्पादन यस पटक झनै खस्किएको देखिएको छ । कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार बुटवल उपमहानगरपालिकाले ६४ दशमलव ४४ अङ्क प्राप्त गरेर अ

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • १९६ पटक पढिएको
  • डिभिजन वन कार्यालय भोजपुरद्वारा भोजपुरमा डढेलो रोकथाम अभियान सुरु, उच्च जोखिम क्षेत्र पहिचान

    इटहरी  । डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका लागि आवश्यक सहयोग सामग्रीसहित जिल्लाव्यापी सचेतनामूलक अभियान सुरुआत गरेको छ । हिउँदयाम सुरु भएसँगै बढ्दो सुक्खापन र तापक्रम वृद्धिले वन क्षेत्रमा आगलागीको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालयले उच्च जोखिमयुक्त क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गरेको हो ।कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका दर्जनौँ क्षेत्र वन डढेलोको उच्च जोखिममा छन् । वन क्षेत्र आसपास हुने मानव गतिविधि, सुक्खा घाँसदाउरा तथा बढ्दो गर्मी डढेलोका प्रमुख कारणका रूपमा देखिएका छन् । भोजपुर डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाँका अन

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • १९८ पटक पढिएको
  • झापाको कचनकवल गाउँपालिकामा पानी जमेको खाल्डोमा डुबेर नाबालकको मृत्यु

    इटहरी । झापाको कचनकवल गाउँपालिकामा पानी जमेको खाल्डोमा डुबेर एक १४ महिनाका नाबालकको मृत्यु भएको छ । सोमबार साँझ करिब ६ बजे कचनकवल–२ हर्दासभिट्टा बस्ने खेलराज राजवंशीका छोरा १४ महिनाका प्रियांस राजवंशीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार वडा नं। ३ दल्कीस्थित आफ्नै मामाघरमा खेल्ने क्रममा कलको पानी जम्ने खाल्डोमा डुबेर अचेत अवस्थामा नाबालकलाई परिवारका सदस्यले देखेका थिए ।तत्कालै उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएकोमा अस्पातलका चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनाबारे अ

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २१४ पटक पढिएको
  • कनकाई माई पुलमा नक्कली बम राखेर आतंक सिर्जना, तीन घण्टा पूर्व–पश्चिम राजमार्ग ठप्प

    इटहरी । झापाको पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका १० कनकाई माईको पुलमा अज्ञात समूहले समाजलाई आतङ्कित पार्ने गरी कागजको डल्लोभित्र होसियार लेख्दा तीन घण्टा यातायात अवरुद्ध भएको छ ।मङ्गलबार बिहान करिव ३ बजेको समयमा कनकाई माई पुलको बिच भागमा नेपाल बन्द होसियार लेखेको बम आकृतिमा राखिएको पाइएको थियो । बाटोमा राखिएको उक्त वस्तुलाई निर्वाचनको सुरक्षाका लागि हिँडेको गस्ती टोलीले देखेपछि  बिहान ३ बजेदेखि ६ः३० बजेसम्म उक्त सडक अवरुद्ध गर्नुपरेको प्रहरीले जनाएको छ ।उक्त शङ्कास्पद बस्ते अरिमदल गण चारआलीको सेनाको बम डिस्पोज टोली बोलाएर हेर्दा कागजभित्र पराल मात्रै हालेर बम जस्तै आकृति बनाए

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • १६४ पटक पढिएको
  • सुनसरीको भोक्राहमा कांंग्रेस प्रवेश गर्नेको लर्को , मदेशमा कांग्रेस प्रतिको बिश्बास बढ्दै

    वराहक्षेत्र । सुनसरी क्षेत्र नं ४ अन्तर्गत भोक्राह नर्सिङ्गमा ठुलो संङख्यामा महिला र युवाहरुको समुह नेपाली काग्रेसमा प्रवेस गरेका छन् । विभिन्न पार्टीमा आबद्ब तथा स्वतन्त्र महिला र युवा सहित १ सय ८५ भन्दा बढिको संङख्यामा पार्टी प्रवेश गरेको नेपाली कांग्रेसका भोक्राह नर्सिङ्ग गाउँ सभापति युवराज दाहालले बताए ।सोमवार साझ भोक्राह नर्सिङ्ग गाउँपालिका स्थित वडा नं १ मिलन चौक मा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रबेसीहरुलाई नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यको उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्की ,  समानुपातिक उम्मेद्वार जमिल अख्तर आजात र नग्मा साहिद लगायत नेपाली कांग्रेसका न

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • १,३२४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]