समाज

    Showing १,५८१-१,५९० of १०,३२४ items.
  • झापाको बुद्धशान्ति गाउँपालिकामा हरिणको सिङ फेला

    इटहरी । झापाको बुद्धशान्ति गाउँपालिकामा हरिणको सिङ फेला परेको प्रहरीले जनाएको छ । बुद्धशान्ति गाउँपालिका –३ चिलिमगढी घाटनजिकै शनिवार राति हरिणको सिङ फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार इलाका प्रहरी कार्यालय बुधबारे र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले हरिणबिनाको सिङ मात्र फेला पारेको हो ।सिङ भेटिएपछि त्यसलाई सुरक्षित राखिएको र वन कार्यालयमा बुझाइने खड्काले जानकारी दिनुभयो । घटनाबारे आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ११२ पटक पढिएको
  • ताप्लेजुङमा दुई दाजुभाइले आमाको नामबाट नागरिकता लिए

    इटहरी । ताप्लेजुङमा दुई दाजुभाइले आमाको नामबाट नागरिकता लिएका छन् । जिल्लाको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै आमाको कोखबाट जन्मिएका दुई दाजुभाइले आमाको नामबाट नागरिकता लिएका हुन् ।जिल्ला प्रशासन कार्यालयका अनुसार याम्फुदिनका १९ वर्षीय देउकुमार राई र १७ वर्षीय मेहरमान राईले आमाको नामबाट नागरिकता लिनुभएको छ । बाबुको पहिचान नभएको राई दाजुभाइको नागरिकता आमा भोटेनी राईको नामबाट जारी भएको जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटका नायबसुब्बा दुर्गादेवी पौडेलले जानकारी दिनुभयो ।आमा अपाङ्ग ९बोली नआउने० भएको र अपाङ्गताकै कारण आमाले स्पष्ट विवरण दिन नसक्दा बाबुको पहिचान हुन नसकेको बताइएको छ । बाबुको

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १८५ पटक पढिएको
  • कोशीका २३ स्थानमा बर्डफ्लु पुष्टि: सुन्दरहरैँचादेखि दमक र इटहरीसम्मका किसान मारमा

    इटहरी । कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएको बर्डफ्लु संक्रमणका कारण पछिल्लो एक महिनामा किसानले ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष आर्थिक क्षति बेहोरेका छन् । चैतको पहिलो सातादेखि सुरु भएको यो महामारीले पन्छीजन्य क्षेत्रमा ठुलो असर पारे पनि सरकारले क्षतिपूर्ति दिने सुनिश्चितता नगरेको र बिमा कम्पनीहरूले समेत जोखिम बहन गर्न नमान्दा सम्पूर्ण क्षतिको भार किसानमाथि परेको छ ।उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशअन्तर्गत पशुपन्छी विकास महाशाखाका अनुसार मोरङको सुन्दरहरैँचा र उर्लाबारीबाट सुरु भएको संक्रमण हाल झापाको दमक, सुनसरीको इटहरी तथा गढी गाउँपालिकासम्म फैलिएको छ । कोशी प

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १९२ पटक पढिएको
  • सरकारी निकायबीच समन्वय नहुँदा लेटाङको ढल आयोजना संकटमा: थप ४० करोड आवश्यक

    इटहरी  । मोरङको लेटाङ नगरपालिका–३ स्थित कमलपुर सामुदायिक वन नजिकै दुई विगाह क्षेत्रफलमा दुई वटा ठुला भवन निर्माण भएका छन् । ढल डम्पिङका लागि भवन नजिकै दुई वटा विशाल ट्यांकी निर्माण गरिएको छ । सुरक्षागार्ड बस्ने घर, विद्युत तथा खानेपानीलगायतका पूर्वाधारसमेत तयार भइसकेको भए पनि स्रोत सुनिश्चित नहुँदा ढल निर्माण तथा प्रशोधन आयोजना ९मेघा प्रोजेक्ट० सात वर्षदेखि अलपत्र अवस्थामा छ । वन कार्यालय, लेटाङ नगरपालिका र सङ्घीय खानेपानी आयोजनाबीच समन्वय नहुँदा दुई वर्षमा सम्पन्न हुने भनिएको आयोजना सात वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । लेटाङ नगरपालिकाको फोहोर तथा ढल व्यवस्थापनका लागि सङ्घीय खानेपा

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १९० पटक पढिएको
  • इन्धनको मूल्यवृद्धिको असर: इनरुवाका किसान पुनः हलगोरुतिर फर्किए

    इटहरी। इनरुवा नगरपालिका–९, बबियाका किसानले इन्धनको भाउ बढेपछि हलगोरुले खेती गर्न सुरु गरेका छन् । दशकअघिदेखि हलगोरु पाल्ने किसान घट्दै गएकोमा पच्छिलो समय डिजेलको मूल्य बढेर खनजोत प्रविधिमासमेत त्यसको असर परेकाले त्यसलाई ध्यानमा राखेर केही किसान पुरानै खेती प्रणाली हलगोरुले खेत जोत्न थालेका छन् ।इन्धनको मूल्य बढेकाले हलगोरुको आवश्यकता महसुस भएर इनरुवाका किसान पुरानै खेती प्रणाली हलगोरुले खेत जोत्न थालेका हुन् । ट्याक्टरले खेत जोत्दा प्रतिकट्ठा दुई सय रुपियाँ लाग्दै आएकोमा इन्धनको भाउ बढेको भन्दै प्रतिकट्ठा जोताइमा चार रुपियाँ लिन थालेपछि बाध्य भएर खेत जोत्न हलगोरुको प्रयोग गरेको इनरुवा नगरपालिक

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १४३ पटक पढिएको
  • फाल्गुनन्द अध्यक्ष कपको उपाधि नव किरण स्पोर्टिङ क्लब झापालाई

    इटहरी ।  पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित ‘फाल्गुनन्द गाउँपालिका प्रथम अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता’ को उपाधि नव किरण स्पोर्टिङ क्लब झापाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक तिजोक युवा क्लब नवमीडाँडालाई २–० गोल अन्तरले पराजित गर्दै झापाले उपाधि हात पारेको हो । पहिलो हाफमा दुवै टिमबाट कुनै गोल नभए पनि दोस्रो हाफमा नव किरण झापाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेको थियो ।उपाधिसँगै विजेता टिम झापाले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको आयोजक तिजोक युवा क्लब नवमीडाँडाले १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी,

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १६४ पटक पढिएको
  • झापामा मोटरसाइकल दुर्घटनाः एकको मृत्यु

    इटहरी । झापाको गौरादहमा भएको मोटरसाइकल दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । शनिवार साँझ करिब ७ः५० बजे दमकबाट गौरादह तर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ७५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा गम्भीर घाइते हुनुभएको २७ वर्षीय पदमबहादुर मगरको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मगर मोटरसाइकलको पछाडि सवार रहनु भएको थियो । घाइते मगरको दाहिने आँखाको डिलमा चोट लागेको थियो । तत्कालै उद्धार गरेर प्रारम्भिक उपचारका लागि गौरादह नगर अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि दमकस्थित निम्स अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । यहाँ उपचार ह

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १२२ पटक पढिएको
  • इटहरी गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा प्रवेश

    इटहरी ।  प्लानिङ ब्वाइज काठमाडौँ १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।गत चैत ३० गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबद्वारा इटहरीस्थित रङ्गशालामा रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार  सम्पन्न खेलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको पाँचौँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी रोमन भुजेलले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलाडी फागुराम थारूले २९औँ, ३३औँ, ६४औँ र ६८औँ मिनेटमा लगातार चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे भने प

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ११८ पटक पढिएको
  • ताप्लेजुङमा तमोर नदीले बगाको एक बालक बेपत्ता

    इटहरी ।  ताप्लेजुङमा तमोर नदीले बगाएर एक बालक बेपत्ता भएका छन् । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–६ नाल्बुका मिङमा शेर्पाका नौ वर्षीय छोरा फुर्वा शेर्पा तमोरले बगाएर बेपत्ता हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक आशिस पोखरेलका अनुसार मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ र फुङ्लिङ नगरपालिका–२ हान्द्रुङबिच भएर बग्ने तमोर नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बालक बगेर बेपत्ता हुनुभएको हो । बालक बेपत्ता भएको भनी इलाका प्रहरी कार्यालय चाँगे दोभानमा खबर भएपछि तत्काल प्रहरी निरीक्षक दीपक लिम्बूको नेतृत्वमा बालकको खोजीका लागि प्रहरी टोली खटिएको थियो । प्र

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १५८ पटक पढिएको
  • बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना

    इटहरी । सुनसरीको दुहबीबाट उत्पादन हुँदै आएको ‘गुडलाइफ’ ब्रान्डअन्तर्गतको ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ भेटिएको छ । जसकारण नियामक निकायले उद्योगलाई २ लाख रुपैयाँ जरिबाना गरेको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त टोलीले सुनसरीको दुहबीस्थित उद्योगमा छापा मारेर नमुना संकलन गरेको थियो । प्रयोगशालामा गरिएको परीक्षणले बिस्कुटमा बाह्य वस्तु मिसिएको पुष्टि गरेपछि उद्योगमाथि कडा कारबाही गरिएको हो ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत कसुर प्रमाणित भएपछि जरि

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • १४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]