इटहरी । ऐतिहासिक एवं पुराताìिवक महìव बोकेको विराटनगर–१८ स्थित भेडियारीमा रहेको विराट् राजाको दरबार क्षेत्र मानिने स्थानमा भेटिएको दुई हजार वर्ष पुरानो संरचनाको संरक्षण सुरु गरिएको छ । पुरातìव विभागले ऐतिहासिक ‘भेडियारी ढिस्को’ को उत्खननबाट प्राप्त इसाको पहिलो र दोस्रो शताब्दीका संरचनालाई थप क्षति हुन नदिन संरक्षणको काम थालेको हो । विभागले २०२७ सालमा पहिलो पटक र २०७८ सालमा पुनः उत्खनन गर्दा यहाँ प्राचीन पर्खाल तथा कक्ष भेटिएका थिए । वर्षा, घाम र मानवीय गतिविधिका कारण जीर्ण बन्दै गएको उक्त संरचनालाई सुरक्षित राख्न अहिले संरक्षणको काम भइरहेको छ । संरक्षण कार्य अन्तर्गत पुराना संरचनामाथि ‘जियो टेक
सुन्दरहरैंचा । गछिया जेसीजको २०२६ को कार्यकालका लागि नयाँ नेतृत्वका लागी चौंथो साधारणसभाबाट सर्वसम्मत रूपमा कमल ढुंगाना (कुन्दन) को अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व अन्तर्गत कार्यकारिणी उपाध्यक्षमा आयुषदीप रिजाल र लक्षमण दाहाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरूमा सुजन बाहकोटी, संजीव दाहाल, रिजन पोख्रेल र अनु दाहाल रहेका छन् । सचिवमा गंगा सिग्देल तथा जनसम्पर्क अधिकारीमा अनुप अधिकारी चयन भएका छन् ।हाल १२९ जना सदस्य आबद्ध रहेको गछिया जेसीजले नयाँ नेतृत्व सँगै युवाको नेतृत्व विकास, सामाजिक सेवा तथा समुदायमुखी कार्यक्रममार्फत संगठनलाई अझ सश
इटहरी | लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडिले सुन्दरहरैंचा नगरपालिका–१ स्थित खदमको श्री जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानी तथा शौचालय भवन हस्तान्तरण गरेको छ।लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडिकी अध्यक्षMJF Lion स्मृति सापकोटा (भट्टराई)को अध्यक्षता तथा लायन्स डिष्ट्रिक्ट ३२५ C का डिष्ट्रिक्ट गभर्नर PMJF Lion बबरजंग थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उक्त संरचना विद्यालयलाई हस्तान्तरण गरिएको हो।कार्यक्रममा खानेपानी तथा शौचालय निर्माणमा सहयोग पुर्याउने २३ जना सहयोगी तथा दाताहरूलाई सम्मानसमेत गरिएको थियो। विद्यालयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै दुई–दुई कोठा सहितको
इटहरी । खोटाङको दक्षिणी क्षेत्र वाप्लुखामा लामो समयदेखि जीर्ण भवनमा रहेको प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ । १४ वर्षदेखि आमा समूहको जीर्ण भवनबाट काम गर्दै आएको वाप्लुखा प्रहरी चौकीले नयाँ भवन पाएको हो । २२ वैशाख २०८० मा गोरखापत्रमा प्रहरी चौकी जीर्ण भवनमा शीर्षकमा समाचार छापिएको थियो । त्यसको डेढ वर्षपछि प्रहरी चौकीको भवन निर्माण भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा प्रहरी चौकीको नयाँ भवन निर्माण भएसँगै सञ्चालनमा आएको हो । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले औपचारिक उद्घाटन गर्नुभएको हो । कोशी प्रदेश सरकारको २५ लाख लागतमा निर्
इटहरी । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भन्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहे पनि व्यवस्थित प्रवर्धन नहुँदा यो क्षेत्रले अपेक्षित रूपमा पर्यटक तान्न नसकेको सरोकारवाला बताउँछन् । नयाँ वर्ष, चाडपर्व तथा विभिन्न अवसरमा वनभोज ९पिकनिक० खान आउने आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको तावा भन्ज्याङ पछिल्लो समय विस्तारै चिनिन थालेको छ । तर, दीर्घकालीन योजना, पूर्वाधार विकास र प्रचार रणनीति नहुँदा यसको सम्भावना पूर्णरूपमा उपयोग हुन सकेको छैन । मनोरम दृश्यले भरिएको यो क्षेत्र भोजपुरको टेम्केमैयुङ गा
इटहरी । धनकुटाको पाख्रीबास नगरपालिका(५ स्थित चौतारामा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । बुधबार बिहान करिब ९ बजे विद्युतको सपोर्ट तारबाट करेन्ट लाग्दा बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पाख्रीबास(५, गैरीगाँउ बस्ने बस्ने १४ वर्षीय बादल तामाङ छन् । बिहान दाउरा काट्न जङ्गलमा गएका थिए । दाउरा काट्ने क्रममा उनको विद्युतको पोललाई सपोटको लागि भुइँमा गाडिएको तारबाट करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । प्रहरीका अनुसार करेन्ट लागेका तामाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र शवला
इटहरी । मेरिङ्देन गाउँपालिकाले हरेक वर्ष पुस १ देखि ५ गतेसम्म लाग्ने पुसे मेलाका लागि दुई दिन बिदा दिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहका अनुसार गाउँ कार्यपालिकाको निर्णय अनुसार पुस ३ र ४ गतेका लागि स्थानीय बिदा दिइएको हो । बिदाको दिन आकस्मिकबाहेक गाउँपालिका मातहतका सरकारी कार्यालय, सामुदायिक विद्यालय एवम् सङ्घ संस्थामा बिदा हुनेछ । मेला ५ दिन लाग्ने भए पनि यी दुई दिन विशेष भीड लाग्ने गरेको छ । मेलामा गाउँका कृषि उत्पादनदेखि पर्यटन क्षेत्रको प्रचारप्रसार, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम हुने गरेको छ । पुसे मेला ५२ वर्षदेखि लगातार लाग्दै आएको गाउँपालिका अध्यक्ष
इटहरी । उद्योग सङ्गठन मोरङले नजिकिँदै गरेको सुक्खा मौसममा उद्योग–व्यवसाय क्षेत्रका लागि आवश्यक विद्युत् आपूर्तिको सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । सङ्गठनका अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वको प्रतिनिधिमण्डलले मङ्गलबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग भेट गरी हिउँदमा हुन सक्ने विद्युत् आपूर्तिको समस्यासँगै आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न मागहरू राखेको हो । भेटका क्रममा सङ्गठनले सुक्खायाममा उद्योगमा हुन सक्ने विद्युत् कटौतीले उत्पादनमा प्रत्यक्ष असर पार्ने भन्दै
इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–८, स्थित चित्रेबाट खैरो हिरोइनसहित दुई जनलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ शङ्का लागि चेकजाँच गर्दा खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटाको छथरजोरपाटी गाउँपालिका–६, स्थित कोपी चोक बस्ने अन्दाजी ४६ वर्षीय प्रेम गुरुङ र तेह्रथुमको लालीगुराँस नगरापालिका–२, स्थित हुलाक टोल बस्से अन्दाजी ३१ वर्षीय तुलसी पौडेल रहेका छन् । उनिहरुको साथबाट प्लाष्टिकमा प्याक गरेको ४३० मिलिग्राम खैरो हिरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख शरत कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । प्रहरीका अनुसार प्रहरी चौकी
इटहरी । कोशी प्रदेशकै दुग्ध उत्पादन तथा विकासको क्षेत्रमा नमुना सहकारीको रूपमा रहेको इटहरीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्था विवादमा फसेको छ । संस्थाका अध्यक्ष यादप ढकालले मनोमानी र एकपक्षीय रुपमा संस्थाको संस्थापक सेयर सदस्य तथा तीन कार्यकाल अध्यक्ष भइसकेका अध्यक्षसहित दुईजना सेयर सदस्य र संस्थामा कार्यरत एक स्थायी कर्मचारीमाथि कारबाही गरेको भन्संदै संस्था विवादमा फसेको हो । संस्थामा पछिल्लो समय विकृति विसंगति, आर्थिक अनियमितता र संस्थाका अध्यक्ष यादप ढकालको मनोमानी भएको भन्दै संस्थाका पूर्व अध्यक्ष तथा संस्थापक सेयर सदस्य कृष्णप्रसाद अधिकारी, सेयर सदस्य मनोज दाहाल र कर्मचारी तेजप्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.