इटहरी। गत असार १३ गते मध्यरात मुसलधारे पानी परिरहेको थियो । इलामको सुन्दर गाउँ रोङ गाउँपालिका–६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो । जीवनको लामो यात्रा पार गरिसकेका मोक्तानका लागि त्यो रातको चट्याङ ‘काल’ बनेर आयो । राति मुसलधारे पानी परिरहेको समय काठको बेरा र टिनको छानो भएको आफ्नो दुईतले घरको बरन्डामा बसिरहेका मोक्तान रातको करिब १ः०० बजे अचानक आकाश थर्कियो वर्षासँगै आकाशबाट खसेको त्यही चट्याङको चपेटामा परेर घटनास्थलमै उहाँको मृत्यु भयो । त्यसैगरी, गत असार १४ गते सङ्खुवासभाको मकालु गाउँपालिका–१, चिर्खाङमा चट्याङ लागेर ३९ वर्षीया कुमारी राईको पनि मृत्यु भयो
इटहरी। रेबिज संक्रमण फैलिरहेको पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई रेबिजविरुद्धको खोप सुरक्षित भण्डारणका लागि आवश्यक आइस लाइन्ड रेफ्रिजरेटर (आईएलआर) उपलब्ध भएको छ ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको सिफारिसमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले गाउँपालिकाको पशु सेवा शाखाका लागि एक थान आइएलआर रेफ्रिजरेटर उपलब्ध गराएको हो । आइएलआर खोप सुरक्षित राख्न प्रयोग हुने विशेष प्रकारको रेफ्रिजरेटर हो । निर्देशनालयका निर्देशक डा. सुनिलकुमार अधिकारीले रेबिज नियन्त्रण कार्यक्रमसँगै हाल देखिएको भविष्यमा हुनसक्ने महामारी र नियमित खोप कार्यक्रमका लागि आवश्यक कोल्ड चेन व्यवस्थ
इटहरी। सङ्खुवासभामा खाना पकाउने एलपी ग्याँस अधिकृत बिक्रेतामार्फत मात्रै बिक्री गर्नुपर्ने निर्णय गरिएको छ । आपूर्ति तथा बिक्री वितरणलाई सहज र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको हो ।बुधबार जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा उद्योग वाणिज्य संघ,ग्याँस बिक्रेतासँग बसेको बैठकले जिल्लामा एलपी ग्याँसको आपूर्ति तथा बिक्री वितरणलाई व्यवस्थित गर्ने उद्देश्यले विभिन्न निर्णय गरेको हो । बैठकले ग्याँस बिक्री गर्न आधिकारिक अनुमति पत्र प्राप्त गरेका अधिकृत बिक्रेताले मात्र खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्नुपर्ने निर्णय गरेको छ । यसबाट अन
इटहरी : अनलाइन सट्टाबाजीको आरोपमा तीन महिनाअघि बिर्तामोडबाट पक्राउ परेका दुई जनामध्ये एकजना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने अर्का धरौटीमा रिहा भएका छन्। मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरी २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचे भने पुर्पक्षका लागि कारागार चलान भएका छन्। अनलाइन सट्टाबाजीसँगै दुवै जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत दर्ता गरिएको थियो। मुद्दाको सुनुवाइका क्रममा अदालतले गिरीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो भने मेचेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो। प्रहरीले गिरीलाई बिर्तामोड
इलाम । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा इलाममा राजस्व सङ्कलनमा भारी गिरावट आएको छ । आव २०८२/८३ मा रु ५२ करोड ८६ लाख ५८ हजार ३७८ मात्र राजस्व सङ्कलन भएको छ ।सङ्घीय र कोशी प्रदेशका कार्यालयहरूमार्फत सो परिमाणमा राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामले जनाएको छ । यो अघिल्लो आव ०८१/८२ को तुलनामा रु ५० करोड ६७ लाख ६९ हजार ५०९ अर्थात् ४८ दशमलव ९४ प्रतिशतले कमी हो । आव ०८२/८३ मा सङ्घका कार्यालयहरूमार्फत रु ३४ करोड १७ लाख १२ हजार ३९८ राजस्व सङ्कलन भएको छ । अघिल्लो आव ०८१/८२ मा सङ्घका कार्यालयहरूमार्फत रु ८४ करोड ८२ लाख ७६ हजार चार सय सात राजस्व सङ्कलन भएको थियो । त्यस्तै, आव ०८२/
झापा : वर्षायाम सुरु भएयता जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमणबाट झापामा नौजना संक्रमित भएका छन्। संक्रमितमध्ये पाँचजनाको मृत्यु भएको छ भने एकजना उपचाररत छन्।तीनजना उपचारपछि डिस्चार्ज भएका छन्। स्वास्थ्य कार्यालय झापाका अनुसार मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्। जिल्लामा संक्रमित हुनेमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एकजना छन्। संक्रमितमध्ये पाँच पुरुष र चार महिला छन्। स्वास्थ्य कार्यालयका अनुसार अधिकांश संक्रमित ५० वर्षभन्दा माथिका छन्। संक्रमितमध्ये सात महिनाका एक बालक र ४० वर्षका एक व्यक्ति पनि छन्। स्वास्थ्य कार्यालय
इटहरी। केही दिनअघिसम्म तनाव र अशान्तिको केन्द्र बनेको सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जले अहिले शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश दिन थालेको छ । घटनामा ज्यान गुमाएका व्यक्तिलाई नेपाल सरकारले सहिद घोषणा गर्नु, पीडित परिवारका माग सम्बोधन गर्न प्रक्रिया अघि बढाउनु र स्थानीय प्रशासनले शान्तिसुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएसँगै कप्तानगन्जमा अवस्था सामान्य बन्दै गएको हो । कप्तानगन्जमा भएको झडपका क्रममा निधन भएका देवानगन्ज–३ का रवीन्द्र मेहताको बुधबार हजारौँ सर्वसाधारणको उपस्थितिमा सम्मानसहित अन्तिम संस्कार गरिएको छ । सहिद रवीन्द्र मेहताको अन्तिम दाहस
इटहरी। भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको ‘फलाम ढुङ्गा’ संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । प्राकृतिक विशेषतासँगै ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको संरक्षण र प्रवद्र्धन हुन नसक्दा पर्यटकीय सम्भावना भएर पनि अघि बढ्न सकेको छैन । फलामसँग मिल्दोजुल्दो देखिने ढुङ्गा रहेकाले स्थानीयस्तरमा यस क्षेत्रलाई ‘फलाम ढुङ्गा’ नामले चिनिँदै आएको छ । ढुङ्गामा फलाममा जस्तै खिया देखिने भएकाले यसको नाम फलाम ढुङ्गा रहन गएको स्थानीयको भनाइ छ । ढुङ्गासँगै रहेको प्राकृतिक पोखरी यहाँको अर्को आकर्षण हो । संरक्षण र व्यवस्थापनको अभावमा पोखरी पुरिँदै गएपछि यसको मौलिक स
इटहरी। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका स्वास्थ्य कार्यक्रमहरूको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०८२/८३ मा स्थानीय तहबाट सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको कार्यसम्पादन मूल्याङ्कनमा आठराई त्रिवेणी जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको हो ।स्वास्थ्य कार्यालय ताप्लेजुङले आयोजना गरेको वार्षिक स्वास्थ्य कार्यक्रम समीक्षा तथा मूल्याङ्कनका आधारमा आठराई त्रिवेणी गाउँपालिकाले पहिलो स्थान हासिल गरेको स्वास्थ्य कार्यालय ताप्लेजुङका सूचना अधिकारी उदयनारायण दुलालले जानकारी दिनुभयो । उहाँकाअनुसार स्वास्थ्य सूचकको प्रगति, तथ्याङ्कको गुणस्तर, कार्यक्रम सञ्चालन तथा समग्र उपलब्धीको म
इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७ औँ स्थापना दिवसको अवसरमा तेह्रथुममा आयोजित विशेष समारोहमा पत्रकार द्वय मनोज कुङ्बा र राजकुमार तेयुङ तारेबा सम्मानित हुनुभएको छ । फोनिज जिल्ला कार्यसमिति तेह्रथुमको आयोजनामा सम्पन्न तारा बहादुर कन्दङ्वा फोनिज पत्रकारिता पुरस्कार–२०८३ तथा फोनिज मातृभाषा पत्रकारिता सम्मान अर्पण समारोहमा पत्रकारद्वयलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा पत्रकारिता क्षेत्रमार्फत समाजमा पु¥याएको योगदान र मातृभाषाको संरक्षण तथा प्रवद्र्धनमा खेलेको भूमिकाको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको जनाइएको छ । मातृभाषामा पत्रकारिताको अभ्यासलाई प्रोत्सा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.