धरान : विश्वमा घट्दो सङ्ख्यामा रहेको वन्यजन्तु पाटेबाघको डमरु (बच्चा) धरानमा भेटिएको छ । धरान-१४, हात्तीसार क्षेत्रमा मङ्गलवार साँझ स्थानीय युवाहरूले बाघको डमरु भेटेका हुन ।धरान-१६ का १८ वर्षीय युसन राई, सिमन राई, धरान-१३ का १७ वर्षीय अमन लिम्बुले सडक छेउ असामान्य रूपमा हिँडडुल गरिरहेको देखिएका डमरुलाई उनीहरूले बाघको बच्चा भएको अनुमान गरी सुरक्षित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाएका छन् ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईका अनुसार प्रारम्भिक अध्ययनले उक्त बच्चा पाटे बाघ, चितुवा वा निगालेको हुन सक्ने देखाएको छ । वन्यजन्तु संरक्षण ऐन अनुसार यस्तो अवस्थामा भेटिएका
✍️विश्व प्रकाश तिम्सिना(शर्मा)युवा नेता,नेपाली कांग्रेस(झापा)नेपालको लोकतान्त्रिक यात्राको प्रत्येक मोडमा नेपाली कांग्रेसको नाम स्वर्ण अक्षरमा लेखिएको छ। राणाशासनको अन्त्यदेखि बहुदलीय प्रजातन्त्रको पुनःस्थापना, ०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को ऐतिहासिक आन्दोलनसम्म — कांग्रेसले देशलाई स्वाधीनताको बाटोमा डोर्यायो। संविधान निर्माण, नागरिक अधिकारको संस्थागत व्यवस्था र जनताको आवाजको प्रतिनिधित्व यी सबै कांग्रेसको योगदान हुन्।तर आजको यथार्थ भिन्न छ। जनताको पार्टी भनेर चिनिने कांग्रेस अहिले सत्ताको दलजस्तो देखिन्छ। संगठनभित्रको असन्तुलन, गुटगत स्वार्थ र टिकटको दौडबाजीले जनताको विश्वास ओझेलमा
सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित जनता माध्यमिक विद्यालयमा आज चक्रघट्टी जेसिजद्वारा आयोजित जेसिज सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका–११ का वडा अध्यक्ष श्री कृष्णकुमार महतो रहनु भएको थियो। कार्यक्रमको संयोजन जेसी अस्वन यादवले गर्नुभएको थियो भने अध्यक्षता चक्रघट्टी जेसिजका अध्यक्ष जेसी महेश घिमिरेले गर्नुभएको थियो।उक्त अवसरमा विद्यालयका ५८ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। जेसिज सप्ताहअन्तर्गत सञ्चालन हुने सप्तारुपी कार्यक्रमका मूल संयोजक चक्रघट्टी जेसिजका कार्यकारी उपाध्यक्ष जेसी
विराटनगर । लोकतन्त्र बलियो भयो भनेमात्रै श्रम आन्दोलन बलियो हुने नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभएको छ । जिफन्ट कोशी प्रदेश कमिटीले सुरु गरेको बदलिएको राजनीतिक परिवेशमा श्रमिकहरुसंग सम्वाद अभियानको शुभारम्भ गर्नुहुँदै उक्त कुरा बताउनु भएको हो । जेनजी घटनापछि श्रम बजार र श्रमिकहरुको जीवनमा परेको असर बारे मंसिर महिनाभरी कोशी प्रदेशभरीका सबै प्रतिष्ठानसम्म पुगेर श्रमिकहरुसंग प्रत्यक्ष सम्वाद् गर्ने अभियानको शुभारम्भ मंगलबार विराटनगरमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको हो । अध्यक्ष श्रेष्ठले जेनजी आन्दोलनका नाममा भएका हिंशा र विध्वंशले देशमा राजनीतिक संक
इटहरी । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित स्वर्णान्तराल आधारभूत विद्यालय, टोक्सेलको नयाँ विद्यालय भवन सोमबार शिलान्यास अनलाइन समारोहमार्फत सम्पन्न गरिएको छ। उक्त विद्यालय भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुँदैछ। भारत सरकारको अनुदानमा बन्ने यो भवन साढे तीन तले हुनेछ । जसमा कक्षाकोठा र छात्र–छात्राका लागि शौचालय सुविधासमेत रहनेछ। सन् २००३ देखि भारत सरकारले नेपालभर ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गरिसकेको छ। तीमध्ये कोशी प्रदेशमा मात्रै ९३ परियोजना छन्, जसमा ओखलढुङ्गाका पाँच परियोजना पनि समावेश छन्। यससँगै, भार
इटहरी / जेनजी घटनापछि आधारभूततह र युवा पुस्ताका भावनासंग हाम्रो पार्टी नेतृत्व जोडिनु पर्छ भन्ने उदेश्यले पार्टीले आफ्ना नीतिहरु बनाईरहेको नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताउनुभएको छ । जेनजी पुस्ताको शक्तिलाई दुरुपयोग गरेर भदौ २४ गते देश माथि आक्रमण भएको तथ्यलाई उजागर गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि राईले जेनजीहरुमाथिको गोली प्रहारको गम्भिर छानबिन गर्नुपर्ने बताउनु भएको छ । वहाँले भन्नु भएको छ विद्यालयका सानासाना विद्यार्थीहरुलाई पोशाकमै कसले बोलायो ? ती साना अबोध बालबालिकामाथि कस्ले गोली चलायो ? विद्यार्थीहरुको टाउकोमै कसरी गोली लाग्य
इटहरी । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका(७ ओलाङचुङगोलाको मूल भन्सार कार्यालयमा मंसिर १ गतेदेखि कर्मचारी पठाउने गरी भन्सार विभागले तोक लगाईदिएको छ । यो बाटो म्याद बाहेकको समय हो । मूल भन्सार कार्यालयमा खटाइने कर्मचारी लिएरै जाने भन्दै जेन जी ताप्लेजुङको एक समूह नियमित रुपले भन्सार विभागको ध्यानाकर्षणमा गएको थियो । जेन जी ताप्लेजुङकोतर्फबाट दिनेश सिग्देल र मुकेश कार्कीले भन्सार विभागको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा पुगेर ओलाङचुङगोलाको मूल भन्सार कार्यालयमा कर्मचारी खटाइदिन भन्सार विभागको नियमित ध्यानाकर्षण गराएका थिए। जेन जी ताप्लेजुङले भन्सार कार्यालय स्थापना र कर्मचारी खटन
इटहरी । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो खुलाउने काम भइरहेको छ । नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्न मिल्ने गरी आउँदो चैतभित्रमा सञ्चालन हुनेछ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा सगरमाथा आरोहणका लागि नुप्से हिमाल प्रयोग गर्नुभएको थियो । यो मार्गको झन्डै ८० प्रतिशत निर्माण कार्य सकिएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफलतर्फको भन्दा सुरक्षित मानिएको छ । आउँदो वसन्तयामभित्र नुप्सेतर्फको मार्ग सञ्चालन गर्ने गरी तयारी भइरहेको उहाँको भनाइ छ । यो झन्डै दुई सय मिटरजति लाम
धरान : पुराना पुस्ताका पत्रकारहरूले लाहुरेका घरको चामल खाएर पत्रकारिता गरेको आक्षेप लगाएको भनी पत्रकारजन्य सङ्गठनहरूले विज्ञप्ति प्रकाशित गरेकोमा धरान-१३ सर्दु खोलामा गोर्खा चौतारी निर्माण पक्षले प्रतिक्रिया जनाउँदै उक्त गुनासो ‘हामीले हाम्रै छोराछोरी र भाइ भतिजोप्रति गरेको गुनासोलाई नकारात्मक प्रचार गरिएको’ जनाएको छ ।गोर्खा भूपु सैनिक सङ्घ, भारत, वृटिश र सिंगापुरको संयुक्त वक्तव्यमा भनिएको छ ‘हाम्रो सानो गुनासोलाई अतिरंजीत पारामा उछालेर रोइलो काट्दै प्रेस विज्ञप्ति निकाल्नु विकास विरोधीहरूको कम हो भन्ने हाम्रो ठम्याई छ ।’वक्तव्यमा भनिएको छ ‘त्यसो त नगरपालिका र पत्रकार बिच जे जस्तो सम्बन्ध भएप
इटहरी। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले किरात धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङ्देनलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यवहारिक नीति नियम बनाउने दार्शनिकको रूपमा लिइने गरेको बताउनुभयो । मङ्गलबार फाल्गुनन्द जयन्तिको शुभकामना सन्देश दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यवहारिक नीति नियम बनाउने दार्शनिकको रूपमा लिइन्छ । विशेषगरी फाल्गुनन्द लिङ्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.