इटहरी । ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण ‘नकआउट फुटबल’ प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले यहाँ वर्षा भइरहेकाले प्रतियोगिता दुई दिन ढिला हुन लागेको हो । यसअघि शिवसताक्षीस्थित दुधे रङ्गशालामा उक्त प्रतियोगिता शनिबारदेखि आरम्भ हुने तय भएको थियो । प्रतियोगिताका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई
इटहरी । केही दिनदेखि परेको अविरल वर्षाका कारण धनकुटाका मुख्य तीन राजमार्ग अवरुद्ध भएका छन् । वर्षासँगै खोलामा बाढी आएको र सडक माथिबाट झरेको पहिरोले सडक पुरिएरको साथै पहिरोले बगाउँदा सडक अवरुद्ध भएका हुन् । वर्षाका कारण तमोर–करिडोर क्षेत्रमा पर्ने पाँचथर र धनकुटाको सिमानामा रहेको नावा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ र धनकुटाको चौबिसे गाउँपालिका–४ को सिमानामा बग्ने नावा खोलामा गएरातीदेखि परेको वर्षाले खोलामा बहाव बढेपछि दुईतर्फ सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । जसका कारण धनकुटाको
इटहरी । फिदिममा आयोजित आठौं तरुण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले हात पारेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा कात्तिक १० गतेदेखि सुरु भएको प्रतियोगिताको बिहीबार साँझ सम्पन्न फाइनलमा कुम्मायकले हिलिहाङ गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । फाइनल खेलमा दुबै टोलीले वर्षातका बावजुद सशक्त प्रदर्शन गरे पनि खेलको निर्णायक क्षणमा कुम्मायकका सुदीप लावतीले गरेको एकमात्र गोल टोलीको निर्णायक बनेको थियो । विजेता कुम्मायक गाउँपालिकाले नगद एक लाख एक सय ७३ रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता हिलिहाङ गाउँपालिकाले नगद
इटहरी । बिहीबारबाट सुरु भएको वर्षाका कारण धनकुटाका दुई सडक अवरुद्ध भएका छन् । वर्षाका कारण तमोर करिडोर, भेडेटार–रवि–राँके सडक अवरुद्ध भएका हुन् । तमोर करिडोरअन्तर्गत धनकुटा खण्डमा पर्ने छरुवा खोला, नावा खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो । बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । वर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको उहाँको भनाइ छ । यो सडक अवरुद्ध भएसँगै धनकुटा र तेह्रथुमको गढतिर तथा पाँचथर र ताप्लेजुङ जिल्लाको तराईसँगको सडक सञ्जाल टुटेको छ । भेडेटार–रवि–राँके सडक खण्ड अन्तर्गत भेडेटार डाँडाबजार
इटहरी । कटारीको सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्डको स्तरोन्नति हुन नसक्दा सर्वसाधारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् । सवारीसाधनबाटै सो खण्डको ४६ किलोमिटर दुरी पार गर्न यात्रुलाई छ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । कोशी प्रदेशको पश्चिम क्षेत्रमा अवस्थित उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका मानिसलाई तराईसँग जोड्ने गरी निर्माण गरिएको मुख्य सडक सिद्धिचरण लोकमार्ग सञ्चालनमा आएको तीन दशक भइसकेको छ । समयानुकूल मर्मतसम्भार नहुँदा यस क्षेत्रका आमनागरिकले हरेक पटक ज्यान नै जोखिममा राखेर यात्रा गर्न बाध्य छन् । मधेश प्रदेशको सिराहाको मिर्चैयाबाट स
इटहरी । धनकुटा नगरपालिका–९ स्थित कोशी लोकमार्गमा पर्ने तिनघुम्तीमा बस दुर्घटना हुँदा एक जनाको घाइते भएका छन् । शुक्रबार बिहान करिब पौने ९ बजेको दमकबाट दिक्तेलतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५१९ नम्बरको बस सडकमा पल्टिएको हो । बसको हावाको अचानक पाइप पड्किएर अनियन्त्रित हुँदा सडकमा पल्टिर दुर्घटना हुँदा बसमा सवार मोरङको लेटाङ नगरपालिका–३ बस्ने ५५ वर्षीया मिना गुरुङ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा करिब २७ जना सवार रहेका थिए । घाइते गुरुङको ढाडमा चोट लागेको र उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको प्रह
इटहरी । बिहीबारदेखि सुुरु भएको वर्षाका कारण मेची राजमार्ग पुनः अवरुद्ध भएको छ । गएको असोज १८ गते रातिको वर्षाका कारण मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सडकमा पहिरो गएर अवरुद्ध भएको थियो । पहिरोमाथिनै सडक ट्याक बनाएर पुनः सडक सञ्चालन गरिए पनि वर्षाका कारण पुनः सडक अवरुद्ध भएको हो । मेची राजमार्गमा हिजो साँझ देखिनै जिल्ला प्रशासन कार्यालय इलामले यातायात बन्द गरेको थियो । यो सडकको विकल्पमा रहेको सिमल गोलाई तिल्केनी सडक पनि अहिले शुक्रबारदेखि बन्द गरिएको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो ।वैकल्पिक सडक सिमलगोलाई सडकमा पनि ठाउँ–ठाउँमा पहिरो झरेको, सडक चर्किएको र त
इटहरी । मौसम प्रतिकूलताका कारण ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ । पछिल्लो पाँच दिनयता निरन्तर वर्षा भई मौसम प्रतिकूल हुँदा सुकेटारमा शुक्रबारको उडान रद्द भएको हो । ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार निरन्तरको वर्षासँगै मौसम प्रतिकूल भएपछि उडान अवरुद्ध बनेको हो । निरन्तर वर्षासँगै बाक्लो हुस्सु र कुहिरो लागेकाले शुक्रबारको उडान सम्भव नभएको स्टेसन इन्चार्ज कार्कीले बताउनुभयो । उहाँका अनुसार शुक्रबारको उडान रद्द हुँदा काठमाडौँ जान लागेको दुई जना विदेशी पर्यटकसहित १७ जना यात्रु रोकिएका छन् ।उडान नभएपछि काठमाडौँदेखि ताप्लेजुङ
इटहरी । २२ वर्षदेखि सञ्चालनमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस इटहरीले अष्ट्रेलिया र युकेका विभिन्न कलेजका प्रतिनिधिहरुको सहभागितामा शैक्षिक मेला कार्यक्रम गरेको छ ।उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी गरिएको उक्त कार्यक्रममा अध्ययनका लागि आवश्यक शैक्षिक परामर्श, लागत तथा अन्य प्रक्रियागत विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा सहभागी अष्ट्रेलिया र युकेका विभिन्न कलेजका प्रतिनिधिहरुले आफ्ना कलेजमा उपलब्ध विषय, अवसर र खर्चसम्बन्धी विवरण प्रस्तुत गर्दै विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए ।एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस इटहरीका शिक्षा शाखा
इटहरी | इटहरीमा अवस्थित किसान कल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३०औं स्थापना दिवस भव्य रुपमा मनाएको छ। कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक सदस्य छत्रप्रसाद रिमाल प्रमुख अतिथी रहनु भयो भने संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा समारोह सम्पन्न भयो।कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले सहकारीको इतिहास र प्रगतिबारे जानकारी दिँदै वि.सं. २०५३ सालमा ३४ जना सदस्य र रु. १,७०० पूँजीबाट किसान कल्याण कोषको रूपमा स्थापना भएको र वि.सं. २०५८ सालमा सहकारी डिभिजन कार्यालय, इनरुवामा बचत तथा ऋण सहकारीको रूपमा दर्ता गरिएको बताए।हाल सहकारीमा २५ हजार ५ सय सदस्य र कु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.