समाज

    Showing ३,००१-३,०१० of ९,३६० items.
  • सप्तकोशी नदी लयमा फर्कंदै

    इटहरी । सप्तकोशी नदीमा आएको बाढी आइतबार साँझदेखि घट्दै गएपछि नदी आफ्नै लयमा फर्कन थालेको छ । आइतबार दिउँसो ४ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले ५७ वर्षयताकै तेस्रो बाढीको उच्च मापन गरेको थियो । सोमबार रातिदेखि नै नदीमा पानीको बहाब कम हुँदै आएको कन्ट्रोल रुमले जनाएको छ । पहाडी क्षेत्रमा वर्षा कम हुन थालेपछि पानीको बहाब क्रमशः घट्दै गएको हो । सोमबार दिउँसो ३ बजेको मापन अनुसार नदीमा पानीको बहाब दुई लाख ४८ हजार ३२५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो । यो समाचार तयार पर्दासम्म ३५ वटा ढोका खुला गरिएको जनाइएको छ । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि आइतबार कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको थियो

    • प्रकाशित मितिः असोज २१, २०८२
    • २२९ पटक पढिएको
  • ताप्लेजुङमा जिप दुर्घटना, दुई जना घाइते

    इटहरी । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका हाङ्पाङको लाफाचोक नजिकको सडकमा जिप दुर्घटना हुँदा दुई जना घाइते हुनुभएको छ । आठराई त्रिवेणी गाउँपालिका –१ निघुरादिनबाट फुङलिङतर्फ आउँदैगरेको जिप दुर्घटनामा परेको हो । १० जना यात्रु सवार मे १ ज २५१९ नम्बरको जिप आठराई त्रिवेणी गाउँपालिका –३ हाङपाङको पुच्छर लाफा चोकनजिक सडकमा दुर्घटना भएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू ९दिपेन० ले जानकारी दिनुभयो । उहाँका अनुसार जिपमा सवार १० जनामध्ये २ जना रन्जिता वनेम  र  सबिना श्रेष्ठ घाइते  हुनुभएको छ । अन्य ८ जना यात्रु र चालक सकुशल रहेको उहाँको भनाइ छ । जिप दुर्घटनापछि अवरुद्ध सडक खुलाउने तयारी

    • प्रकाशित मितिः असोज २१, २०८२
    • १९६ पटक पढिएको
  • धनकुटाको विभिन्न दुई स्थानमा झुण्डिएको अवस्थामा दुई जना पुरुषको शव फेला

    इटहरी । धनकुटाको विभिन्न दुई स्थानमा झुण्डिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ । एकजना घरको कोठाभित्र र अर्को घर छेउको रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका –४, स्थित एक्सेरुङ बस्ने करिब ४५ वर्षीय पुरुष रहेका छन् । उनी आफ्नै दिदी फूलमाया लिम्बूको घरमा पाहुना गएको र घरको माथिल्लो तलाको कोठाभित्र प्लाष्टिकको सुत्रीले पासो लागी झुण्डिएको अवस्थामा सोमबार करिब साढे ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । यस्तै धनकुटाको महालक्ष्मी नगरपालिका –१ स्थित मचेपु पारी खाप्राङ बस्ने करिब ५

    • प्रकाशित मितिः असोज २१, २०८२
    • २२८ पटक पढिएको
  • इलामको सूर्योदय नगरपालिकाले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपियाँका दरले राहत दिने

    इटहरी । इलामको सूर्योदय नगरपालिकाले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपियाँका दरले राहत दिने भएको छ । नगरले बाढी पहिरोमा परी नगर क्षेत्रभित्र ज्यान गुमाउनेका परिवारलाई तत्काल दुई लाख रुपियाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो । नगरले एकै परिवारका थप सदस्यको ज्यान गएको भएमा प्रतिसदस्य थप एक लाख रुपियाँका दरले रकम प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो ।  नगर प्रमुख तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गर्दै विपतका कारण विस्थापित भएका घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने र आवश्यक

    • प्रकाशित मितिः असोज २१, २०८२
    • २२२ पटक पढिएको
  • झापाको दमकमा नाबालक सुतेकै ठाउँमा मृत फेला

    इटहरी । झापाको दमकमा एक नाबालक सुतेकै ठाउँमा मङ्गलबार बिहान मृत फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक वडा–५, धनेश्वर चोक बस्ने चन्द्रमान रिमालका छोरा ५ वर्षीय लविस रिमाल मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय दमकका प्रमुख राम तिम्सिनाका अनुसार बेलुकाको खाना खाई बुवा चन्द्रमान रिमालसँगै कोठामा सुतेको र बिहान ६ बजे उठेर हेर्दा मृत अवस्थामा देखिएको भनेर प्रहरीमा खबर आएको छ । प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो । मृतक बालकको आमा वैदेशिक रोजगारमा माल्दिभ्समा रहेको अवस्थामा गतवर्ष उही मृत्यु भएको थियो ।&

    • प्रकाशित मितिः असोज २१, २०८२
    • १८५ पटक पढिएको
  • अलपत्र परेका यात्रुलाई गन्तव्यमा लैजान इलाममा निःशुल्क यातायत सेवा सञ्चालन

    इटहरी । चाडबाडकोे समयामा गएको बाढी पहिरोका कारण अलपत्र परेका यात्रुलाई गन्तव्यमा लैजान इलाममा निःशुल्क यातायत सेवा सञ्चालन गरिएको छ । इलामको सूर्योदय नगरपालिकाले हिजोदेखि इलामको माईखोलादेखि फिक्कलसम्म अलपत्र यात्रु ओर्सानका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । नगरले करफोक विद्या मन्दिर माध्यमिक विद्यालयको बस निःशुल्क सञ्चालन गरेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । सूर्योदयले निःशुल्क बस सेवा सञ्चालन थालेसँगै जिल्ला प्रशासन कार्यालय इलाममा विपत् व्यवस्थापन समितिको बैठकले अन्य स्थानमा पनि निःशुल्क यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनुसार इलाम नगरपालिकाले इलाम बजारदेखि म

    • प्रकाशित मितिः असोज २१, २०८२
    • १६२ पटक पढिएको
  • पाँचथरस्थित फिदिम फालौट मार्गको फेमे खोलामा सेनाद्वारा फड्के निर्माण, पैदलयात्रीलाई सहज

    इटहरी । बाढीले डाइभर्सन र बाटो बगाएको पाँचथरस्थित फिदिम फालौट मार्गको फेमे खोलामा नेपाली सेनाको फिदिमस्थित बीरदल गणले फड्के निर्माण गरेको छ ।  फड्के निर्माण गरेसँगै पैदल यात्रीलाई सहज भएको छ । सेनाले मङ्गलबार फेमे खोलामा काठको फड्के बनाएको थियो। फेमेखोलामा असोज १८ गते आएको बाढीले सडक र डाइभर्सन बगाएसँगै यो सडकमा आवागमन ठप्प थियो । बाटो बन्द भएपछि रोकिएका पैदल यात्रीको सुविधालाई मध्यनजर गर्दै सेनाले यहाँ काठको फड्के बनाइएको फिदिम स्थित नेपाली सेनाको बीरदल गणका प्रमुख किशोर अधिकारीले जानकारी दिनुभयो । फेमेको पक्की पुल २०८१ साल असोज १२ गतेको बाढीले बगाएको थियो । त्यसपछि बनाइएको डाइभर्सन सहित

    • प्रकाशित मितिः असोज २१, २०८२
    • १९१ पटक पढिएको
  • भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार

    इटहरी । भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार गरिएको छ। स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो। दुवै जनालाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। समय अगावै शिशुको जन्म भएकाले अक्सिजनसहित थप उपचार आवश्यक भएकाले धरान पठाइएको ओख्रे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सङ्गीता राईले जानकारी दिए। रामप्रसाद राई–४ ओख्रेस्थित स्वास्थ्य चौकीमा शिशुको जन्म भएको थियो। सडक अवरुद्ध भएकाले तत्काल थप उपचारका लागि पठाउन समस्या भएपछि हवाई उद्धार कार्यक्रमअन्तर्गत सुत्केरी र

    • प्रकाशित मितिः असोज २१, २०८२
    • ३२३ पटक पढिएको
  • आठराई त्रिवेणी र दोभान जोड्ने सडक अवरुद्ध

    इटहरी । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र दोभान जोड्ने सडक अवरुद्ध भएको छ । आठराई त्रिवेणी गाउँपालिका–५ तिलबारीमा माथिबाट ढुङ्गा झरी सडक अवरुद्ध भएको हो । मङ्गलबार बिहान ९ बजेको समयमा उक्त कच्ची सडक खण्डमा ढुङ्गा झर्दा सडक अवरुद्ध भई यातायात ठप्प भएको सूचना अधिकार‍ि तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले आठराई त्रिवेणीदेखि दोभान आवतजावत हुने सवारीसाधन ठप्प भएको छ ।  दुवैतर्फ सडक अवरुद्ध हुने गरि ढुङ्गा झरेका कारण तत्काल सडक खुलाउन नसक्ने अवस्था रहेको प्रहरीको भनाइ छ । साथै ढुङ्गा हटाउनका लागि पालिकासँग समन्वय भइरहेको छ । 

    • प्रकाशित मितिः असोज २१, २०८२
    • २२३ पटक पढिएको
  • मुख्यमन्त्री कार्कीको नेतृत्वमा इलामका बाढी–पहिरो पीडितका लागि राहत पठाइयो

    बिराटनगर, मोरङ /  हालैको निरन्तर वर्षाका कारण इलाम जिल्लाका मङ्सेवुङ गाउँपालिका र इलाम नगरपालिकाका विभिन्न क्षेत्रहरू बाढी–पहिरोबाट प्रभावित भएका छन्। उक्त विपद्‌का कारण जनधनको समेत क्षति भएपछि मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वमा तत्कालीन त्यसै क्षेत्रबाट अत्यावश्यक राहत सामग्री उपलब्ध गराइएको र अन्य राहत सामग्री समेत पठाउने तयारी गरिएको हो।कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले विपद् व्यवस्थापन तथा राहतका लागि समन्वय गर्दै हिजो नै राहत सामग्री पठाउने तयारी भए पनि इलाम क्षेत्रमा मौसम अत्यधिक प्रतिकूल रहँदा आजमात्रै सामग्री पठाउन सम्भव भएको बताए ।सडक

    • प्रकाशित मितिः असोज २१, २०८२
    • २१३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]