समाज

    Showing ३,०२१-३,०३० of ९,३६० items.
  • सुनसरीमा साइकललाई ठक्कर दिएर भाग्ने क्रममा स्कुटरसँग ठोक्कियो, मोटरसाइकल चालकको मृत्यु

    इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ फूलचोकमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको बा ७७ प ९४२५ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदै भाग्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको नम्बर नभएको इभी स्कुटरसँग ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको हरिनगरा–५ का अन्दाजी २७ वर्षीय विराट मण्डलको उपचारका क्रममा विराटनगरस्थित सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल पछाडि सवार २९ वर्षीय कुवेर मण्डलको सोही अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ। स्कुटर चालक र साइकल

    • प्रकाशित मितिः असोज १७, २०८२
    • ३४५ पटक पढिएको
  • सुनसरीमा बाढीको सम्भावित जोखिम, सतर्क रहन प्रशासनको अपिल

    इटहरी । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १७ देखि २० गतेसम्म सुनसरीमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीले बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लाबासीलाई सतर्क रहन सार्वजनिक सूचना जारी गरेको छ। सूचनामा सप्तकोशी नदीसहित जिल्लाका अन्य साना–ठूला नदीमा पानीको बहाव बढ्ने र खतरा तह आसपास पुग्न सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रशासनले विशेषगरी कोशी तटीय क्षेत्र र बाढी सम्भावना रहेका वडाहरूमा उच्च सतर्कता आवश्यक भएको उल्लेख गरेको छ। जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सतर्क रहनुका साथै अत्यावश्यक तयारी गर्न अनुरोध गरि

    • प्रकाशित मितिः असोज १७, २०८२
    • ३६३ पटक पढिएको
  • संखुवासभामा उच्च सतर्कता अपनाउन आग्रह

    इटहरी  । जिल्ला प्रशासन कार्यालय संखुवासभाले जिल्लावासीलाई असोज १७ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यस अवधिमा संखुवासभासहित देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको हुँदा सम्भावित प्राकृतिक बिपद्बाट जोगिन प्रशासनले सचेत रहन आग्रह गरेको हो । प्रशासनले जारी गरेको सूचनामा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, पहिरो वा डुबान जोखिम क्षेत्रका बासिन्दाले सुरक्षित स्थानको पहिचान राख्न तथा आवश्यक परेमा तत्काल सर्ने तयारी गर्न अनुरोध गरिएको छ । त्यस्तै, सडक अवरुद्ध हुने अवस्था आउन सक्ने भएकाले तत्काल प्रयोग गर्न मिल्ने गरी

    • प्रकाशित मितिः असोज १७, २०८२
    • २०१ पटक पढिएको
  • सतर्कता अपनाउन ताप्लेजुङबासीलाई आग्रह

    इटहरी । ताप्लेजुङमा शुक्रबारदेखि असोज २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यस अवधिमा ताप्लेजुङसहित देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको हुँदा सम्भावित प्राकृतिक बिपद्बाट जोगिन जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लावासीलाई असोज २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । अत्यन्त जरुरी अवस्थाबाहेक घरबाट टाढा र रातिको समयमा यात्रा नगर्न तथा वर्षा र बाटोको अवस्था हेरेर मात्र सवारी साधन सञ्चालन गर्न जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले आग्रह गरेको छ । यस्तै  सम्भावित बाढीपहिरोको जोखिम आइहाले आवश्यक उपकरण र जनश

    • प्रकाशित मितिः असोज १७, २०८२
    • २२४ पटक पढिएको
  • सङ्खुवासभामा निःशुल्क यातायात सेवा

    इटहरी  ।  सङ्खुवासभामा दसैँं–तिहारको अवसरमा युवाहरूले छोरीचेलीलाई माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरेका छन् । जिल्लामा ‘दसँैंतिहार चेलीलाई उपहार अभियान’ नाम दिइएको यो कार्यक्रम यही असोज १५ गतेदेखि सुरु गरिएको हो । माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरिएको संयोजक मेघराज तोलाङ्गीले बताउनुभयो । निःशुल्क सेवा दसँैंको पूर्णिमासम्म उपलब्ध हुनेछ । माइत र मावल आवतजावतमा सहज बनाउने अभियानमा छ वटा मोटरसाइकल रहेका छन् । दुईवटा चारपाङ्ग्रे सवारी साधनमार्फत अहिलेसम्म दुई दर्जनभन्दा बढी छोरीचेलीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याइएको छ । आज पनि ब

    • प्रकाशित मितिः असोज १७, २०८२
    • १९३ पटक पढिएको
  • राजमार्गमा बाढी पहिरोको जोखिम, सतर्क रहन आग्रह

    इटहरी। प्रमुख र सहायक राजमार्ग गरी एक दर्जन भन्दा धेरै सडक बाढी पहिरो र विपद्जन्य दुर्घटनाको जोखिममा रहेको भन्दै पाँचथर प्रहरीले यात्रा गर्नु पूर्व सुरक्षा सावधानी अपनाउन सर्व साधारणलाई आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ९प्रहरी निरिक्षक० रुपेश तामाङले शुक्रबार सार्वनिक सूचना जारी गर्दै जोखिमको पहिचान भएका जिल्ला स्थित,मेची,मध्य पहाडी र तमोर करिडोर सहित भित्री सडकहरुको सूची सार्वजनिक गर्नुभएको हो । पाँचथर प्रहरीद्वारा जारी गरिएको सूचनामा मेची राजमार्गको फिदिम २ स्थित रमिते पहिरो,फाल्गुनन्द ३ को पाङ्ग्रे भीर, फिदिम फालौट सडक खण्डमा पर्ने फिदिम १ र ११ को फेमेखोला, तमो

    • प्रकाशित मितिः असोज १७, २०८२
    • २६५ पटक पढिएको
  • जडीबुटीको भाउ नपाएको भोजपुरका किसानको गुनासो

    इटहरी । भोजपुरका किसानले उत्पादित जडीबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पकेट क्षेत्रमा विभिन्न जातका बहुमूल्य जडीबुटी उत्पादन भएपनि बजार मूल्य नपाएको उनीहरुको गुनासो छ । स्थानीयस्तरमा जडीबुटीको बजार मूल्यबारे ज्ञान नहुने र सरकारले समेत मूल्य नतोक्ने हुँदा विचौलियाले त्यसको लाभ लिइरहेको किसानको भनाइ छ । स्थानीय जडीबुटी कृषक निमा शेर्पाले चिराइतो, सतुवा, अलैँचीलगायतको व्यावसायिक खेती गरिए पनि मूल्यका लागि विचौलियाकै भर पर्नुपर्दा घाटा भइरहेको सुनाउनुभयो । भोजपुरको माथिल्लो भेगका किसानले चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती

    • प्रकाशित मितिः असोज १७, २०८२
    • २८६ पटक पढिएको
  • सङ्खुवासभामा आफन्तको खुकुरी प्रहारबाट १ जना गम्भीर घाइते

    इटहरी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ माङ्तेवामा आफन्तको खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । माङ्तेवामा गएराति स्थानीय जीवन ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजेन्द्र राईमाथि आफन्त फुपूका छोराहरुले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । उहाँका अनुसार खुकुरी प्रहारबाट शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उपचारका लागि जिल्ला अस्पताल  खाँदबारी ल्याइएपनि डाक्टरले उपचार गर्न नसक्ने जनाएपछि थप उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लगिएको छ । सामान्य विषयमा उनीहरुबीच विवाद भए

    • प्रकाशित मितिः असोज १७, २०८२
    • २५७ पटक पढिएको
  • सुनसरीमा खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर २८ वर्षीय युवकको मृत्यु

    इटहरी । सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २८ वर्षीय अनिल यादव रहेका छन्। सोमबार दिउँसो मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल इनरुवा पठाएको थियो। उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमपछि मृतकलाई उनका भाइ वीरेन्द्र यादवले बुझेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज १५, २०८२
    • ५१३ पटक पढिएको
  • खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

    इटहरी । इटहरी उपमहानगरपालिका–२० तरहरा खार्सला टोलमा मंगलवार राति करिब ९ बजेतिर चोरी भएको छ। दीपेन्द्र खवासको घरमा कोही नभएको बेलामा अज्ञात व्यक्तिले ताल्चा फोडी करिब १४ लाख रुपैयाँ बराबरका सुनका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ। घरधनी दीपेन्द्र खाना खान बुबा विन्द्रमान खवासको घर गएको बेला चोरले अमूल्य गरगहना चोरी गरेको हो। रानीहार ४ तोला, औंठी ८ आना, झुम्का ८ आना, छड्के १२ आना, तिलहरी ३ आना र सुनको बाला १ तोलासहित जम्मा करिब ७ तोला सुनका गरगहना लिएर फरार भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी चौकी तरहराबाट प्रहरी नायब निरीक्षक टीका नेपालको कमाण्डमा टोली खटिएको थियो। चोरीमा संलग्न व्यक्तिहरू

    • प्रकाशित मितिः असोज १५, २०८२
    • ५१३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]