समाज

    Showing ३,०५१-३,०६० of ९,३६० items.
  • मोरङका विभिन्न स्थानमा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइयो

    इटहरी । बडा दशैंको सातौं दिन सोमबार मोरङका विभिन्न स्थानमा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइएको छ । विराटनगरको जिल्ला अदालत प्रांगणबाट बाजागाजासहित सुरु भएको धार्मिक ¥यालीले फूलपाती बर्ढाई गर्दै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । फूलपाती भित्र्याउने क्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी दलले दशैघरस्थित दुर्गा भवानीको मूर्तिमा सम्मान अर्पण गरेका थिए । दशैघरमा राखिने परम्पराअनुसार उखु, अदुवा, बेलपत्र, दारिम, अशोक फूललगायतका नवपत्रिका फूलपाती भित्र्याइएको हो । यसैबीच मोरङका विभिन्न शक्तिपीठमा पूजाआजाका लागि भक्तजनहरूको ठूलो भीड लागेको छ । विराटनगरको ऐतिहासिक काली मन्दिरमा

    • प्रकाशित मितिः असोज १३, २०८२
    • २६६ पटक पढिएको
  • पूर्वपश्चिम राजमार्ग विस्तार, समयमै निर्माण सम्पन्न गर्न कठिन

    इटहरी । एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही खण्ड विस्तार पूूर्वनिर्धारित लक्ष्य अनुसार सम्पन्न गर्न कठिन  देखिएको छ ।  २०८० कातिक २ गते सम्झौता भई २०८० माघ १९ गते निर्माण कम्पनीले काम थालेको हो । सम्झौता अनुसार निर्माण कम्पनीले सबै प्याकेजको काम २०८३ कात्तिकमा सम्पन्न गर्नुपर्नेछ तर विभिन्न अवरोधका कारण उक्त समयावधिमा काम गर्न कठिन हुँदै गएको छ । काम सुरु भएको १७ महिना भयो । यो अवधिमा दोस्रोे प्याकेजमा ३६।८ प्रतिशत काम सम्पन्न हुनुपर्ने २७।१२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । यस प्याकेजमा झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको सडकको

    • प्रकाशित मितिः असोज १३, २०८२
    • ३५१ पटक पढिएको
  • युवापुस्ताको बेवास्ताले हराउँदै दसैँको आकर्षण पिङ

    इटहरी । दसैँमा मान्यजनबाट टीकाजमरा लगाएर आशीर्वाद लिई, एक पटक धर्ती छाड्नै पर्छ भन्ने मान्यता छ । पछिल्लो समय युवापुस्ताको बेवास्ताका कारण आकर्षण घटेसँगै धनकुटामा लिङ्गेपिङ भने लोप हुँदै गएको हो । दसैँ र तिहारलाई लक्षित गरी लगाइने पिङ एक दशकअघिसम्म धनकुटामा जताजतै देख्न पाइन्थ्यो । दसैँ सुरु भएलगत्तै गाउँघरमा साथीभाइ जम्मा भएर लिङ्गे तथा रोटेपिङ लगाउने चलन रहेको थियो । धनकुटाका गाउँ गाउँमा लिङ्गे र रोटे गरी दुईखाले पिङ लगाउने प्रचलन थिए । गाउँभरिका गाउँले भेला भएर स्थानीय बाबियो बाँस आदिवाट लिङ्गेपिङ तयार पारिन्थ्यो । त्यस्तै खयर सल्लोलगायतको काठबाट रोटेपिङ बनाउने गरिन्थ्यो । त्यो बेला दसैँतिह

    • प्रकाशित मितिः असोज १३, २०८२
    • ३१४ पटक पढिएको
  • धरान कृषि उपज बजारमा खसीबोकाको किनबेच

    इटहरी ।  चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका १३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ । प्रत्येक साताको बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा देशका विभिन्न पहाडी र तराई क्षेत्रबाट किसान र व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने गर्दछन् । सङ्खुवासभाका श्यामबहादुर बस्नेत विगत १८ वर्षदेखि पशुपालन व्यवसायमा सक्रिय हुनुहुन्छ । धनकुटाको सागुरीगढी गाउँपालिका ७ की ममता राईले पनि धरानको बजारमा नियमित रूपमा खसीबोका बिक्री गर्दै आउनुभएको छ । उहाँका अनुसार वार्षिक रूपमा खसीबोका बिक्री गरेर रु नौ लाखभन्दा बढी आम्दानी हुने गरेको छ । सुनसरीको दुहबी नगरपालिका ५ का व्यापारी नैसात मियाँ ह

    • प्रकाशित मितिः असोज १३, २०८२
    • १८८ पटक पढिएको
  • २०७२ को भूकम्पले तहसनहस बनाएको भोजपुर याकु गाउँमा अब घरघरमै खानेपानी

    भोजपुर | २०७२ सालमा गएको विनाशकारी माह भूकम्पले देशका १४ जिल्लालाई तहसनहस बनएको थियो । भूकम्पका कारण अरबौँको क्षति हुनका साथै हजारै मानिसले ज्यान गमाएका थिए । भूकम्पले क्षति ग्रस्त बनाएका संरचनाहरूको राज्यले अझै पनि पुनःर्निमार्ण गर्न सकिरहेका छैन । कतिपय संरचनाहरू अझै पनि टेकोमै अडाएको छ । जुन भुकम्प गएको नौ वर्ष परा भैसक्दा पनि क्षति ग्रस्त भएका संरचनाहरुले पूर्णत पाउन सकिरहेको छैन । राज्य संचालन गर्ने शासकहरू नै यसप्रति जिम्मेवार नहुदाँ आज यो अवस्था र्सिजना भएको हो । भूकम्पका कारण छेदबिछेद भएका खानेपानीका महान र पाईपलाईनहरु भूकम्प प्रभावित जिल्लाहरूमा पुनःर्निमार्ण हुन नसक्दा सर्वसाधारण नाग

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ३५९ पटक पढिएको
  • आमा मन्टेश्वरी स्कुलद् वारा महान चाडहरूको शुभकामना आदानप्रदान

    बराहक्षेत्र | सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १०, प्रकाशपुर बजारमा रहेको आमा मन्टेश्वरी स्कुलले बडादशैं, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान गर्न एक सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ।यस शुभकामना कार्यक्रमको अवसरमा विद्यार्थी तथा शिक्षकहरूले सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा स्कुल संचालक श्याम कटुवाल, सम्पूर्ण शिक्षक , विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो।नेपालीहरूको महान चाड बडादशैं, दीपावली र आगामी छठ पर्व २०८२ सालको अवसरमा शुभकामनाहरूको आदान-प्रदान तथा सांस्कृतिक प्रस्तुतिबाटै कार्यक्रम सञ्चालन गरिएको आमा मन्टेश्वरी स्कुलले जनाएको छ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ४९८ पटक पढिएको
  • सार्वजनिक यातायातमा डस्टविन वितरण

    इटहरी । स्वतन्त्र नागरिक समाज मोरङले जनचेतनामुलक कार्यक्रम तथा सार्वजनिक यातायातमा डस्टविन वितरण गरेको छ । शुक्रबार मोरङको सुन्दरहरैंचा –७ मा रहेको गछिया चोकमा आयोजित कार्यक्रममा सार्वजनिक यातायातमा यात्रा गर्ने ड्राइभर तथा यात्रुहरुले गाडी भित्र खाएको भोला,चाउचाउ,पानीको बोतल बाहिर सडकमा नफालुन भन्ने उदेश्यले गाडी मै डस्टविन वितरण उपलब्ध गराईएको हो । यात्रा गर्दा यात्रुहरुले उत्पादित फोहोरलाई व्यवस्थापन गर्न डस्टविन वितरण गर्दै स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाईले “हाम्रो शहर, सफा स्वच्छ राख्ने सबैको रहर” भन्ने नाराका साथ फोहरमैला सङ्कलन र वातावरण सफा राख्न सहयोग पुग्ने

    • प्रकाशित मितिः असोज १२, २०८२
    • २६५ पटक पढिएको
  • पथरी शनिश्चरेका सबै वडा कार्यालयलाई आवश्यक सामग्री जुट्दै

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको कार्यालय तथा नगरका सबै वडा कार्यालयहरूको मर्मत सम्भार कार्य भइरहेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएपछि नगरपालिका र १० वटै वडाका कार्यालयहरूको फर्निचर , आवश्यक कागजात, अभिलेख, भौतिक संरचनाहरू  तोडफोड सहित जलेर खरानी भएका थिए । सबै वडाहरूले आआफ्नो तवरले वडाभित्रका विभिन्न संघसंस्था , उद्योगी व्यवसायी तथा सामाजिक व्यक्तित्वहरूले पुनः वडाको कार्यहरू सञ्चालन गर्नका लागि आवश्यक  सामग्रीहरू कुर्सी, टेबल, कम्प्युटर, झ्याल,ढोका, खानेपानी ट्याङ्की, पङ्खा जस्ता विभिन्न आवश्यक सामानहरु सहयोग स्वरुप उपलब्ध गराइरहेको नगरका नगर प

    • प्रकाशित मितिः असोज १२, २०८२
    • २४५ पटक पढिएको
  • युवा समूहले ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान’ मार्फत निःशुल्क यातायात सेवा दिने

    इटहरी । खोटाङका युवाहरुले यस वर्ष पनि ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्ने भएका छन् । आर्थिक अभाव वा यातायात सुविधाको अभावमा माइतीघर जान नसकेका चेलीलाई दसैँ र तिहारका अवसरमा माइतीघर पु¥याउने तथा फर्काउने उद्देश्यसहित निःशुल्क यातायात सेवा उपलब्ध गराइने भएको हो ।  अभियान संयोजक सञ्जयकुमार राईका अनुसार यस वर्षको अभियान असोज १६ देखि १९ गतेसम्म र तिहारमा कात्तिक ५ देखि ७ गतेसम्म सञ्चालन गरिनेछ । गत वर्ष सञ्चालन गरिएको अभियानबाट दुई चरणमा ४१५ जना चेलीले निःशुल्क सुविधा पाएको र यस वर्ष दोस्रो संस्करण अघि बढाइने जानकारी दिनुभयो । हालसम्म विभिन्न क्षेत्रमा संलग्न २५ जना युवाले स्

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ३०० पटक पढिएको
  • आन्दोलनका क्रममा सरकारी तथा निजी संरचना जलाउने र लुटपाटमा संलग्नलाई कानुनको दायरामा ल्याउने अभियान सुरु

    इटहरी । इटहरीका डिएसपी सुवास हमालले जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी संरचना जलाउने, भत्काउने र लुटपाटमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानुनको दायरामा ल्याउने अभियान सुरु गरेको दाबी गर्नुभएको छ । भर्खरै सरुवा भई इलाका प्रहरी कार्यालय इटहरीमा कार्यभार सम्हाल्नुभएका डीएसपी सुवास हमालले शनिबार कार्यक्रममा बोल्दै विध्वंसमा संलग्नलाई कारबाही गर्न दुईमत नरहेको र सरकारी कार्यालय मात्र नभइ निजी सम्पत्तिमा आगजनी गर्नेहरूलाई पनि कानुन अनुसार कारबाही गरिने बताउनुभयो । साथै उनीहरूले स्थानीयवासीहरूलाई फोटो, भिडियो वा अन्य प्रमाणहरू ह्वाट्सएप, भाइबर वा इमेलमार्फत पठाउन सकिने बताउँदै, प्रमाण उपलब्ध गर

    • प्रकाशित मितिः असोज १२, २०८२
    • २०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]