समाज

    Showing ३,०७१-३,०८० of ९,३६० items.
  • एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

    काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष डो महाश्रम शर्माले परीक्षामा सहभागी भएका एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको जानकारी दिनुभयो । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।

    • प्रकाशित मितिः असोज ११, २०८२
    • २९५ पटक पढिएको
  • छात्रामाथि अश्लील दुराचार गरेको आरोपमा इनरुवाको स्मल हेभेन एकेडेमीका सञ्चालक बर्खास्त

    इटहरी । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–३ स्थित स्मल हेभेन एकेडेमीका सञ्चालक  हरेराम मिश्रले आफ्नै छात्रालाई अश्लील सन्देश पठाउँदै गोप्य अङ्ग देखाएको भिडियो सार्वजनिक भएपछि व्यापक आक्रोश फैलिएको छ । सोही स्कुलबाट भर्खरै मात्र  कक्षा १२ बाट पास आउट भएकी नाम परिवर्तन गरी ‘सबिता’ भनिएकी पीडित छात्राका अनुसार मिश्रले निरन्तर मोबाइलमार्फत अश्लील सामग्री पठाउँदै पार्टी रुममा बोलाएर भिडियो कलमार्फत आफ्नो गोप्य अङ्ग देखाउने जस्ता घिनलाग्दा क्रियाकलाप गर्दै आएका थिए ।  छात्राले अन्य नम्बरहरू ब्लक गरे पनि मिश्रले नयाँ–नयाँ नम्बरबाट सम्पर्क गरेर धम्की दिने र दबाब सिर्जना गर्ने गरेको आरो

    • प्रकाशित मितिः असोज ११, २०८२
    • २६१ पटक पढिएको
  • सिदिङ्वा गाउँपालिकामा ज्येष्ठ नागरिकको घरदैलोबाटै स्वास्थ्य परीक्षण सेवा

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका ज्येष्ठ तथा अशक्त नागरिकले घरदैलोबाटै स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रममार्फत घरदैलोमै ज्येष्ठ तथा अशक्त नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका हुन् । शुक्रबार सम्पन्न भएको कार्यक्रममार्फत ९६२ जनाले सेवा प्राप्त गरेका सिदिङ्वा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार शाहले जानकारी दिनुभयो । शाखा प्रमुख शाहका अनुसार घर–घरमा पुगेर ६० वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता र दीर्घरोगीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । गाउँपालिकाका सात वटा वडामध्ये सबैभन्दा बढी वडा ३ आङ्ख

    • प्रकाशित मितिः असोज ११, २०८२
    • २८८ पटक पढिएको
  • ताप्लेजुङमा शुक्रबारदेखि उडान सुरु

    इटहरी । ताप्लेजुङमा हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब दुई महिनापछि शुक्रबारदेखि उडान सुरु भएको हो ।वर्षायाम सुरु भएसँगै गत साउन ५ गतेदेखि उडान हुन सकेको थिएन । सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार लागिरहने हुस्सु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा दुई महिनासम्म उडान अवरुद्ध भएको थियो । अहिले मौसममा क्रमशः सुधार आएकाले उडान सुरु भएको उहाँको भनाइ छ । ताप्लेजुङमा नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज मात्र सञ्चालन हुँदै आएको छ । जहाजमा आउने प्राविधिक समस्या र मौसम परिवर्तनले पटक पटक उडान अवरुद्ध हुँदा जिल्लावासी हवाई सुविधाबाट वञ्चित

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ३२२ पटक पढिएको
  • सुकुना बहुमुखी क्याम्पसकी प्रभा थापा नेपालकै उत्कृट

    माेरङ, सुन्दरहरैँचा । माेरङको सुन्दरहरैँचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसले फेरि पनि देशकै उत्कृष्ट शैक्षिक गन्तव्यको प्रमाण प्रस्तुत गरेको छ। हालै प्रकाशित BBA पाँचौँ सेमेस्टरको नतिजामा सो क्याम्पसकी छात्रा प्रभा थापाले 4 SGPA ल्याउँदै नेपाल उत्कृष्ट अङ्क ल्याउन सफल भएकी छन्।त्यस्तै, अर्चना रिजालले 3.99 SGPA ल्याउन सफल भइन्। यसैगरी, योवी गुरुङ, स्मृति बस्नेत र प्रकृति लुइटेलले 3.98 SGPA ल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।क्याम्पसको सफलता सार्वजनिक भएपछि क्याम्पस प्रशासनले सम्पूर्ण विद्यार्थी, अभिभावक र शिक्षकप्रति आभार प्रकट गरेको छ। क्याम्पस प्रमुख अर्जुन अधिकारीका अनुसार, “सुकुना

    • प्रकाशित मितिः असोज ११, २०८२
    • २५१ पटक पढिएको
  • प्रधानमन्त्री कार्कीलाइ दुहबीका मेयर गच्छादारको पत्र,स्वास्थ्य बीमा कार्यक्रम बारे स्पस्ट पारिदिनु

    सुनसरी / दुहबी नगरपालीका प्रमुख वेद नारायण गच्छादारले प्रधानमन्त्री शुसिला कार्कीलाइ पत्र पठाएका छन । योगदान रकममा आँशिक सहुलियत मात्र रहेको अत्यावश्यक लक्षित बर्ग समुदाय स्वास्थ्य बिमा कार्यक्रम सन्चालन गर्दै आएका दुहबी नगरपालिका लगायतलाइ मन्त्रीपरिषदको गत असोज ५ गतेको निर्णय को दफा ९ ( च) आकर्षीत हुने वा नहुने बारे प्रस्ट पारीदिन पत्रमा उल्लेख गरिएको छ।बहुसंख्यक दलित, भुमिहिन सुकुम्बासी, बिपन्न लगायतका अपाङ्ग र आश्रीत परिवारहरुको बसोबास रहेको दुहबी नगरपालिका यसैपनि गुणस्तरिय स्वास्थ्य सेवा बाट बन्चित रहेको छ, आम नागरिकको स्वास्थ्यमाथी नै असरपुग्ने यस्ता खालका निर्णयले पैसाकै अभावमा रोगको शिक

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ५३६ पटक पढिएको
  • महिला सशक्तीकरणको संदेशसहित ‘मिसेस पुर्बेली आईकन’को ट्यालेन्ट राउण्ड सम्पन्न

    इटहरी । विवाहित महिलाहरूलाई प्रतिभा र सौन्दर्यसँगै सशक्तीकरणको प्लेटफर्म दिने उद्देश्यले सुरु गरिएको ‘मिसेस पुर्बेली आईकन’ दोस्रो संस्करणको बुधबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । फाइनलमा प्रवेश गरेका ११ प्रतिस्पर्धीले आ–आफ्नो कला प्रस्तुत गर्दै दर्शक र निर्णायकलाई प्रभावित पारेका थिए  । प्रतिष्पर्धी सीमा लकान्द्रि, समिता राई, अर्चना सिटौला र सिता पुरीले नृत्य प्रस्तुत गरे भने रइशा चौधरीले थारु नृत्य प्रस्तुत गरिन् । परिना राईले ‘आमा’ शीर्षकको कविता वाचन गरिन् भने उर्मिला मगरले जेनजी आन्दोलनका क्रममा मारिएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने कवित

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ४३३ पटक पढिएको
  • रामधुनी नगरपालिकामा रंगशालाको प्याराफिट कम्सल भएपछि भत्काउँदै

    इटहरी । सुनसरीको रामधुनी नगरपालिकामा निर्माणाधीन रंगशालाको प्याराफिट गुणस्तरहीन देखिएपछि भत्काउन निर्देशन दिइएको छ । २०८१ साल माघ ६ गते सम्झौता भई २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नेगरी १ करोड २० लाख ४० हजार ३८० रुपैयाँमा ठेक्का प्रक्रिया भएको थियो । उक्त काम इटहरीस्थित अभयचन्द्र बिल्डर्स एण्ड इन्जिनियर प्रालिले ७७ लाख ६६ हजार ६६० रुपैयाँमा हात पारेको थियो । हालसम्म ठेकेदार कम्पनीले तीन किस्तामा २४ लाख ४५ हजार २३७ रुपैयाँ भुक्तानी लिइसकेको छ । रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापा, प्राविधिक, कार्यपालिका सदस्य तथा स्थानीयवासीको उपस्थितिमा गरिएको अनुगमनपछि प्याराफिट कम्सल देखिएर ल्याबमा परीक्षण

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ४५१ पटक पढिएको
  • जेन जेड आन्दोलन, नयाँ परिस्थिति र निकासबारे उर्लाबारीमा बहस

    इटहरी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मोरङ जिल्ला संगठन कमिटीको आयोजनामा बिहीबार उर्लाबारी–५ स्थित पूर्वाञ्चल बौद्ध गुम्बामा “जेन जेड विद्रोह, नयाँ परिस्थिति र अबको निकास” विषयक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था र स्थानीय तहका प्रमुख–प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख वक्ता पोलिट ब्युरो सदस्य दिपेश राईले हालको विद्रोहलाई सामान्य सरकार परिवर्तनको आन्दोलन मात्र नभई राज्यव्यवस्था परिवर्तनको सङ्घर्षका रूपमा हेर्नुपर्ने बताउनुभएको छ । राईले संविधान पुनर्लेखन, कार्यकारी प्रधानमन्त्रीको व्यवस्था र नेपाली

    • प्रकाशित मितिः असोज १०, २०८२
    • २८४ पटक पढिएको
  • जोगबनी बजार तनावग्रस्त, नेपाल–भारत सीमा बन्द

    इटहरी । भारतको जोगबनी बजारमा समुदायबीच विवाद बढेपछि स्थानीय बजार बन्द गरिएको छ । इस्लाम धर्मगुरु पैगम्बरबारे टीकाटिप्पणीपछि पक्ष–विपक्षमा विवाद चर्किएर जोगबनी शुक्रबार तनावग्रस्त बनेको हो । साम्प्रदायिक विवाद बढ्दै गएपछि उत्पन्न तनावका कारण सीमा क्षेत्र रानी–जोगवनी नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सुरक्षाकर्मीका अनुसार हिन्दु समुदायका केही युवाले सामाजिक सञ्जालमा इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे गलत टिप्पणी गरेपछि मुस्लिम समुदाय विरोधमा उत्रिएको हो । सोही क्रममा बजरंग दलका कार्यकर्ता पनि प्रतिवादमा उत्रिएपछि दुवै पक्षबीच दोहोरो झडप भएको जानकारी आएको छ । दुवै समुदा

    • प्रकाशित मितिः असोज १०, २०८२
    • २५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]