समाज

    Showing ३,०८१-३,०९० of ९,३६० items.
  • धरानमा टिपरको ठक्करबाट महिलाको मृत्यु

    इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–८ मा टिपरको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७५०९ नम्बरको टिपरले कोशी लोकमार्गअन्तर्गत हिमाली पेट्रोल पम्पनजिकै मंगलबार दिउँसो करिब २ बजेतिर पैदल यात्रामा रहेकी महिलालाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करिब ३५ वर्षकी मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा मृत्यु भएकी महिलाको नाम, थर र वतन खुलाउने प्रयास भइरहेको प्रहरीले उल्लेख गरेको छ । दुर्घटनालगत्तै प्रहरीले टिपर चालक

    • प्रकाशित मितिः असोज १०, २०८२
    • १९२ पटक पढिएको
  • सिद्वार्थ सेकेन्डरी स्कुलद्वारा सुन्दरहरैँचा नगरपालिकालाई सामाग्री हस्तान्तरण

    इटहरी । जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई सिद्वार्थ सेकेन्डरी स्कूलले सामाग्री हस्तान्तरण गरेको छ । नगरको सेवा प्रवाहमा सहजता ल्याउनका लागि सिद्वार्थ बोडिङको तर्फबाट सामाग्री हस्तान्तरण गरिएको हो । सुन्दरहरैँचा नगरपालिकाको शिक्षा शाखाका लागि सिद्धार्थ सेकेन्डरी बोर्डिङ स्कुलले  एक थान दराज, कुर्सी र टेबल प्रदान गरेको विद्यालयका प्रिन्सिपल अर्जुन वस्नेतले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः असोज १०, २०८२
    • १९५ पटक पढिएको
  • नेपाल खेलकुद महासंघको आकस्मिक विशेष भेटघाट सम्पन्न

    इटहरी । नेपाल खेलकुद महासंघले आकस्मिक विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षतामा राजधानी बानेश्वरस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जेन–जि आन्दोलनका कारण देशभर सिर्जिएको विषम परिस्थितिलाई संकट मोचन गर्ने उद्देश्यसहित विशेष प्रदेश सहित सात वटा प्रदेशमा प्रदेश अध्यक्षको नेतृत्वमा १०१ सदस्यीय विशेष स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको महासंघले जनाएको छ । यस अवसरमा चितवन जिल्लाबाट मुङ्लिन–नारायणगढ सडकखण्ड तीन दिनदेखि अवरुद्ध हुँदा अलपत्र परेका यात्रुहरुलाई प्रदान

    • प्रकाशित मितिः असोज १०, २०८२
    • १८४ पटक पढिएको
  • भग्नावसेष दुहबी नगरपालीकालाई पुनरुत्थानका लागी सहयोगी हातहरु अगाडि

    इटहरी । गत भदौ २४ गतेको आन्दोलनबाट  दुहबी नगरपालिकामा  आगलागी  र लुटपाट हुदा दुह्बी नगरपालिकामा भएको  अकल्पनिय क्षतीउपर हाल बिभिन्न निकायका सहयोगी हातहरु अगाडि बढेका छन् । केहिदिन अगाडि  एसियन  ल्यादर फ्याक्ट्रीले कम्युटर हस्तान्तरण गरेको थियो भने आज पुन  मोरङ ब्यापार संघ सि एन आई कोशी, उध्योग संगठन मोरङले विभिन्न सामाग्री हस्तान्तरण गरेका छन् । दुह्बी नगर प्रमुख  वेदनारायण गछादारलाई मोरङ ब्यापार संघका निर्देशक  कृष्ण  रेग्मि, सि एन आइ  कोशीका  निर्देशक  बिजयहरी शर्मा, उयोग  संगठन मोरङका माहानिर्देशक  चुडामणी भट्टराइले

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ३२५ पटक पढिएको
  • रामधुनी नगरपालिका मा स्वास्थ्य बीमा प्रथम सेवा बिन्दु सुरु, उपमेयर थापाले गरिन् उद्घाटन

    इटहरी । रामधुनी नगरपालिकाका उपमेयर तारा थापाले झुम्का आधारभूत अस्पतालमा ’स्वास्थ्य बीमा प्रथम सेवा बिन्दु’ को शुभारम्भ गर्नुभएको छ । यस सेवा बिन्दुको स्थापनाबाट स्थानीय बासिन्दाहरूले अब उक्त अस्पतालभित्र नै स्वास्थ्य बीमासँग सम्बन्धित सबै जानकारी, दर्ता, सल्लाह र अन्य आवश्यक सेवाहरू प्राप्त गर्न सक्ने भएको छ । यसले ग्रामीण क्षेत्रका नागरिकहरूको लागि स्वास्थ्य बीमा सम्बन्धी पहुँच र सजिलोको सिर्जना गर्ने अपेक्षा गरिएको छ । उद्घाटनको अवसरमा उपमेयर थापाले यो सेवा नगरका नागरिकहरू, विशेष गरी गरीब, वंचित र सुगम्यताको अभाव भएका व्यक्तिहरूको स्वास्थ्य सेवामा पहुँच बढाउने महत्त्वपूर्ण कदम भएको बताउदै यस

    • प्रकाशित मितिः असोज १०, २०८२
    • २५२ पटक पढिएको
  • जोगबनी बजार तनावग्रस्त, नेपाल–भारत सीमा बन्द

    इटहरी । भारतको जोगबनी बजारमा समुदायबीच विवाद बढेपछि स्थानीय बजार बन्द गरिएको छ । इस्लाम धर्मगुरु पैगम्बरबारे टीकाटिप्पणीपछि पक्ष–विपक्षमा विवाद चर्किएर जोगबनी शुक्रबार तनावग्रस्त बनेको हो । दसैँको किनमेलका लागि नेपालबाट ठूलो संख्यामा उपभोक्ता जोगबनी पुग्ने गरे पनि अहिले नेपाली पक्षबाट सीमा नाका बन्द गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालतर्फको सीमा अस्थायीरूपमा बन्द गरिएको जानकारी दिए । सीमामा पुगेका धेरै नेपाली उपभोक्ता फर्किएका छन् । अहिले जोगबनीमा नाराबाजी जारी छ भने ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको छ । चाडपर्वको समयमा

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ३५८ पटक पढिएको
  • धरानमा टिपरको ठक्करबाट महिलाको मृत्यु

    इटहरी । धरान उपमहानगरपालिका–८ मा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बिहीवार दिउँसो करिब २ बजेतिर धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ७५०९ नम्बरको टिपरले कोशी लोकमार्गमा पैदल हिँडिरहेकी करिब ३४–३५ वर्षीया महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। टिपर चालक मोरङ केरावारी गाउँपालिका–६ बस्ने ५२ वर्षीय सोमबहादुर सुन्दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १०, २०८२
    • २८२ पटक पढिएको
  • झुम्का कारागारबाट फरार तीन कैदी धरानबाट पक्राउ

    इटहरी । भदौ  २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका तीन कैदी धरानबाट पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले फरार कैदीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–४ बस्ने ४२ वर्षीय सन्दीप थापा, धरान–१५ बस्ने ३२ वर्षीय सुनील श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय लक्की गरुङ रहेका छन्। तीनै जना लागूऔषध मुद्दामा सजाय भोगिरहेका कैदी भएको प्रहरीले जनाएको छ। पक्राउ परेका कैदीहरूलाई बिहीवार ६ बजेतिर पुनः झुम्का कारागार पठाइएको छ।

    • प्रकाशित मितिः असोज १०, २०८२
    • २४७ पटक पढिएको
  • उत्तरदक्षिण कोशी राजमार्ग एक महिनादेखि ठप्प

    इटहरी। अविरल वर्षासँगै मकालु गाउँपालिका–३ सम्माटार नेताभिर क्षेत्रमा खसेको ठूलो पहिरोका कारण उत्तरदक्षिण कोशी राजमार्ग करिब एक महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ। करिब पाँच सय मिटर सडक बगाउँदा भोटखोला गाउँपालिकासहितका उच्च पहाडी क्षेत्रसँगको सम्पर्कविच्छेद भएको हो । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेका अनुसार सडक नै बाहिरी सम्पर्कको एकमात्र माध्यम भएकाले स्थानीयवासीहरू अहिले समस्यामा परेका छन् । उहाँले भन्नुभयो, “दसैँ नजिकिँदै गर्दा आवतजावत मात्र होइन, आवश्यक सामग्री आपूर्ति र बिरामी लैजानसमेत समस्या भएको छ। उत्तरी क्षेत्रका स्थानीयहरू जीवन जोखिम मोलेर पैदल यात्रा गर्न बाध्य भएको अध्यक

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ३३३ पटक पढिएको
  • दिक्तेल बजारमा दसैँको चहलपहल बढ्यो

    इटहरी । दसैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका चाडपर्व नजिकिएसँगै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सर्वसाधारणको चहलपहल बढेको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्ने तथा सहरबाट जिल्ला भित्रिने सर्वसाधारणको बिहानदेखि राति अबेरसम्म चहलपहल बढेको हो । चाडपर्व नजिकिएसँगै जिल्लामा दैनिक रु ५० देखि रु ६० लाखसम्मको आर्थिक कारोबार हुने गरेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिनुभयो । जिल्लामा कुखुराको अन्डा उत्पादन कम भएकाले तराईबाट ल्याउनुपर्दा मूल्यमा केही वृद्धि भएको व्यापारीले बताएका छन् । यस्तै खानेतेलको मूल्य पनि केही बढेको र अन्य उपभोग्यवस्तु भने सुपथ मूल्यम

    • प्रकाशित मितिः असोज १०, २०८२
    • २९९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]