इटहरी । भारतको जोगबनी बजारमा समुदायबीच विवाद बढेपछि स्थानीय बजार बन्द गरिएको छ । इस्लाम धर्मगुरु पैगम्बरबारे टीकाटिप्पणीपछि पक्ष–विपक्षमा विवाद चर्किएर जोगबनी शुक्रबार तनावग्रस्त बनेको हो । दसैँको किनमेलका लागि नेपालबाट ठूलो संख्यामा उपभोक्ता जोगबनी पुग्ने गरे पनि अहिले नेपाली पक्षबाट सीमा नाका बन्द गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालतर्फको सीमा अस्थायीरूपमा बन्द गरिएको जानकारी दिए । सीमामा पुगेका धेरै नेपाली उपभोक्ता फर्किएका छन् । अहिले जोगबनीमा नाराबाजी जारी छ भने ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको छ । चाडपर्वको समयमा
इटहरी । धरान उपमहानगरपालिका–८ मा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बिहीवार दिउँसो करिब २ बजेतिर धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ७५०९ नम्बरको टिपरले कोशी लोकमार्गमा पैदल हिँडिरहेकी करिब ३४–३५ वर्षीया महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। टिपर चालक मोरङ केरावारी गाउँपालिका–६ बस्ने ५२ वर्षीय सोमबहादुर सुन्दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका तीन कैदी धरानबाट पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले फरार कैदीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–४ बस्ने ४२ वर्षीय सन्दीप थापा, धरान–१५ बस्ने ३२ वर्षीय सुनील श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय लक्की गरुङ रहेका छन्। तीनै जना लागूऔषध मुद्दामा सजाय भोगिरहेका कैदी भएको प्रहरीले जनाएको छ। पक्राउ परेका कैदीहरूलाई बिहीवार ६ बजेतिर पुनः झुम्का कारागार पठाइएको छ।
इटहरी। अविरल वर्षासँगै मकालु गाउँपालिका–३ सम्माटार नेताभिर क्षेत्रमा खसेको ठूलो पहिरोका कारण उत्तरदक्षिण कोशी राजमार्ग करिब एक महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ। करिब पाँच सय मिटर सडक बगाउँदा भोटखोला गाउँपालिकासहितका उच्च पहाडी क्षेत्रसँगको सम्पर्कविच्छेद भएको हो । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेका अनुसार सडक नै बाहिरी सम्पर्कको एकमात्र माध्यम भएकाले स्थानीयवासीहरू अहिले समस्यामा परेका छन् । उहाँले भन्नुभयो, “दसैँ नजिकिँदै गर्दा आवतजावत मात्र होइन, आवश्यक सामग्री आपूर्ति र बिरामी लैजानसमेत समस्या भएको छ। उत्तरी क्षेत्रका स्थानीयहरू जीवन जोखिम मोलेर पैदल यात्रा गर्न बाध्य भएको अध्यक
इटहरी । दसैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका चाडपर्व नजिकिएसँगै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सर्वसाधारणको चहलपहल बढेको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्ने तथा सहरबाट जिल्ला भित्रिने सर्वसाधारणको बिहानदेखि राति अबेरसम्म चहलपहल बढेको हो । चाडपर्व नजिकिएसँगै जिल्लामा दैनिक रु ५० देखि रु ६० लाखसम्मको आर्थिक कारोबार हुने गरेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिनुभयो । जिल्लामा कुखुराको अन्डा उत्पादन कम भएकाले तराईबाट ल्याउनुपर्दा मूल्यमा केही वृद्धि भएको व्यापारीले बताएका छन् । यस्तै खानेतेलको मूल्य पनि केही बढेको र अन्य उपभोग्यवस्तु भने सुपथ मूल्यम
इटहरी । ताप्लेजुङमा पछिल्लो एक महिनाको अवधिमा एघार जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार भदौ महिनामा उक्त सङ्ख्यामा नाबालक परिचयपत्र वितरण गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार चालु आवको दुई महिनाभित्र १८ जनालाई नाबालक परिचयपत्र वितरण भएको छ । उक्त सङ्ख्यामध्ये भदौमा ११ जना र गत साउन महिनामा छ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको सहायक प्रजिअ खड्काले जानकारी दिनुभयो । नागरिकता प्राप्त गर्ने उमेर १६ वर्ष नपुगेकालाई आवश्यक परेको खण्डमा नाबालक परिचयपत्र प्रदान गर्ने व्यवस्था रहेको छ । नेपाली नागरिकता सरहको
इटहरी । ताप्लेजुङमा शुक्रबारदेखि हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब दुई महिनापछि शुक्रबारबाट उडान सुरु भएको हो । वर्षायामको समय सुरु भएसँगै गत साउन ५ गतेदेखि उडान हुन सकेको थिएन । सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलिप राजवंशीका अनुसार बारम्बार लागिरहने हुस्सु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा दुई महिनासम्म उडान अवरुद्ध भएको थियो । मौसममा सुधार आएकाले शुक्रबारदेखि उडान सुरु भएको उहाँको भनाइ छ । ताप्लेजुङमा नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज मात्र अवतरण हुने भएकाले अधिकांश उडानहरू प्रभावित हुने गरेका छन् । जहाजमा आउने प्राविधिक समस्या र मौसम परिवर्तनले पटक
इटहरी । ताप्लेजुङमा ज्येष्ठ नागरिक लगायतका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जिल्लाका अधिकांस स्थानीय तहका वडाले लाभग्राहीको घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । स्थानीय तहका पदाधिकारी, वडाध्यक्ष र वडासचिवहरु घरघरै पुगेर अशक्त (अपाङ्ग), एकल महिला र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिँदै आएको हो । लाभग्राहीको सहजताका लागि घरटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । अध्यक्ष वनेमका अनुसार बैङ्कसँगको समन्वयमा लाभग्राहीको घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
सुनसरी | दुहबीमा जेनजी आन्दोलनको क्रममा अराजक समूहको आक्रमणबाट क्षति पुगेको दुहबी नगरपालिकाको कार्यालय पुनः सञ्चालनमा ल्याउन उद्योग क्षेत्रबाट सहयोग प्राप्त भएको छ । मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग परिसंघ कोशी र उद्योग संगठन मोरङले संयुक्त पहलमा नगरपालिकालाई करिब तीन लाख रुपैयाँ बराबरको जिन्सी सामग्री हस्तान्तरण गरिएको हो ।नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनीबाट कामकाज प्रभावित भएको अवस्थामा संघ, संगठन र परिसंघले कार्यालय सञ्चालन सहज बनाउने उद्देश्यसहित २ थान कम्प्युटर, २ थान प्रिन्टर, २ थान अफिस टेबल, २ थान रिभल्भिङ चेयर, ४ थान भिजिटर चेयर, १ थान स्टील दराज र १ थान बुककेस उपलब्ध
सुनसरी | ज्योति विकास बैंक झुम्का शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत इलाका प्रहरी कार्यालय पकलीलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।भदौ २४ गते इटहरीमा जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालयलाई कामकाज सहज बनाउनका लागि बैंकले सहयोग गरेको हो ।बैंकका झुम्का शाखा प्रबन्धक प्रकाश पराजुलीले बिहीबार प्रहरी निरीक्षक लेखनाथ दाहाललाई एक थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा बैंकका शाखा कर्मचारी गोपाल मेहताले समेत सहयोगबारे जानकारी दिनुभयो ।जेनजी आन्दोलनका क्रममा सुनसरीका २८ सरकारी तथा निजी संरचना क्षतिग्रस्त भएका थिए । तीमध्ये इटहरी उपमहानगरपालिका,
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.