समाज

    Showing ३,१३१-३,१४० of ९,३६१ items.
  • दुहबीमा खानेपानी शुल्क वृद्धि विरुद्ध उपभोक्ताको विरोध

    दुहबी | दुहबी खानेपानी समितिले केही महिनाअघि एकपक्षीय रूपमा गरेको ४० प्रतिशत शुल्क वृद्धिविरुद्ध स्थानीयवासी आक्रोशित भएका छन्।पानी जीवनको आधारभूत आवश्यकता भएको र सबैलाई सस्तो तथा सहज रूपमा उपलब्ध हुनुपर्नेमा समितिले महँगो बनाएको भन्दै उपभोक्ताले आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा, चौतर्फी विरोध हुँदाहुँदै पनि समितिले गुनासो बेवास्ता गरेको छ।“जनताको माग सम्बोधन होस्, अन्यथा दुहबीबासी खानेपानीको भ्रष्टाचारविरुद्ध एक भएर अघि बढ्छौं,” स्थानीयवासीले चेतावनी दिएका छन्।उपभोक्ताले खानेपानी समितिका अध्यक्ष जिवन थापामाथि धाँधली गरेको आरोपसमेत लगाएका छन्। उनीहरूले शुल्क वृद्धि खारेज गर्दै सबैलाई सस्तो र

    • प्रकाशित मितिः असोज ७, २०८२
    • ६२१ पटक पढिएको
  • रकम विवादका कारण युवकद्वारा भाउजूलाई एसिड प्रहार, गम्भीर घाइते

    इटहरी । रकम लेनदेनको विषयमा भएको विवादलाई लिएर विराटनगरका एक युवकले भाउजूलाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएका छन्। विराटनगर महानगरपालिका–९ मधुमारास्थित धोबियारी चोकका २५ वर्षीय श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहलाई एसिड प्रहार गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ। घटनापछि पीडक साह फरार रहेको प्रहरीले जानकारी दिएको छ। भाउजूलाई एसिड प्रहार गरेका श्रवणले दाजु सन्तोष साहलाई पनि ज्यान मार्ने धम्की दिएको परिवारका सदस्यले बताएका छन्। सामान्य घरायसी विवादबाट बढेर तेजाब प्रहारजस्तो गम्भीर अवस्था निम्तिएको देखिएको छ। पीडितका  पति सन्तोष साहका अनुसार, भाइ श्रवणले भाउजू रागिनीसँग तीन हजार र

    • प्रकाशित मितिः असोज ७, २०८२
    • ३५७ पटक पढिएको
  • बेलबारी गोल्डकपको आठौं संस्करण आयोजना

    इटहरी । मोरङको बेलबारीस्थित एलएक्स सिटी फुटबल क्लब असोज २६ गतेदेखि कात्तिक १ गतेसम्म बेलबारी गोल्डकपको आठौं संस्करण आयोजना गर्ने भएको छ । आयोजक क्लबले मङ्गलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो । बेलबारी ११ को लक्ष्मी खेलमैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका आठ टोलीको सहभागिता रहनेछ । नेपालका आयोजक एलएक्स सिटी फुटबल क्लबसहित साबिक विजेता झापा–११ फुटबल क्लब झापा, उपविजेता सलहेश युवा क्लब सिराहा, चर्च ब्वाइज युनाइटेड ललितपुर, बि डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेड, रारा फुटबल क्लब राजारानी धनकुटा, भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर र भारतको लिजेण्ड फुटबल एकेडे

    • प्रकाशित मितिः असोज ७, २०८२
    • ४०८ पटक पढिएको
  • हुलाकी राजमार्गले ल्यायो परिवर्तन

    इटहरी । पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–भद्रपुर खण्डको निर्माणसँगै दक्षिणपूर्वी मोरङ र झापाको दक्षिणपश्चिम क्षेत्रको आर्थिक र सामाजिक गतिविधिमा उल्लेख्य परिवर्तन आएको छ । राजमार्ग निर्माणसँगै त्यस क्षेत्रका स्थानीयको आवगमन सहज हुनुका साथै स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको बजारसँगको प्रत्यक्ष पहुँच बढ्दा त्यस क्षेत्रको आर्थिक परिचालनमा ठुलो परिवर्तन आएको मोरङ क्षेत्र नं २ ९१० का प्रदेश सभा सदस्य गणेश उप्रेतीले बताउनुभयो । हुलाकी राजमार्ग निर्माणले प्रदेश राजधानीसमेत रहेको व्यापारिक केन्द्र विराटनगरसँगको प्रत्यक्ष पहुँच जोडिएको छ । पहिले डाइनिया, झुर्किया, आमबारी, सिजुवा,

    • प्रकाशित मितिः असोज ७, २०८२
    • २३३ पटक पढिएको
  • ताप्लेजुङको फुङलिङ नगरपालिका ६ स्थित बाँजोगरामा आगलागी हुँदा पाँच लाख बढीको क्षति

    इटहरी । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ स्थित बाँजोगरामा आगलागीबाट मतान घर जलेर नष्ट हुँदा पाँच लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय मिलन गुरुङको मतान घरमा सोमबार अपराह्न करिब ४ बजे आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको अनुमान गरिएको फुङलिङ नगरपालिका– ६ का वडाध्यक्ष मदन गुरुङ ९तेज० ले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुङको ढुङ्गा माटोले निर्मित जस्ताको पाताले छाएको दुई तले मतान घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीका कारण भने खुल्न सकेको छैन । वडाध्यक्ष गुरुङका अनुसार घरमा कोही नभएको समयमा आगलागी भएको थियो । आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय लगायतको उपस्थिति नियन्त्रण लिइएको हो

    • प्रकाशित मितिः असोज ७, २०८२
    • २०९ पटक पढिएको
  • भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुनसान भएका इलामका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल सुरु

    इटहरी। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुनसान भएका इलामका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल सुरु भएको छ । स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने कन्याम अन्तुसहितका पर्यटकीय स्थल जेनजी आन्दोलनपछि सुनसान बनेका थिए । सुनसान बनेका पर्यटकीय क्षेत्रमा देशको अवस्था सामान्य बन्दै गएपछि फेरि चहल पहल सुरु भएको हो । दैनिक हजारौँ पर्यटक आउने यी क्षेत्रका होटेल, कटेज तथा होमस्टे सुनसान भएका थिए । देशको अवस्था सामान्य बन्दै गएपछि पर्यटकको चहलपहल सुरु भएको अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिनुभयो । विशेष गरी कन्याम र अन्तुमा स्वदेशी तथा भारतीय पर्यटकको घुइँचो लाग्ने गर्छ । भारतको

    • प्रकाशित मितिः असोज ७, २०८२
    • २३२ पटक पढिएको
  • झापाका पालिकामा जलेको भवनमै अति आवश्यक सेवा सुचारु

    इटहरी । जेनजी समूहको आन्दोलनका कारण कार्यालय ध्वस्त भएका र कागजपत्र जलेर खरानी भएका झापाका अधिकांश पालिकाले आइतबारदेखि अति आवश्यकीय सेवा सुचारु गरेका छन् । दमक, बिर्तामोड, अर्जुनधारा, गौरादह, शिवसताक्षीलगायतका पालिकाले सेवा सुरु गरेका हुन् । झापाका आठ नगरपालिका र सात गाउँपालिका गरी १५ वटा पालिका रहेकोमा अधिकांशमा तोडफोड, आगजनी भएको थियो । हल्दीबारी र कमल गाउँपालिकाबाहेक सबै पालिकामा आन्दोलनकारीले आगजनी गरेका थिए । कतिपय पालिकामा वडा कार्यालयसमेत ध्वस्त भएका छन् । सामाजिक सुरक्षा भत्ता नवीकरण तथा निकासा, राजस्व सङ्कलन, नागरिकता सिफारिस, घरजग्गा पास, चारकिल्ला प्रमाणित जस्ता सेवा पालिकाले सुरु ग

    • प्रकाशित मितिः असोज ७, २०८२
    • २२५ पटक पढिएको
  • जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ

    इटहरी ।  जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ परेका छन् । प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ । चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका राईलाई चैनपुर–१० स्थित घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । त्यसैगरी, सुनसरीस्थित क्षेत्रीय कारागार झुम्काबाट फरार भएका जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चैनपुर नगरपालिका–९ का ३१ वर्षीय सुभाष तामाङ र जबर्जस्ती करणी उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चिचिला गाउँपालिका–२ का ५७ वर्षीय गोम्बु शेर्पालाई

    • प्रकाशित मितिः असोज ७, २०८२
    • १६७ पटक पढिएको
  • धनकुटाको साँगुरीगढीका नौ घर पहिरोको जोखिममा

    इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित मोक्तेनमा पहिरोका कारण करिब नौ घर जोखिममा परेका छन् । केही दिनयता लगातार परेको वर्षका कारण तलबाट पहिरोले बस्ती नै तानेपछि साँगुरीगढीका नौ घर जोखिममा परेका हुन् । पहिरोले कारण मोक्तेनका केवलप्रसाद मगर, मोहन मगर, विष्णबहादुर मगर, कुमारी मगर, राजकुमार मगर, भीमबहादुर मगर, प्रेमबहादुर मगर, रणबहादुर मगर र ज्ञान रानाको घर पूर्णरुपमा जोखिममा परेका छन् । यस्तै, घरहरुसँगै एउटा सामुदायिक चर्चसमेत जोेखिममा छ । रवि–राँके सडक निर्माणका कारण तलबाट पहिरोले बस्ती नै तान्दा घरहरु जोखिममा परेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो

    • प्रकाशित मितिः असोज ७, २०८२
    • १३० पटक पढिएको
  • दशैँ विशेष : यातायात मजदुरहरुलाई संगठनको अनुरोध यात्रुहरुसंग तोकिएको भन्दा बढी भाडा नलिनुहोस्

    काठमाण्डौं । दशैंमा घर फर्कने र अन्य कामले सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुको संख्या बढी हुने भएकाले यस्तो बेला सरकारले तोकिएको भन्दा बढी भाडा नलिन र सकेजति यात्रुहरुको सेवालाई सहज बनाउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशभरीका सम्पूर्ण यातायात श्रमिकहरुलाई अनुरोध गरेको छ । आज दशैको पहिलो दिन घटस्थापनादेखि सरकारले देशभरीका रुट पर्मिट (बाटो इजाजतपत्र) असोज २२ गतेसम्म खुल्ला गरेको छ । चाडको बेला यात्रुहरुसंग बढी भाडा लिएको, सेवा राम्रो नदिएको जस्ता गुनासोहरु विगतमा आउने गरेकाले यस्ता गुनासोहरु आउन नदिन तोकिएको भन्दा बढी भाडा कुनैपनि यात्रुसंग नलिन संगठनका अध्यक्ष भीमज्वाला

    • प्रकाशित मितिः असोज ६, २०८२
    • २६६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]