काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा प्रदर्शनकारीले तोडफोड गरेपछि प्रहरीले गोली चलाएको छ । ओलीको निवास प्रदर्शकारीले कब्जा गर्ने प्रयास गरेपछि सुराक्षकर्मीले गोली चलाएका हुन् । सोमबर जेन जीहरुले गरेको प्रदर्शनमा सकारले बल प्रयोग गरी १९ युवाका हत्या गरेपछि आक्रोसित बनेका नागरिकहरुले पार्टी कार्यालय र नेताका निवासहरुलाई लक्षित गर्दै आक्रमण गरीरहेका छन् । सोही क्रममा बालकोटस्थित ओली निवास कब्जा गर्न पुगेको प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । गोली लागेर दुई जना घाइते भएको जनाइएको छ । यसअघि प्रदर्शनकारीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड
इटहरी । काठमाडौंलगायत देशभर जेन–जी पुस्ताद्वारा शान्तिपूर्ण रूपमा आयोजित विरोध प्रदर्शनका क्रममा सरकारले गरेको दमनको माओवादी केन्द्र कोशीले निन्दा र भत्र्सना गरेको छ । आन्दोलनलाई दमन गरेर रोक्न नसकिने इतिहासमा पुष्टि भइसकेको भन्दै माओवादी केन्द्र कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले विज्ञप्ति जारी गर्दै सरकारले विवेक गुमाएको र जनताको भावना बुझ्न असफल भएको टिप्पणी गरेको छ । ‘१७ जना युवाको हत्या भएको र २ सयभन्दा बढी घाइते भएको प्रारम्भिक रिपोर्टप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अमानवीय घटनाले हाम्रो पार्टीलाई स्तब्ध, दुःखी र आक्रोशित बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टा
इटहरी । विराटनगरमा जेनजी पुस्ताले चलाइरहेको आन्दोलन मंगलबार बिहानैदेखि उग्र बनेको छ । प्रदर्शनकारीहरू कोशी प्रदेशसभा भवनभित्र पस्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो । सयौंको संख्यामा रहेका युवाहरू पूर्व र पश्चिम दुवै दिशाबाट प्रदेशसभा सचिवालयतर्फ अघि बढेपछि प्रहरीसँग धक्का–मुक्की सुरु भएको थियो । ब्यारिकेट तोड्न खोजेपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरिएको जनाएको छ । लाठीचार्जसमेत गरिएको छ । कोशी प्रदेशसभा प्रवेश गर्न खोजेपछि दोहोरो झडप भएको छ । आन्दोलनकारीहरूले विराटनगर बजार जबर्जस्ती बन्द गराएका छन् । उनीहरूले सडकमा टायर बा
इटहरी । झापास्थित एमाले पार्टी कार्यालयमा आगजनी भएको छ।आन्दोलनकारीको भिडले कार्यालयमा आगजनी गरेको हो।
इटहरी । जेनजी पुस्ताले मोरङ जिल्लाका विभिन्न स्थानमा भइरहेको आन्दोलन र त्यस क्रममा हिंसात्मक गतिविधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै विराटनगरका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मङ्गलबार बिहान ११ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लागू हुने जनाउनुभएको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जारी आदेशले तोकिएको क्षेत्रमा सभा, जुलुस, भेला, धर्ना लगायतका गतिविधि पूर्णरूपमा निषेध गरिएको हो । कर्फ्यु आदेश तोडफोड वा उल्लंघन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कारबाही हुने पनि प्रशासनले स्पष्ट पारेको छ । निषेधित क्षेत्रहरुमा प्रदेश सभ
सुनसरी । इटहरीमा सोमबार जेनजीको प्रदर्शनका क्रममा मृत्यु भएका दुईमध्ये एक जनाको पहिचान खुलेको छ। इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठको प्रदर्शनका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा चिकित्सककले मृत घोषणा गरेका थिए। मृतक श्रेष्ठको शव प्रतिष्ठानको शव गृहमा राखिएको छ। अर्का एक युवकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
इटहरी । सोमबार जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १९ जना युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विराटनगर महानगरपालिकाले मङ्गलबार एक दिने शोक विदा घोषणा गरेको छ । नगर प्रमुख नागेश कोइरालाले जारी गरेको विज्ञप्तिमा कपी–किताब बोकेर शान्तिपूर्ण ढङ्गले प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि भएको दमनले अमूल्य जीवन गुमाउनु दुःखद भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारलाई प्रभावकारी उपचारको व्यवस्था मिलाउन आग्रह गरिएको छ । महानगरले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति संवेदना व्यक्त गरेको छ । साथै, अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका
इटहरी । सोमबार काठमाडौँसहित देशका विभिन्न स्थानमा जेनजीको प्रदर्शनका क्रममा मृत्यु भएका विद्यार्थीको आत्मा शान्तिको कामना गर्दै शोक बिदा दिएका छन् । स्थानीय पालिकाले विज्ञप्ती जारी गर्दै मृत्यु भएका विद्यार्थीको आत्मा शान्तिको कामना गर्दै संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिएका हुन् । इलामको रोङ गाउँपालिकाले हिजै विज्ञप्ती निकाली विद्यालय बन्द रहने जनाएको थियो । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जेनजी समुहका माग पूरा गर्न सरकार लाग्नु पर्ने जनाउदै शोक बिदा दिएको जानकारी दिनुभयो । यस्तै सूर्योदय नगरपालिकाले पनि आज एक दिन पालिका भित्रका अति आवश्यक बाहेक कार्यालय र विद्यालयमा शोक बिदा दि
काठमाडाैं । गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम राना जिम्मेवारीबाट हटाइएका छन् । त्यहाँ एआईजी दानबहादुर कार्की खटिएका छन् ।सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो भएको र त्यसको जिम्मेवार भन्दै डीआईजी राना हटाइएको गृह मन्त्रालयस्रोतले जनाएको छ ।
इटहरी / २०८२ साल भाद्र २२ गते सोमबार प्रेस विज्ञप्ति जारी गर्दै इटहरी उपमहानगरपालिकाले भाद्र २४ देखि २६ गतेसम्म इटहरीका सम्पूर्ण विद्यालय, शैक्षिक संस्था, इटहरी अस्पताल र अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्थाहरु बन्द रहने जनाएको छ।राष्ट्रव्यापी रूपमा भइरहेको जेनजीको आन्दोलन शान्तिपूर्ण तरिकाले आन्दोलन गरेर आफ्ना माग राख्ने प्रदर्शन गर्ने अधिकार हुँदाहुँदै इटहरीमा हिंसात्मक तरिकाले उपमहानगरपालिका प्रवेश गरी तोडफोड तथा आगजनी गर्ने सार्वजनिक सम्पत्ति नष्ट गर्ने, हिंसात्मक गतिविधि को घोर भत्सना गर्दै अराजक सार्वजनिक सम्पत्तिको तोडफोड, आगगजनी गर्ने गतिविधिमा संलग्नलाई पहिचान गरी कारबाही गर्न मा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.