समाज

    Showing ३,३०१-३,३१० of ११,१८५ items.
  • निर्वाचनका लागि धनकुटमा एक हजार ८ जना कर्मचारी परिचालन गरिने

    इटहरी। फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटमा एक हजार ८ जना कर्मचारी परिचालन गरिने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले निर्वाचनका लागि आवश्यक कर्मचारी परिचालन गर्ने भएको हो ।धनकुटामा १ सय ६६ मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रमा रहेका छन् । जसका लागि आवश्यक पर्ने एक हजार ८ कर्मचारी परिचालन हुने भएका हुन् । एक सय ६६ मतदान केन्द्रमा ६ जनाका दरले र अस्थायी मतदान केन्द्रमा ३ जनाका दरले कर्मचारी परिचालन हुने भएका छन् । मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगि परिचालन हुने जिल्ला निर्वाचन कार्यालय

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २८० पटक पढिएको
  • धरानबाट नौ सय पचपन्न केजी गाँजासहित दुई जना पक्राउ

    इटहरी  । धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम ९केजी० गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ ।इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुईवटा पिकअप गाडीमा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार बारा कोल्बी नगरपालिका–८ बस्ने सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश–०१–०२७च ११४३ नंको पिकअप गाडीबाट ४९५ केजी र चन्द्रागिरी नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नंको गाडीबाट ४६० केजी बरा

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • १०३ पटक पढिएको
  • झापाका विभिन्न स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली तैनाथ

    इटहरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापाका विभिन्न स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली तैनाथ भएका छन् ।सम्भावित आपराधिक गतिविधि र विस्फोटक जोखिम न्यूनीकरणका लागि पूर्वतयारी स्वरूप यो व्यवस्था गरिएको हो । हालसम्म जिल्लाका छ स्थानमा बम डिस्पोजल टोली तैनाथ भइसकेको जिल्ला सुरक्षा समितिका संयोजक एवं झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । यसका साथै निर्वाचन नजिकिँदै जाँदा थप स्थानमा यस प्रकारको टोली परिचालन गरिने विषयमा छलफल भइरहेको छ।जिल्लामा संवेदनशील मानिएको चन्द्रगढी विमानस्थल र झापा कारागारमा सेनाले सुरक्षा दिन थालिसकेको छ । विमानस

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २५७ पटक पढिएको
  • फुजिसन सगरमाथा बोर्डिङ स्कुलमा ‘फुजिसन खेलकुद प्रतियोगिता’ सुरू

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा रहेको फुजिसन सगरमाथा बोर्डिङ स्कुलको आयोजनामा ‘फुजिसन खेलकुद प्रतियोगिता’ मंगलबारदेखि सुरू भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव विष्टको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालयका खेलाडीहरूबीच फुटबल, भलिबल, दौड ९रन०, तेक्वान्दो, टेबल टेनिस, डोरी तान, एथलेटिक्स, बास्केटबल, कबड्डी लगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुने  छ।यसैगरी प्रतियोगितामा अभिभावकहरूबीच पनि भलिबल, फुटबल र डोरी तान जस्ता खेलहरू

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २५७ पटक पढिएको
  • समिट सरस्वती क्याम्प भव्यतापूर्वक सम्पन्न

    इटहरी ।२०८२ फागुन १ गतेदेखि ३ गतेसम्म सञ्चालन गरिएको ‘समिट सरस्वती क्याम्प’ भव्यतापूर्वक सम्पन्न भएको छ । बालबालिकाहरूको नेतृत्व विकास तथा व्यावहारिक दक्षता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त क्याम्प तीन दिन दुई रात सञ्चालन गरिएको थियो। उद्घाटन समारोह नेपाल स्काउट अन्तर्गत सरस्वती दलका इकाइ प्रमुख लेखनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल स्काउट बराहक्षेत्र नगरपालिकाका स्थानीय प्रमुख आयुक्त चेतनाथ भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यसैगरी विश्व आदर्श एकेडेमीका प्राचार्य गणेश कुमार दुलाल, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक मेदन कुमार घि

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • ६३४ पटक पढिएको
  • म्हां ङी त्ही (माङी पर्व)’ भव्य रूपमा सम्पन्न

    इटहरी । तमुश्यो हयुल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा तमु (गुरुङ) समुदायको महान पर्व माङी पर्व सम्पन्न भएको छ । कार्यक्रम परिषदकी जिल्ला अध्यक्ष हेमा तमु गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख सगीता कुमारी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। विशिष्ट अतिथिका रूपमा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङ, केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी केन्द्रीय सदस्यहरू दिब्य राज गुरुङ, धिरज गुरुङ, बलिमान गुरुङ, कोशी प्रदेश अध्यक्ष होम घले, आदिव

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • १७४ पटक पढिएको
  • जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा ३६ बेवारिसे सवारी लिलाम, १ लाख ८० हजार राजश्व संकलन

    इटहरी । जिल्ला प्रहरी कार्यालय धनकुटाले चोरी, बेवारिसे तथा स्वामित्व नखुलेका तीन  दर्जन सवारीका साधन लिलाम बिक्री गरेको छ ।प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी सार्वजनिक लिलामीमार्फत बिक्री गरिएको हो ।जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार चालु आर्थिक वर्षमा चोरी, बेवारिसे तथा स्वामित्व नखुलेका सवारीका साधन लिलाम बिक्री गरिएको हो ।  उहाँले ३५ वटा मोटरसाइकल र एक वटा स्कुटर गरी जम्मा ३६ वटा लिलाम बिक्री गरेको जानकारी दिनुभयो ।उक्त लिलाम बिक्रीबाट एक लाख ८० हजार छ सय रुपियाँ राजश्व सङ्कलन भएको उहाँले बताउँनुभयो । लामो समयसम्म दाबी गर्न

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २६४ पटक पढिएको
  • कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ देखि शुरु हुने

    काठमाण्डौ । कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।बैशाख १४ गते सोमबारदेखि शुरु हुने परीक्षा २७ गते आइतबारसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । त्यसअघि एसईईको परीक्षा आउँदो चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ ।

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • ३०५ पटक पढिएको
  • दिक्तेल–रेग्मीटार सडकखण्डको घर्तीभिरमा चट्टान फुटाउन थालियो

    इटहरी ।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने छोटो दूरीको सडकमार्ग दिक्तेल–रेग्मीटार सडकखण्डस्थित घर्तीभिरको चट्टान फुटाउन थालिएको छ । कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिमानामा पर्ने घर्तीभिरको चट्टान फुटाउन थालिएको हो ।दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक निर्माणका लागि कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२र८३ का लागि रु दुई करोड बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा ठेक्का प्रक्रियाबाट निर्माण कम्पनीले रु एक करोड सात लाख ७७

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • २८१ पटक पढिएको
  • झापा निर्वाचन क्षेत्र नं. ५मा घरदैलो तीव्र : केपी शर्मा ओली र बालेन्द्र शाह दमकमा मतदाता भेट्दै, सुनसरी निर्वाचन क्षेत्र नं. २मा पनि उम्मेदवारको प्रचार अभियान सुरु

    इटहरी । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापाको क्षेत्र नं। ५ का उम्मेदवार मतदाताका घरदैलोमा पुगेर प्रत्यक्ष गुनासो सुन्ने र आफ्ना योजना सुनाउनमा व्यस्त छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले दमकका विभिन्न स्थानमा पुगेर मतदाताको गुनासो सुन्ने र आफ्ना योजना राख्नमा व्यस्त हुनुभएको हो । सोमबार पूर्वप्रधानमन्त्री ओली दमकका मुख्य बजार तथा भित्री चोकमा पुगेर मतदाताका गुनासा सुन्दै आफ्ना भावी योजना बताउँदै हिँड्नुभएको उहाँको निर्वाचन परिचालन समिति अन्तर्गतको प्रचारप्रसार समितिका संयोजक

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • ३०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]