इटहरी। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेसको आसत्र महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिनुभयो । तत्काल सरकारका मन्त्रीहरू हेरफेर नहुने सभापति देउवाले स्पष्ट पार्नुभयो । उहाँले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गर्नुभयो ।
इटहरी । तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीले विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा ५० जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया सम्पन्न गरेको छ । शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा करिब ३५० जनाको आँखा परीक्षण गरिएको उपचार केन्द्रका प्रमुख क्षितिज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार, दृष्टिमा समस्या देखिएका बिरामीलाई तत्काल उपचार दिइएको र आवश्यक परेका बिरामीलाई निःशुल्क चश्मा पनि वितरण गरिएको हो । बरालका अनुसार उपचार केन्द्रले गाउँघरमै सहज आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता शिविरलाई नियमित रूपमा सञ्चालन गर्दै आएको छ । यसपटक विराटनगर आँखा अस्पतालक
इटहरी । भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने भोजपुर–दिङ्ला ३३ दशमलव ५ किलोमिटर सडक कालोपत्र थालिएको छ । कोशी प्रदेश सरकारको रु एक अर्ब २२ करोड ३२ लाख लागतमा दुई खण्डमा कालोपत्रको काम थालिएको हो । पहिलो खण्ड भोजपुर दिङला तीनतले १७ दशमलव ५ किलोमिटर सडक रु ५८ करोड ४० लाख १५ हजार ५६१ रुपैया लागतमा काम भइरहेको छ । विसं २०८० मङ्सिरमा महिनाबाट सम्झौता भएर काम सुरु गरिएको यो सडक २०८२ मङ्सिर महिनामा सम्पन्न गर्नु पर्ने सम्झौता रहेको छ । यो सडकको भौतिक प्रगति ४५ प्रतिशत हारहारीमा रहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । दोश्रो खण्ड भोजपुर–दिङ्ला–तीनतले–दिङ्ला १६ किलोमिटर सडक
इटहरी । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित प्रिमियर वायर्सले भारतीय ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बिआइएस) बाट गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा उत्पादन हुने विद्युतीय तार निर्यात गर्ने पहिलो उद्योगले बिआइएस पाएको हो । मोरङको बुढीगङ्गा गाउँपालिकामा शारडा समूहद्वारा सञ्चालित यस उद्योगले उत्पादन गर्दै आएको प्रिमियर वायर्स भारतमा बिक्रीका लागि सहज बाटो खुलेको सञ्चालकले बताएका छन् । उद्योगका सञ्चालक उद्योगी पवन शारडाका अनुसार भारतमा कुनै पनि वस्तु निर्यात गर्दा बिआइएस अन्तर्गत आइएस (इन्डियन स्ट्यान्डर्स) अनिवार्य छ । त्यही सहज निर्यातका लागि त्यहाँको कानुनी बाटो अपनाएको उहाँले बता
इटहरी । मोरङको केराबारी–३, फूलबारी टोलकी सरस्वती विश्वकर्माले दुध सङ्कलन र बिक्री गर्न थाल्नुभएको पाँच वर्ष भयो । २३ वर्षको उमेरमा दुध सङ्कलन तथा बिक्री सुरु गर्नुभएकी सरस्वतीलाई जातीय छुवाछुतबाट माथि उठ्न कठिन सङ्घर्ष गर्नु प¥यो । साना छोरा साथसाथै लिएर काम गर्नुपर्ने बाध्यता, समाजको जातीय विभेदका कारण दुध व्यापारमा समस्या, आर्थिक कठिनाइ र हतोत्साहित गर्नेको आवाजसँग सधैँ जुधिरहनु प¥यो । यी सबै समस्यालाई चिर्दै उहाँ अहिले समाजमा स्थापित दुग्ध व्यवसायी बन्नुभएको छ । गणतन्त्र आए पनि समाजमा जातीय चेतना नआएको पीडा सरस्वतीले लामो समय भोग्नु प¥यो । व्यवसायमा तीन÷चार लाख रुपियाँ लगानी फस
इटहरी | भारतको नर्थ बेङ्गलोरमा सम्पन्न उसु कुङफु च्याम्पियनसिप–२०२५ मा इटहरी उसु क्वानका खेलाडीहरूले ऐतिहासिक सफलता हासिल गरेका छन्। प्रतियोगितामा इटहरीका पाँच खेलाडीले स्वर्ण पदक र दुई खेलाडीले कांस्य पदक जित्दै नेपालको प्रतिनिधित्वलाई गौरवान्वित बनाएका छन्।सेप्टेम्बर २ देखि ४ तारिखसम्म चलेको उक्त प्रतियोगितामा कोच दीपक कार्कीको नेतृत्वमा सहभागी टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो। बिहीबार स्वदेश फर्किएका विजयी टोलीलाई कोशी प्रदेश उसु महासङ्घका प्रदेश सदस्य लोकेन्द्र कोइरालासहित पदाधिकारीहरूले स्वागत तथा बधाई दिएका छन्।स्वर्ण पदक विजेता खेलाडीहरूमा अनीश राई, अबिन राई, अम्बिका कार्की, सलीना भु
इटहरी | राष्ट्रिय बाल दिवसको अवसरमा प्रभात सामुदायिक युवा क्लबले अन्तरविद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता आयोजना गरेको छ। कार्यक्रममा सरकारी तथा निजी गरी १४ वटा विद्यालयको सहभागिता रहेको थियो।प्रतियोगितामा बालजरण विद्यामन्दिर प्रथम, जनता मा.वि. द्वितीय र सुनाखरी मा.वि. तृतीय स्थान हासिल गरेका छन्। विजयी विद्यालयलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद राशिबाट सम्मान गरिएको आयोजकले जनाएको छ।कार्यक्रममा प्रमुख अतिथि रूपमा वडा नं. ८ का वडाध्यक्ष तथा क्लबका निवर्तमान अध्यक्ष नविनजंग कार्की उपस्थित रहनुभएको थियो भने विशिष्ट अतिथि रूपमा महिला तथा बालबालिका शाखा अधिकृत गीता कटेलको उपस्थिति रहेको थियो। त
इटहरी । नुरी जामा मस्जिद, इटहरीले आयोजना गरेको पैगम्बर हजरत मुहम्मद (स.) को १५०० औं जन्मजयन्तीको र्याली कार्यक्रममा नेपाल तरुण दल इटहरीका पदाधिकारीहरूले मुस्लिम समुदायसँग हर्षोल्लासपूर्वक सहभागिता जनाएका छन्।कार्यक्रमका क्रममा नेपाल तरुण दलका पदाधिकारीहरूले सहभागीहरूलाई पानी र जुस वितरण गर्दै एकताको सन्देश पनि दिएका थिए।सो अवसरमा नेपाल तरुण दल इटहरीका उपाध्यक्ष मनिश चौधरीले यो सहभागिताले सम्प्रेषणमा धार्मिक सद्भाव र सहअस्तित्वको सन्देश जाने बताएका छन्। त्यस्तै, अध्यक्ष अनिश सुवेदीले सबै धर्म, संस्कृति र समुदायबीच आपसी मेलमिलाप र सद्भावना प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने बता
इटहरी | अन्तर्राष्ट्रिय अटो ब्रान्ड Changan ले नयाँ मोडल ‘Deepal S05’ (डिपाल एस जिरो फाइब) कार नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधियुक्त तथा आकर्षक डिजाइनमा निर्मित उक्त इलेक्ट्रिक कार अब इटहरीस्थित Deepal को शो–रूममा बिक्रीका लागि उपलब्ध भएको छ।Deepal S05 कम्पनीको नयाँ उत्पादनमध्ये एक हो, जसमा उन्नत डिजाइन, उच्च प्रविधि, बलियो प्रदर्शन, दीर्घ दूरीको यात्रा क्षमता र भरपर्दो सुरक्षा प्रणाली जस्ता विशेषता समावेश गरिएको छ। यो ब्रान्ड अन्तर्गत नेपालमा उपलब्ध हुने पहिलो इलेक्ट्रिक कारमध्ये एक हो।इटहरी ब्रान्चका सञ्चालक राधा ढकालका अनुसार, यो कार नेपाली ग्राहकका लागि आकर्षक विकल्पका र
इटहरी । नेपालमा हुने विभिन्न मानव तस्करी तथा बेचबिखन विरुद्धमा सबै एकजुट भएर लाग्नुपर्ने धनकुटाका स्थानिय सरकोकारवाला हरुले बताएका छन् । शुक्रबार मानव बेचबिखन विरुद्धको १९औं राष्ट्रिय दिवसको अवसरमा गरिएको एक कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन्। नेपालमा विभिन्न प्रलोभन देखाएर जागिर तथा अन्य देशमा काम दिलाउन लैजान्छु भनेर मानव बेचबिखन गर्ने गरेको पाइएको छ । जागिर लगाईदिन्छु भनेर पशु झै बेचबिखन गरेकाले त्यस्तालाई जन्मकैद सजाय हुनुपर्ने सहभागिहरुको माग रहेको छ । धेरै जसो महिलाहरु आर्थिक रुपले कमजोरी भएका कारण पैसको प्रलोभनमा पर्ने भएकाले मानव तस्करीको जालोमा फसेको पाईएको धनकुटा नगरपालिका उप–प्र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.