समाज

    Showing ३,४११-३,४२० of ९,३७० items.
  • संखुवासभामा पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

    इटहरी। लगातारको वर्षाले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर दक्षिण सडक अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिरोले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–३ सम्माटारनेता भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका सूचना अधिकारी इञ्जिनियर नरेश जिरेलले बताए। भोट खोला र मकालबीचमा पहिरोले सडक बगाएपछि यातयात सेवा अवरुद्ध भएको हो । उत्तर दक्षिण कोशी राजमार्गको मकालु–३ स्थित सम्माटार नेताभिरमा गएराति वर्षासँग आएको बाढीले करिब पाँच सय मिटरको सडक बगाएको सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए । पहिरो हटाउन सडक कार्यालयका दुई वटा एक्

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • १६० पटक पढिएको
  • विद्यालय व्यवस्थापन समितिमा ईश्वर विक्रम शाह अध्यक्ष भएपछि विद्यालयले मुहार फेर्दै

    सुनसरी / सुनसरीको इटहरीस्थित श्री ज्योति माध्यमिक विद्यालयले पछिल्लो समय सामुदायिक विद्यालय पनि निजी विद्यालय सरह गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने उदाहरण प्रस्तुत गरेको छ। विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ईश्वर विक्रम शाहको नेतृत्व आएसँगै विद्यालयले शिक्षादेखि पूर्वाधारसम्मको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आफ्नो पहिचान नवीकरण गर्न सफल भएको हो।विद्यालयले कक्षा १२ मा सिभिल इन्जिनियरिङ संकाय सुरु गरेर फिजिक्स, क्यामेस्ट्री र गणितजस्ता कठिन विषयमा उत्कृष्ट नतिजा हासिल गरेको छ भने  साइन्स संकायका विद्यार्थीहरूले शतप्रतिशत नतिजा ल्याएका छन्। यसले सामुदायिक विद्यालय पनि गुणस्तरीय शिक्षा

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • १,७३५ पटक पढिएको
  • ताप्लेजुङमा आर्थिक वर्ष २०८१र८२ को समीक्षा तथा असल अभ्यास आदान प्रदान कार्यक्रम सुरु

    इटहरी । ताप्लेजुङमा वार्षिक समीक्षा तथा असल अभ्यास आदान प्रदान कार्यक्रम सुरु भएको छ । जिल्ला स्थित सङ्घ प्रदेश सरकारको विषयमा कार्यालय र स्थानीय तहहरूको आर्थिक वर्ष २०८१र८२ को समीक्षा कार्यक्रम सुरु भएको हो । जिल्ला समन्वय समितिको आयोजनामा समितिकै सभाहलमा आइतबारबाट सुरु भएको कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तह साथै सरकारी कार्यालय र गैरसरकारी कार्यालयहरूले समीक्षा प्रस्तुत गर्ने छन् । आइतबार कार्यक्रमको उद्घाटन पछि सबैभन्दा पहिले जिल्ला अस्पताल कार्यालयले प्रतिवेदन प्रस्तुत गरेको थियो । प्रतिवेदन प्रस्तुतिको सिलसिलामा जिल्लाका अस्पतालका प्रमुख मेडिकल सुपरिटेनडेन्ट डा। प्रनाम जयरुले अस्पताल

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • २४८ पटक पढिएको
  • पानीको सतह बढेपछि कोशी ब्यारेजको ३१ ढोका खोलियो

    इटहरी । सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो । प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका छन् । कोशी ब्यारेमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । पहाडी भेगमा भइरहेको

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • २४८ पटक पढिएको
  • विदेशमा श्रीमान गुमाएकी विद्याको तीन दिनमै मृत्यु

    इटहरी । वैदेशिक रोजगारीमा कुवेत पुग्नुभएका धनकुटाको महालक्ष्मी नगरपालिका–१, कटहरे, सिप्रिङका डम्बरबहादुर मगरको गत ४ गते मृत्यु भयोे। केही दिनअघि कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी पर्नुभएका मगरको उपचारको क्रममा मृत्यु भएको थियो । पारिवारिक स्रोतका अनुसार श्रीमानको मृत्युको खबर सुनेर विक्षिप्त भई बेहोस हुनुभएकी उहाँकी श्रीमती विद्या मगरको तीन दिनपछि ७ गते मृत्यु भयो । विद्यालाई उपचारका लागि जितपुर नगर अस्पताल पु¥याउँदा पहिले नै मृत्यु भइसकेको घोषणा चिकित्सकले गरिदिएको विद्याका दाजु गणेश मगरले जानकारी दिनुभयो । डम्बर दुई वर्षअघि २०८० असारमा वैदेशिक रोजगारीमा कुवेत पुग्नुभएको थियो । श्रीमती विद

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • २१६ पटक पढिएको
  • काबेली खोलाको बाढीले पावर हाउसका स्काभेटर र टिप्पर बगायो

    इटहरी । ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–१ सिनामस्थित सिनाम पावर हाउसको स्काभेटर र टिप्पर काबेली खोलाले बगाएको छ । गएराति परेको अविरल वर्षासँगै खोलामा आएको बाढीले पावर हाउसको स्काभेटर र टिप्पर बगाएको हो । खोलाले दुई वटा स्काभेटर र दुई वटा टिप्पर बगाएका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार २ वटा स्काभेटर भने पावर हाउसदेखि करिब २० मिटर तल डुबेको अवस्थामा फेला परेको छ । यस्तै, टिप्पर भने फेला नपरेका कारण खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । स्काभेटर र टिप्परको नम्बर खुल्न नसकेको पनि उहाँको भनाइ छ । घटनामा मानवीय क्षति नभएको प्रहर

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • २८५ पटक पढिएको
  • वडा अध्यक्ष श्रेष्ठ तरहरा उत्सवको औंपचारिक कार्यक्रमका अध्यक्षता गर्ने

    तरहरा । राष्ट्रियस्तरको सम्मान कार्यक्रम, बहुसांस्कृतिक सडक उत्सव, सांस्कृतिक परेड र सांगीतिक कार्यक्रमसहित एक लाख रुपैयाँको नगद उपहारसमेत प्रदान गरिने ुतरहरा उत्सव २०२५ु को औपचारिक कार्यक्रमको अध्यक्षको रूपमा इटहरी उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष मणिराम श्रेष्ठले अध्यक्षता ग्रहण गर्नुहुनेभएको छ।प्रत्येक वर्ष फरकफरक समाज, क्षेत्र, विधा एवम् पेशाका नेतृत्वलाई सम्मानार्थ अध्यक्षता गराउने नयाँ शुरुवात गर्दै आयोजकले यसपटक दुई पटक वडा अध्यक्षमा निर्वाचित, लोकप्रिय काङ्ग्रेस नेता, स्पष्ट वक्ता र सरल स्वभावका धनी श्रेष्ठलाई छनोट गरेको हो। उहाँको सहज स्वीकारोक्तिप्रति आयोजक टिमले हार्दिक कृतज्ञ

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ५३३ पटक पढिएको
  • पथरी सनिश्चरेमा बाल दिवसको अवसरमा हाजिर-जवाफ प्रतियोगिता आयोजना

    सुनसरी | पथरी सनिश्चरे–८, सखुवारा सोमबारे – पथरी सनिश्चरे नगरपालिका वडा नं. ८ स्थित प्रभात सामुदायिक युवा क्लबले राष्ट्रिय बाल दिवसको अवसर पारेर आयोजना गर्न लागेको हाजिर-जवाफ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।क्लबका सचिव विक्रम बस्नेतका अनुसार, प्रतियोगिता भाद्र २० गते शुक्रबार श्री बुद्ध माध्यमिक विद्यालयमा आयोजना गरिनेछ। यस प्रतियोगितामा नगरपालिका भित्र रहेका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन्।आज क्लबका सदस्यहरूले विभिन्न विद्यालयमा गई खेलमा सहभागी हुन विद्यार्थीहरूलाई निमन्त्रण दिएका छन्। सचिव बस्नेतले कार्यक्रममार्फत बालबालिकामा ज्ञान, सृजनशीलता र प्रतिस्पर्धा

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • ४३५ पटक पढिएको
  • दुहवीमा ३ करोडको बजेटमा दुई सडक योजनाको स्थलगत निरीक्षण

    इटहरी । संघीय सरकारले विनियोजन गरेको ३–३ करोड रुपैयाँ बराबरको बजेटमा दुहवी नगरपालिकाका दुईवटा सडक योजनाको स्थलगत निरीक्षण गरिएको छ । प्रतिनिधिसभा सदस्य भगवती चौधरीको विशेष पहलमा सुरु हुन लागेको सडक योजनाको प्रगति तथा कार्यान्वयन तयारीबारे सडक विभागका इन्जिनियर, स्थानीय सरोकारवाला र जनप्रतिनिधिहरूले स्थल अवलोकन गरेका हुन्। दुहवी–६ मा बुढीखोला छठ घाट नजिकैको नर्सरी देखि काली मन्दिर हुँदै दक्षिण हाइवे जोड्ने सडक निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ । यस बाटो बनेपछि स्थानीयवासीलाई आवागमन सहज हुनुका साथै धार्मिक तथा पर्यटकीय गन्तव्य छठ घाट र काली मन्दिर सम्म पुग्न थप सहज हुने अपेक्षा गरिएक

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • ३०६ पटक पढिएको
  • इन्द्रपुर जुनियर जेसीजद्वारा आयोजित ‘सुन्दरहरैँचा यात्रा ः विचार र विमर्श हुँदै यथार्थसम्म’ कार्यक्रम सम्पन्न

    इटहरी । इन्द्रपुर जुनियर जेसीजको आयोजनामा भएको अवको सुन्दरहरैँचा यात्रा विचार र विमर्श हुँदै यथार्थसम्म कार्यक्रम सम्पन्न भएको छ । नेपालीरिका होटलमा भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका सफल व्यक्तिहरूले सुन्दरहरैँचा नगरलाई अझ राम्रो र व्यवस्थित बनाउन सकिने उपायहरूबारे आफ्ना विचार राखेका थिए । कार्यक्रममा नगरपालिकाको हालको अवस्था र आगामी योजनाबारे नगरप्रमुख केदारप्रसाद गुरागाईंले प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथिको रूपमा उपस्थित महालेखा परीक्षक तोयम रायले यस्ता छलफलहरू नगर विकासका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रेमप्रसाद लुइँटेल,

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • २५३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]