इटहरी | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरी क्षेत्र नम्बर ३ मा संगठन सुदृढीकरणलाई तीव्रता दिँदै सचिवालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नबिन थापालाई सचिवालय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ।
रास्वपाका सुनसरी क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार तथा नेता अशोक कुमार चौधरीद्वारा जारी गरिएको पत्रमार्फत थापालाई उक्त जिम्मेवारी दिइएको हो। पत्रमा पार्टीलाई बलियो, सुदृढ र व्यवस्थित बनाउँदै लैजान थापाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।
पत्रअनुसार पार्टी निर्माण तथा संगठन विस्तारका लागि सचिवालयको कामकाज जिम्मेवारीपूर्वक सञ्चालन गर्न आवश्यक ठानी थापालाई मनोनयन गरिएको उल्लेख गरिएको छ। साथै, सचिवालयका काम तथा कर्तव्य इमान्दारिताका साथ निर्वाह गर्नुपर्ने जिम्मेवारी पनि दिइएको छ।
रास्वपाले थापाले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै संगठनलाई अझ मजबुत बनाउने कार्यमा योगदान दिने अपेक्षा गरेको छ।
रास्वपाका सुनसरी क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार तथा नेता अशोक कुमार चौधरी र नबिन थापा सहित रास्वपाका नेताहरू अहिले जनता सँग भेटघाट गर्न घरदैलो कार्यक्रममा लागिरहेका छन् ।


