इटहरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गर्नुभएको छ ।

मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो आग्रह गर्नुभएको हो । थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन समेत आग्रह गर्नुभयो ।

उहाँले अहिले निर्वाचन आचार संहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको बताउँदै बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधार सहित काम गर्नु पर्ने पनि बताउनुभयो ।

उहाँ सोमवार विराटनगर आउनुभएको थियो । मंगलवार बिहान इटहरी, झुम्का, इनरुवा हुँदै उहाँ सर्लाहीतर्फ प्रस्थान गर्नुभएको छ ।