इटहरी । आमरण अनशनमा बस्नुभएका प्रमुख तीर्थराज भट्टराई अस्पताल भर्ना हुनुभएको छ । चिकित्सकको सल्लाह अनुसार वीर अस्पताल भर्ना हुनुभएको प्रमुख भट्टराईको सचिवालयले जनाएको छ । तीन दिनसम्म भोकहड्तालमा बस्नुभएका प्रमुख भट्टराई माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन बस्नुभएको हो । साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा प्रमुख भट्टराईले आमरण अनशन सुरु गर्नुभएको हो । हालसम्म प्रमुख भट्टराईको माग सम्बोधन नभएकाले उहाँले अनशनलाई निरन्तता दिइरहनुभएको छ । स्वास्थ्यमा समस्या आएकाले चिकित्सकको सल्लाह अनुसार प्रमुख भट्टराई अस्पताल भर्ना हुनुभएको हो । उहाँले अस्पतालमै अनशनलाई निरन्तरता दिइरहनुभएको छ
इटहरी । भोजपुरको अरुण गाउँपालिका वडा नं. ७ सिक्रेटारमा सामाजिक सुरक्षा भत्ता वितरण तथा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा करिब ७३ जना लाभग्राहीहरूले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् भने २१ जना नागरिकहरूले राष्ट्रिय परिचयपत्र विवरण संकलन सेवा लिएको वडा अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो । कार्यक्रममा गाउँ कार्यपालिका सदस्य ललितकुमार राई, वडा सदस्यहरू प्रशासन शाखा प्रमुख श्यामकुमार राई, वडा सचिव अशोक अधिकारी, पञ्जीकरण शाखा प्रमुख चिन्तामणि पोखरेल, प्रभु बैंक प्याउली शाखा प्रमुख डिकपाल राई तथा जिल्ला प्रशासन कार्यालयका राष्ट्रिय परिचयपत
इटहरी | तीव्र गर्मीको कारण जनजीवन प्रभावित भइरहेको बेला हेल्पिङ हेन्डस् क्लब इटहरी वडा नम्बर ५ ले सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क चिसो पानी वितरण कार्यक्रम सञ्चालन गरेको छ। बढ्दो तापक्रमका कारण दैनिक यात्रामा असुविधा भोगिरहेका नागरिकलाई तत्काल राहत प्रदान गर्ने उद्देश्यले क्लबले इटहरीका विभिन्न स्थानमा यो अभियान सुरु गरेको हो।क्लबका अध्यक्ष राजेश राईका अनुसार, बाटोमा हिँड्ने बटुवाहरूलाई राहत मिलोस् भन्ने भावनाले अभियान सञ्चालन गरिएको हो। उहाँले आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै स्थानीय स्तरमा मानवतावादी कामलाई अझ विस्तार गर्ने योजना रहेको बताउनुभयो।सेवाग्राही चन्द्र बहाद
इटहरी । बराहक्षेत्र नगरपालिका ५ मा रहेको श्री जगन्नाथ डेडराज जनता माध्यमिक विधालायको माईनुट च्यात्तिएको विषय पेचिलो बन्दै गएको छ । गत असार २५ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्तक पराजुलिले दस्तखत गर्दा च्यातिए पछि, पराजुली र प्रधानाध्यापक योगराज पौडेलबीच विवाद भएको थियो । विवाद थप चुलिदै गएको छ । विवादबारे प्रधानाध्यापक योगराज पौडेलले पत्रकार सम्मेलन गर्दै अध्यक्ष पराजुलीले माईनुट च्यात्तिएको प्रत्यक्षदर्शी तथा प्रहरीसामु वयान दिएता पनि अहिले राजनीतिक दलको आडमा गल्तिलाई ढाकछोप गर्न समाजिक संजालमा वयान परिवर्तन गरेको आरोप लगाउनुभएको छ । प्रधानाध्यापक पौडेल आफूमाथी अध्यक्षले भस्टाचार ग
मौसम कोइराला इटहरी । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा मोरङको सुन्दरहरैंचा नगरपालिका–३, घेरावनीस्थित ऐतिहासिक एवं धार्मिक महत्वको शेष नारायण दिव्यधाम आचार्य सेवा गुरुकुलमा अध्ययनरत बटुकहरूलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ।कार्यक्रममा बोल्दै इटहरीस्थित एक्सपर्ट एजुकेशनका प्रबन्ध निर्देशक कमल तिम्सिनाले यस गुरुकुलमा अध्ययनरत बटुकहरूलाई सहयोग पुर्याउने उद्देश्यले यो अभियान अघि सारिएको बताउनु भयो । उहाले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष समाजका वञ्चित वर्गलाई सहयोग गर्दै आएको र यसपालि गुरुकुलका विद्यार्थीलाई सहयोग प्रदान
इटहरी | इटहरी चोकमा अवस्थित स्किल क्याम्पसले कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई लक्षित गर्दै अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रम स्किल क्याम्पसका प्रिन्सिपल प्रज्वल पराजुलीको अध्यक्षता र इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेश कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।यस अघि भएको अभिमुखिकरण कार्यक्रम अन्तर्गत ध्यान–योग, सांस्कृतिक प्रस्तुति, शिक्षण–सिकाइ, व्यावहारिक ज्ञान, खेलकुद तथा आत्म–पहिचान जस्ता विषयमा विद्यार्थीलाई जानकारी दिइएको थियो।स्किल क्याम्पसका प्रिन्सिपल पराजुलीले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै व्यावसायिक सीपमा समेत दक्ष बनाउन क्याम्पसले होटल म्यानेजमेन्ट
इटहरी । नेवार समुदायको सांस्कृतिक पहिचान बोकेको लाखेनाच पूर्वी नेपालका विभिन्न नेवार बस्तीहरूमा नागपञ्चमीदेखि सुरु भएको छ। सांस्कृतिक संरक्षणको उद्देश्यले यस वर्ष विशेष व्यवस्थापनसहित यो लाखे नाच परम्परा अघि बढाइएको हो । पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारी लगायत चैनपुर, सिभुवा, तुम्लिङटारजस्ता मुख्य नेवार वस्तीहरूमा भीमसेन मन्दिरमा पूजा–अनुष्ठान गरी विधिवतरुपमा लाखे निकालिएको छ। नेवा देय दबु संखुवासभाको संयोजनमा सुरु भएको लाखेनाच कृष्णजन्माष्टमीसम्म निरन्तर चल्नेछ । नेवा देय दबु संखुवासभाका अध्यक्ष सीता शाक्यका अनुसार, लाखे नाचलाई मर्यादित र अनुशासित राख्न मादक पदार्थ सेवन, अनधिक
इटहरी । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ । प्रदेश वन निर्देशनालय धरानका प्रमुख डा। इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२(६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट ९७ जनाको मृत्यु भएको हो । सोही अवधिमा ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका उनले जानकारी दिए । उनले प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा ज्यान गुमाउनेमा सबैभन्दा बढी झापामा रहेका बताए । छिमेकी मुलुक भारतबाट आउने हात्तीको प्रवेश विन्दु झापा भएकाले पनि बढी जनधनको क्षति हुने गरेको उनले बताए । उनका अनुसार झापामा ७२, मोरङमा १७, सुनसरीमा सा
इटहरी । तीन दिनसम्म भोक हड्तालमा बस्नुभएका नगरप्रमुख तीर्थराज भट्टराईले माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन सुरु गरेको बताउनुभएको छ । साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा प्रमुख भट्टराईले आमरण अनशन सुरु गर्नुभएको बताउनुभयो । बाँदरलगायत जङ्गली जनावरको नीतिगत व्यवस्थापन गर्नुपर्ने, बाँस र कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न बिल्डिङ कोर्ड र नम्स तयार गरी कानुन निर्माण गर्नुपर्ने, जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर उद्योगलगायतलाई कानुन बनाई कारबाही गर्नुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानुन
इटहरी । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले हरेक वडामा एकजना कृषि प्राविधिक राख्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि हरेक वडामा एकजना कृषि प्राविधिक राख्ने भएको हो । ‘खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा’ भन्ने नाराका साथ गाउँपालिकाले प्रत्येक वडाका किसानलाई खेती लगाउने तरिकाका साथ यसको व्यवस्थापनसम्बन्धी जानकारी गराउने गरी ‘एक वडा, एक कृषि प्राविधिक’ राख्ने भएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले बताउनुभयो । उहाँका अनुसार किसानको घरदैलोमा प्राविधिक सेवा पुग्ने भएकाले पनि यो कार्य अपनाइएको हो । यस कार्यक्रमअन्तर्गत पालिकाले मुख्य उत्पादन दिने खेती क्षेत्रको वर्गीकरण गरी त्य
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.