इटहरी । कचनकवल गाउँपालिका– ७ स्थित सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर गए राती एक जनाको मृत्यु भएको छ । करेन्ट लाग्दा ५० बर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।
इटहरी । पूर्वोत्तर मोरङका सेवाग्राहीलाई भूमिसम्बन्धी सेवा दिइरहेको मालपोत र नापी कार्यालय बेलबारीको कार्यक्षेत्र घटाएर उर्लाबारीमा अर्को कार्यालय स्थापना गर्ने सरकारी योजना अलमलमा परेको छ । तीन वटा पालिकाले आफ्नै पालिकामा कार्यालय र सेवा केन्द्र राख्नुपर्ने माग राखेपछि मालपोत कार्यालय स्थापना कार्यक्रम अलमलमा परेको हो । सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ मा देशभर नौ वटा कार्यालय विस्तार गर्ने कार्यव्रmम बनाएको थियो । जस अन्तर्गत जनसङ्ख्या र भूगोलका आधारमा करिब दुई लाख जनसङ्ख्या समेट्ने गरी उर्लाबारीमा छुट्टै मालपोत तथा नापी कार्यालय स्थापनाको
इटहरी । ताप्लेजुङमा सम्बन्धविच्छेद गर्ने बढेका छन् । ताप्लेजुङ जिल्ला अदालतका अनुसार पछिल्लो समय सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएका हुन् । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये झण्डै आधा सम्बन्धविच्छेदसँग सम्बन्धित मुद्दा रहेका छन् । गएको आर्थिक वर्ष २०८१र८२ मा २८० जनाले सम्बन्धविच्छेद गरेका छन् । अघिल्लो आवबाट जिम्मेवारी सरी आएकोसमेत कुल ५७९ थान मुद्दा रहेकोमा उक्त सङ्ख्यामा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा रहेको जिल्ला अदालतका सूचना अधिकारी बिष्णुकुमार राईले जानकारी दिनुभयो । राईका अनुसार अदालतमा दर्ता भएका सम्बन्ध विच्छेदसम्बन्धी २८० थानमध्ये २३७ थान मुद्दा फर्छ्यौट भएको छ । सम्ब
इटहरी । झापाको दमक नगरपालिका–३ मा निर्माण गरिएको दमक बिजनेस कम्प्लेक्स (भ्यु टावर) औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ तर भवनको मूल संरचनाबाहेक अन्य संरचना र सेवा सुविधा थपिएको छैन । सघन सहरी तथा भवन निर्माण आयोजना झापाले कम्प्लेक्स पहिलो पटक सर्वसाधारणका लागि खुला गरेको हो । आयोजनाले कम्प्लेक्स अवलोकनको प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क निर्धारण गरेको छ । एक सय मिटर अग्लो यो कम्प्लेक्स १८ तलाको रहेको छ । अहिले यहाँ भौतिक संरचनाबाहेक नयाँ सेवा सुविधा थप भएको छैन । ७२ मिटर उचाइको कङ्क्रिट संरचना र २८ मिटर उचाइको मेटल फ्रेम रहेको यो कम्प्लेक्स धरहराभन्दा अग्लो छ । केही दिनअघि गृहनगर दमक
इटहरी । निर्यात व्यापारमार्फत विदेशी मुद्रा आर्जनमा एक हिस्सा ओगटेको नेपाली अलैँचीले यतिबेला निकै उत्साह थपेको छ । पहाडी जिल्लाका किसानका लागि आम्दानीको मुख्य स्रोत बन्न थालेको अलैँचीलाई किसानले पछिल्लो समय निकै महत्व दिन थालेका छन् । प्रतिमन ९० देखि ९५ हजार रुपियाँमा कारोबार भइरहेको अलैँचीको अहिले बिरुवा लगाउने सिजन पनि हो । फल्न थालेको अलैँचीको गोडमेल गर्ने, बगान सरसफाइ गर्ने र फूल लागेका दानाको सुरक्षा गर्ने समय रहेको अलैँची किसान बताउँछन् । १० वर्षयताकै राम्रो मूल्य भएकाले यो साल किसानले अलैँचीमा उत्साह देखाएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्याल बताउनुहुन्छ । अलैँचीलाई कम लाग
इटहरी । एकीकृत जाँच चौकी (आइसिपी) मा थप एक अर्ब छ करोड लागतमा दुई वटा संरचना बन्ने भएका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिले आइसिपीपरिसरमा गोदाम र पार्किङ तथा आइसिपीसँग कोशी राजमार्गलाई जोड्ने सम्पर्क सडक निर्माणको प्रक्रिया अगाडि बढाएको हो । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार विश्व बैङ्कसँगको ऋण सहयोगमा गोदाम र पार्किङ ४१ करोड रुपियाँमा निर्माण हुने जानकारी दिनुभयो । आइसिपीभित्र गोदाम ५४र२४ मिटरको निर्माण हुने छ । यसै गरी पार्किङ १० हजार वर्गमिटरको हुने छ । यसै गरी सम्पर्क सडक ६५ करोड लागतमा चार लेनमा विस्तार हुने छ । सम्पर्क सडकमा फुटपाथसहित मालवाह
इटहरी । यहाँको अरुण गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पतालबाट सेवा सुरु भएको छ । स्थानीयलाई सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्थापित १५ श्ययाको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो । विसं २०७७ मा आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँचमा पुर्याउने उद्देश्यले तीन सय ९६ स्थानीय तहमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको यो पहिलो अस्पताल हो । सरकारले घोषणा गरेअनुसार करिब रु १६ करोड लागतमा चारतले भवन निर्माण सम्पन्न भएसँगै सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो । पन्ध्र श्ययामा अस्पताल सञ्चालन गर्ने लक्ष्यका साथ नवनिर्मित भवनबाट सेवा सुरु गरिएको उहाँको भनाइ छ । राज
इटहरी । ताप्लेजुङमा हालसम्म करिव ६२ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार साउन दोस्रो साता बित्नलाग्दा अर्थात् साउन १३ गते सम्ममा ६१।९७ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । जेठ महिनादेखि नै रोपाइँ सुरु गरिने हिमाली जिल्ला ताप्लेजुङमा पर्याप्त वर्षा नभएका कारण रोपाइँ कम भएको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका कृषि प्रसार अधिकृत विजय श्रेष्ठका अनुसार यसवर्ष पानीको अभावका कारण समयमा रोपाइँ हुन नसकेको हो । धान खेतीका लागि पर्याप्त वर्षा नहुँदा गतवर्षको तुलनामा झण्डै २७ प्रतिशतले रोपाइँ कम भएको श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार गतवर्ष साउन दोस्रो साता स
इटहरी । ताप्लेजुङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले १७ हजार जनाको आँखा परीक्षण तथा उपचार गरेको छ । आँखा उपचार केन्द्रले एक वर्षको अवधि अर्थात् गएको आर्थिक वर्ष २०८१र८२ मा उक्त सङ्ख्यामा सेवाग्राहीलाई आँखा परीक्षण तथा उपचार सेवा प्रवाह गरेको हो । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा उपचार केन्द्रले विभिन्न शिविर, घुम्ती आँखा परीक्षण कार्यक्रम र उपचार केन्द्रमार्फत आँखाका बिरामी तथा सेवाग्राहीलाई सेवा प्रवाह गरेको हो । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ नेत्र अधिकृत काजी गुरुङका अनुसार गएको आवमा कुल १७ हजार ३४१ जनाको आँखा परीक्षणका साथै उपचार गरिएको छ । सदरमुकाम
इटहरी | कोशी प्रदेश एथलेटिक्स संघको प्रथम अधिवेशनबाट अध्यक्षमा राजकुमार थापा चयन भएका छन्। अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।संघका संयोजक राजकुमार थापाको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव कृष्ण बस्नेत (पर्शुराम) प्रमुख अतिथि थिए।नवगठित कार्यसमितिमा उपाध्यक्षमा राजेशमान श्रेष्ठ र अमित गुरुङ, सचिवमा नारायण श्रेष्ठ, कोषाध्यक्षमा धनकुमारी लिम्बू चयन भएका छन्। त्यस्तै सदस्यमा मदन कुमार शाह, दिपेश बास्तोला, सुनिल कुमार लालवति, शान्ता श्रेष्ठ, देवराज चौधरी, सरोज सिंह लगायत १४ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी समिति विस्तार गर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.