इटहरी। नेपाल लोकतान्त्रिक थारु सङ्घ सुनसरी जिल्ला कमिटीद्वारा नेकपा ९एमाले० को ११औं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित सुनसरी जिल्लाका केन्द्रीय सदस्यहरूलाई सम्मान गरिएको छ। रामधुनी नगरपालिका–स्थित पर्यटकीय क्षेत्र रासतालमा आयोजित सम्मान तथा वनभोज कार्यक्रममा केन्द्रीय सदस्यहरू जगदीश कुसियत, भगवती चौधरी र मञ्जु गौतमलाई सम्मानपत्र प्रदान गर्दै सम्मान दोसल्ला ओडाएर सम्मान गरिएको हो।

कार्यक्रम नेपाल लोकतान्त्रिक थारु सङ्घ सुनसरी जिल्ला अध्यक्ष राजकुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा रामधुनी नगरपालिका नगर प्रमुख शंकरलाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। सम्मानित हुने नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा सुनसरी इन्चार्ज जगदिशकोशीयतले यो सम्मानले आफ्ना जिम्मेवारी बढेको बताउँदै सबैको भावना बुझेर निराशा हुन नदिने गरी काम गर्ने बताउनुभयो। कार्यक्रममा कोशी प्रदेशसभा सदस्य रामप्रसाद मेहता, नेकपा एमाले प्रदेश सदस्य तथा इटहरी उपमहानगरपालिका उपप्रमुख संगीता चौधरी, रामधुनी नगरपालिका उपप्रमुख तारा थापा, नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष परशुराम यादव, जिल्ला कमिटीका पदाधिकारीहरू तथा नेपाल लोकतान्त्रिक थारु सङ्घका केन्द्रीय सदस्यहरू अनिल राजधामी, डिसी चौधरी, गिरिधर चौधरी लगायत सयौं नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

WhatsApp Image 2026-01-06 at 16.05.50

कार्यक्रममा वक्ताहरूले ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले पार्टी, समाज र जनताको पक्षमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनीहरूले थारु समुदायको हक–हित, पहिचान र राजनीतिक सशक्तीकरणका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। कार्यक्रमको सञ्चालन श्याम चौधरीले गर्नुभएको थियो। सम्मान कार्यक्रम सौहार्दपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।