इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गर्भवती महिलाले वडाबाटै गर्भ परीक्षण सेवा पाउन थालेका छन् । गाउँपालिकाले वडाहरुमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण गर्न थालेपछि महिलाले वडाबाटै सेवा पाएका हुन् । सिदिङ्वा गाउँपालिकामा गत आर्थिक वर्षदेखि प्रत्येक वडामा पुगेर घुम्ती शिविर सञ्चालन गरी भिडियो एक्स–रेमार्फत गर्भवती महिलाको गर्भ परीक्षण गरिँदैआएको छ । गाउँपालिकाले वडाहरुमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण सेवा प्रदान गर्ने अभियानलाई निरन्तरता दिएको छ । गाउँपालिकाले सुरु गरेको उक्त अभियानको निरन्तरतास्वरुप नयाँ आर्थिक वर्ष २०८२–८३ को सुरुमै शिविर सञ्चालन गरी गर्भवती महिलाको गर्भ परीक्षण ग
इटहरी । बाढीले क्षति पुर्याएको हेंवा खोलामा डाइभर्सन मर्मत गरेसँगै सवारी साधन सञ्चालनमा आएका छन् । सडक डिभिजन इलामले डाइभर्सनको मर्मतपश्चात् सडक सञ्चालनमा ल्याएको हो । हेंवा खोलामा आइतबार बिहान आएको बाढीले त्यहाँ राखिएका पेन स्टक पाइप पुरेसँगै सडक अवरुद्ध थियो । पाँचदिनको प्रयासपश्चात् खोलामा थुप्रेका ढुङ्गा र बालुवा झिकेर सरसफाइ गरेसँगै शुक्रबार बिहानैदेखि निरन्तर यातायात र ढुवानीका साधन चल्न थालेको सडक डिभिजन इलामका हेंवा खोलास्थित सुपरभाइजर डम्बर मिश्रले जानकारी दिनुभयो ।उहाँका अनुसार शुक्रबार हेंवा खोलामा पानीकोे सतह घटेको छ । थप पानी परेर बाढी नआउन्जेल अब यहाँ सडक अवरोध हुनेछैन । हेंवा ख
इटहरी । पूर्वी नेपाल र भारतबाट आयातित तरकारीको किनबेच हुने धरान कृषि उपज बजारस्थलमा गरिने विषादीको परीक्षण प्रभावकारी बन्दै गएको छ । हरियो तरकारीमा गरिने विषादी परीक्षणबाट उपभोक्ताले स्वस्थकर तरकारी उपभोग गर्न पाएको बताइएको छ । धरान कृषि उपज बजारस्थलमा दैनिक नेपाली र भारतीय व्यापारीमार्फत भित्रिने गरेको हरियो तरकारीको विषादी परीक्षण गर्ने गरेको धरान कृषि उपज बजारस्थलका प्रबन्धक लक्ष्मण भट्टराईले बताउनुभयो । प्रबन्धक भट्टराईका अनुसार बजारस्थलमा आएका तरकारीको विषादी परीक्षण गरेर खान योग्य भए मात्रै तरकारी व्यापारीमार्फत बजारमा जाने गरेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयको केन्द्रीय कृषि प्रयोगशाल
इटहरी । लागुपदार्थको बढ्दो कारोबारबाट सामाजिक क्षेत्रमा नकारात्मक असर पर्दै गएपछि अवैध कारोबार नियन्त्रण गर्न चलाएको निरन्तर अभियानका क्रममा झण्डै दुई हजार व्यक्तिहरु पक्राउ परेका छन् । लागुऔषधका कारण युवाहरुमा नकारात्मक लत बस्ने र त्यसले सामाजिक अपराधलाई समेत बढाउने गरेका कारण प्रहरीले अभियानकै रुपमा नियन्त्रणको प्रयत्न गरेको हो । भारतसँग सीमा जोडिएका जिल्लाहरुबाट ब्राउन सुगर, चरेस र विभिन्न मनोदिपक औषधी भित्रिने र नेपालबाट भारततर्फ गाँजा तस्करी हुने गरेकोले गतवर्ष प्रहरीले तस्करीको उक्त सञ्जाल तोड्न बढी मिहिनेत गरेको देखिएको हो । कोशी प्रदेश प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस अवधिमा ल
इटहरी । जिल्ला प्रशासन कार्यालय उदयुरले नेपाली नागरिकताको प्रमाणपत्रमा आमाको नाम अनिवार्य समावेश गर्न जिल्लाका सबै पालिका र वडा कार्यालयलाई परिपत्र गरेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १ बमोजिम नयाँ नागरिकताको प्रमाणपत्र लिन सिफारिस गर्दा आमाको नामसमेत अनिवार्य रूपमा लेखेर सिफारिस गर्न पालिका र वडालाई परिपत्र गर्नुभएको हो । प्र.जि.अ लुइटेलले यसअघि सम्बन्धित वडाध्यक्षले नागरिकताको प्रमाणपत्र लिन आउने जोकोहीलाई सिफारिस गर्दा आमाको नाम उल्लेख गर्नुपर्ने महलमा खाली नै राखेर सिफारिस गर्ने गरिएको थियो । अब यसरी खाली राख्न नमिल्ने र सन
इटहरी । मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा सङ्घीय सरकारको लगानीमा १७ करोड रुपियाँ खर्चेर बनेको एकीकृत फलफूल तथा तरकारी बजार प्रयोगहीन बनेको छ । पाँच बिघा दुई धुर क्षेत्रफलमा बनेको कृषि बजार २०७५ चैत ३ गते उद्घाटन भएदेखि अहिलेसम्म प्रयोगमा आएको छैन । सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना (फ्याक्ट) ले निर्माण गरेको प्रशासनिक भवनसहित परिसरमा ३२ वटा थोक तरकारी तथा फलफूल पसल, ३२ वटा खुद्रा पसल, क्यान्टिन, हेल्थ क्लिनिक, व्यवस्थापक क्लस्टर, सार्वजनिक शौचालय, नापतौल मेसिन, लोडअनलोड क्षेत्र, गोदामघर, बैङ्क घर, सुरक्षाकर्मी पोस्टसहितका संरचना छन् ।
इटहरी । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको सर्वोत्कृष्ट खेलाडीले यमाहाको बाईक प्राप्त गर्ने भएको छ । आगामी साउन २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई यमाहाको बाइक प्रदान गरिने भएको हो । लाखेजात्रा पर्वको असरमा भानुजन माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा सहभागी भएका आठ टिमभित्रबाट फाइनल चरणसम्म पुग्ने सर्वोत्कृष्ट खेलाडीलाई बाइक प्रदान गर्ने लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो । उहाँका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई यमाहा कम्पनीको एक सय ५० सीसीको बाइक प्रदान गरिने छ ।बाइकको कलर तथा अन्य मोडलको विषयमा कम्पनीसँ
इटहरी | नेपालका लागि टीभीएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि.ले इटहरीमा आयोजना गरेको टीभीएस एक्सचेन्ज म्यानिया अभियान मार्फत ९० भन्दा बढी सवारीसाधन बिक्री गरेको छ ।इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा आयोजना गरिएको कार्यक्रम श्रावण ४ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने मेलामा बिहीबार सम्ममा ९० भन्दा बढी सवारीसाधन बिक्री तथा एक्सचेञ्ज भएका छन् । साथै सहभागी ग्राहकलाई आकर्षक गिफ्ट प्याकेज पनि प्रदान गरिनेछ । पुराना सवारीको मूल्याङ्कनका लागि १० जना अनुभवी भ्यालुएटर परिचालन गरिएको छ । पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार मेलामा बाइक किनमेल र एक्सचेञ्जका लागि आउने ग्राहकको भि
इटहरी । ताप्लेजुङमा साउन महिनायता बाढीपहिरोले थुप्रै भौतिक संरचनामा क्षति पुगेको छ। प्राय, हरेक दिन वर्षा भइरहेको र वर्षाका कारण विभिन्न स्थानमा बाढीपहिरो जाँदा भौतिक संरचनामा क्षति पुगेको हो। निरन्तरको वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा गएको बाढीपहिरोले सडक, पुल, मानिसको घर लगायतका संरचनामा क्षति पुर्याएको प्रहरीले जनाएको छ। ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार साउन महिनापछि वर्षासँगै बाढीपहिरो जाँदा भौतिक संरचनामा क्षति गरेको छ। मङ्गलबार राति मात्र भीषण वर्षासँगै बाढीपहिरो जाँदा फक्ताङ्लुङ गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा विभिन्न भौतिक संरचना तथा कृषि
इटहरी । स्वास्थ्य विमा बोर्डले प्रथम सेवा विन्दुबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हटाएपछि नगर अस्पतालको चर्चा चुलिएको छ। स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेपछि गत साउन १ गतेबाट मन्त्रालयले पुनः प्रतिष्ठानलाई प्रथम सेवा विन्दुको लागि छनोट भयो। तर, यसपटक असोज मसान्तसम्मका लागि बिपीलाई प्रथम सेवा विन्दू कायम गर्ने मन्त्रालयले पत्र पठायो। आउँदो तीन महिनाका लागि प्रतिष्ठानलाई प्रथम सेवा विन्दू कायम गरेपनि त्यसपछिको समय धरानवासी स्वास्थ्य वीमाको सेवा लिनका लागि कहाँ पुग्ने अन्योल सुरु भएको हो। सोही क्रममा धरान उपमहानगरपालिकाले वडा नम्बर १ छाता चौकस्थित जीर्ण अवस्थामा रहेको धरान अस्प
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.