इटहरी । कोशी प्रदेशमा छ वर्षको अवधिमा वनक्षेत्रले ओगटेको जमिनको क्षेत्रफल करिब दुई प्रतिशतले वृद्धि भएको छ । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार यस प्रदेशमा आर्थिक वर्ष २०७५र७६ मा वनक्षेत्रले ओगटेको जमिनको क्षेत्रफल ४४।७४ प्रतिशत रहेकामा हाल ४६।२४ प्रतिशत पुगेको छ । वनक्षेत्रबाहेक ४।२४ प्रतिशत क्षेत्र बुट्यानले ढाकेको छ । यसरी प्रदेशमा बुट्यानसहितको वनले ढाकेको कुल क्षेत्र ५०।४८ प्रतिशत रहेको उक्त मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा कोशी प्रदेशका पहाडी जिल्लाको जनसङ्ख्याको ठुलो हिस्सा आफ्नो जमिन छाडेर बसाइँसराइ गरी अन्यत्र गएकाले त्यो ठाउँमा रुख बिरुवा उम्
इटहरी । सङ्घीय राजधानी काठमाडौँका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि यहाँका किसानले व्यावसायिक रूपमा सिस्नोखेती थालेका छन् । लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनमा सिस्नोको व्यावसायिक खेती थालिएको हो । वन वरपरका निजी जग्गामा पनि सिस्नु रोपिएको छ । सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना समितिको रहेको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले बताउनुभयो । डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा रु। १० लाख मूल्यबराबरको सिस्नु प्रशोधन गर्ने मेसि
इटहरी । लगातारको वर्षासँगै आएको बाढीले डाइभर्सनमा क्षति पुगेपछि अवरुद्ध भएको मेची राजमार्ग सुचार भएको छ । अवरुद्ध भएको पाँचथरस्थित हेंवा खोलाको डाइभर्सन मर्मतपछि १५ घण्टापछि सुचारु भएको हो । फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलामा मङ्गलबार साँझ ६ बजे आएको बाढीले डाइभर्सनमा क्षति गर्दा यातायात पूर्णरूपमा ठप्प भएको थियो । सडक डिभिजन कार्यालय इलाम, सुरक्षा निकाय र स्थानीयवासीहरूको सक्रिय प्रयासपछि बुधबार बिहान डाइभर्सन मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो । डाइभर्सन मर्मत गरी पुनः राजमार्गमा यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि कौशल कुमार बुढाथोकीले जानकारी दिनुभयो ।
इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आगलागीबाट एक घर नष्ट भएको छ । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका–९ हाङ्देवा टाकुरेका टीकाराम पौडेलको घर आगलागीबाट नष्ट भएको हो । हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार ढुङ्गा, माटो र काठको प्रयोग गरी बनाइएको पौडेलको घर आगलागीबाट पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट घरभित्र रहेको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । घर आगलागी हुँदा भएको क्षतिको यकिन विवरण आइनसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ । यता विद्युत् सर्ट भएर घरमा आगलागी भएको हु
बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका वडा नं. ९ मा डेंगु रोग नियन्त्रण गर्न "खोज र नष्ट गर" अभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा वडा नं. ९ का जनप्रतिनिधि, आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज, स्वयंसेवी संस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा डेंगुको नियन्त्रण गर्न पानी जम्ने सम्भावित स्थानहरू , फोहर ठाउँ ,खाडल, पुराना टायर आदि खोजी नष्ट गर्ने तथा सरसफाइ गर्ने आवश्यकताका बारेमा जानकारी दिइएको थियो। साथै, आधारभूत स्वास्थ्य केन्द्रको टोलीले बराहक्षेत्र नगरपालिका वडा नं. ९ को कार्यालयलाई "मायाको चिनो" हस्तान्तरण
इटहरी । शिक्षा विकास तथा समन्वय इकाई भोजपुरले एसइईको नतिजाको अवस्था सार्वजनिक गरेको छ । मंगलबार माध्यमीक शिक्षा परिषद् शैक्षिक सत्र २०८१ मा कक्षा १० अर्थात् एसइईमा भोजपुर जिल्लाबाट प्राप्त नतिजा, उपलब्धि तथा विद्यालयहरूको अवस्थाको बारेमा जानकारी दिने उद्देश्यले आयोजित समीक्षा कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ भोजपुरका इकाइ प्रमुखले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षामा जिल्लाभरिका सामुदायीक विद्यालय ७० वटा र संस्थागत विद्यालय ५ वटा गरी कुल ७५ वटा विद्यालयको सहभागिता रहेको थियो । परीक्षामा कुल २ हजार ९८ जना विद्यार्थीहरु सहभागी भएका थिए । जसमा ७ सय ४७ जना पास र नन ग्रेड १
इटहरी । इटहरी उपमहानगरपालिका ६ नं वडामा रहेका बिभिन्न संघ संस्था एवम टोल कमिटीमा आवद्ध महिला प्रतिनिधिहरूलाइ ३ दिने क्षमता अभिबृद्धिका लागि प्रस्तावना तथा प्रतिवेदन लेखन र लागुऔषध दुव्र्यवसन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय द्वारा आयोजित कार्यक्रममा महिला प्रतिनिधिहरूलाइ प्रस्तावना लेखन सम्बन्धी तालिम संगै लागु औषध दुव्र्यवसनीले समाज र घर परिवारमा पार्ने नकरात्मक असर साथै बर्तमान कानुनी प्रावधान दण्ड जरिवाना बारे सचेतना जगाइएको थियो । कार्यक्रममा ६० जना भन्दा बढी महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । असार २२ गते देखि सञ्चालन भएर २४ गते समापन गरिएको कार्यक्रममा उपमह
इटहरी । कोरोना संक्रमित देखिन थालेसँगै विराटनगर महानगरले खोप सञ्चालन गर्ने भएको छ। महानगरका वरिष्ठ जनस्वाथ्य अधिकृत रमेश कार्कीका अनुसार पछिल्लो केही दिनयता महानगरमा संक्रमितको संख्या देखिएसँगै सतर्कता अपनाउँदै दीर्घरोगी, ५५ वर्षमाथि उमेर समूहलगायतका नागरिकलाई खोप लगाइने छ। कार्कीका अनुसार महानगरमा हाल ४ जनामा संक्रमण पुष्टि भएको छ। महानगरको वडा नम्बर २ मा दुई जना, वडा नम्बर ९ मा एक जना र वडा नम्बर १६ मा एक जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। उनले दीर्घरोगीहरुले भीडभाडमा कम जाने र जानैपर्ने अवस्थामा मास्क लगाउनुपर्नेमा जोड दिए। महानगरले बुधबार र बिहीबार रानी अस्पताल, वैजनाथपुर अस्पताल
इटहरी । दुहबी नगरपालिका स्वास्थ्य शाखाको आयोजनमा बहुक्षेत्रीय पोषण महिला, बालबालिका तथा किशोर किसोरीहरुका लागी पोषण अवस्था सुधारका लागी सरोकारवाला र जनप्रतिनिधीहरुको ३ दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । कार्यवाहक नगर प्रमुख मेनुका खतीवडाले सोमबार उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरे, जनस्वास्थ्य शाखा प्रमुख बिन्देश्वर महतो, फोकल पर्शन उचित नारायण साह, लगायत वडा अध्यक्षहरु कार्य
इटहरी । मोरङको रतुवामाई नगरपालिका–६ मा अंश सम्बन्धी पुरानो झगडाले पारिवारिक सम्बन्धलाई हिंसात्मक मोडमा पुर्याएको छ । अंश विवाद ज्यानै लिने घटनामा परिणत भएको हो । यही असार २१ गते ६० वर्षीया टीकामाया कार्की बस्नेतको आफ्नै देवर ६९ वर्षीय टंकबहादुर बस्नेतले निर्ममतापूर्वक हत्या गरेको प्रहरीले जनाएको छ । टीकामाया बोल्न नसक्ने महिला थिइन् । बोली आउँदैनथ्यो, इसारामार्फत मात्र कुरा गर्न सक्थिन् । देवर टंकबहादुरले अंश विवादका कारण लामो समयदेखि मनभित्र दबिएको रिसलाई हिंसामा रूपान्तरण गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । केही समययता मृतकका पति गणेशबहादुर बस्नेत र उनका सौतेनी भाइ टंक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.