इटहरी । इटहरी नृत्यकर्मी समूहको आयोजनामा नेवारी सांस्कृतिक नृत्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले इटहरीमा ६ दिने नेवारी नृत्य कार्यशाला भइरहेको छ । इटहरीको लक्ष्मी डान्स स्टुडियोमा असार २० गतेदेखि सुरु भएको उक्त कार्यशाला असार २५ गतेसम्म चल्नेछ । कार्यशालामा नेवारी समुदायमा प्रचलित तीन महत्वपूर्ण नाचहरू – लाखे नाच, घिंमे नाच र ठाकठुके नाच सिकाइँदैछ । कार्यशालामा वरिष्ठ नृत्य प्रशिक्षक महेश प्रकाश हाडाले प्रशिक्षण गराइ रहनुभएको छ । उहाँले विगत लामो समयदेखि नेवारी संस्कृतिको संरक्षणका लागि योगदान दिँदै आउनुभएको छ । नेवार समुदायका लोप हुँदै गएको नाचको विषयमा जानकारी गराएर नाचको संरक्षण त
विराटनगर – कोशी प्रदेशमा पहिलोपटक व्याडमिन्टन संघ तसर्थ समिति गठन गरिएको छ। प्रदेश खेलकुद विकास बोर्ड, सामाजिक विकास मन्त्रालय अन्तर्गतको निर्णयअनुसार भोगेन्द्र थापा धनकुटाको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।यसअघि प्रदेशस्तरीय व्याडमिन्टन संघ गठन नभएको र संघीय संरचना अनुसार प्रदेश स्तरमा खेल संघहरू स्थापना गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै उक्त समिति गठन गरिएको जनाइएको छ। संघको बैठकबाट प्रदेशको अधिवेशन यहीँ भदौं २१ गते धनकुटामा गर्ने भएको छ ।समितिमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गरिएको छ। इटहरीमा बसेको बैठकबाट अधिवेशन गर्ने , जिम्मेवारी बाडफाड गर्ने&nbs
इटहरी । वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रका नागरिकको लागि शव वाहन सेवा निःशुल्क गरेको छ । नगपालिकाले नगरबासीका लागि शव घरदेखि घाटसम्म पुर्याउन शव वाहन निःशुल्क सञ्चालनमा ल्याएको हो । नगरपालिकामा शव वाहन नहुँदा अन्तिम संस्कारका लागि घाटसम्म र पोष्टमार्टमका लागि शव लैजान सवारी पाउन समस्या र सवारी भेटिए पनि महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो । घरदेखि घाटसम्म शव लैजान शव वाहनको अभाव हुने गरेकाले नगरबासीको आवश्यकता पूर्ति गर्न शव वाहन निःशुल्क सञ्चालनमा ल्याएको बताइएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१ र २०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार २५ लाख ३९ हजारमा उक्त शव वाहन खरिद गरेको नगरपालिका
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४ हजार रुपियाँको सामग्री वितरण गरेको छ । गाउँपालिकाले उक्त रकम बराबरको विभिन्न सामग्री सहित उन्नत जातका पशुचौपाया वितरण गरेको हो । दलित सशक्तीकरणका लागि अध्यक्ष कोष कार्यक्रम अन्तर्गत मागमा आधारित रहेर ११ लाख ६४ हजार रुपियाँ बराबरको सामग्रीसहित उन्नत जातका पशुचौपाया वितरण गरिएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । उहाँका अनुसार ‘सशक्तीकरणका लागि अध्यक्ष कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८१’ बमोजिम माग प्रस्तावना आह्वान गरी प्रत्येक वडामा गठन भएका दलित समूहबाट आएका माग र वडाको सिफारिसका आधारमा वितरण गरिएको हो ।
इटहरी । मोरङको केराबारी गाउँपालिकामा भएको उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम समापन भएको छ । प्रेस नेटवर्क म्यानेजमेन्ट प्रणालीको आयोजना तथा केराबारी गाउँपालिकाको सहकार्यमा असार १४ गते देखि २२ गते सम्म भएको तालिम समापन भएको हो । कार्यक्रममा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि.का अध्यक्ष विकल पौडेलको अध्यक्षता तथा केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरको प्रमुख आतिथ्यतामा गरिएको हो । तालिमको उद्देश्य भनेको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकास गर्नु रहेको गाउँपालिका उपाध्यक्ष मनमाया मगरले बताउनुभयो । आगामी वर्षमा समेत उद्घोषण तालिम गराउँदै जान
इटहरी । सुनसरीको गढी गाउँपालिका वडा नं. २ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सेवा प्रवाह, विकास निर्माण, बजेट कार्यान्वयन र नागरिक सरोकारका विषयमा केन्द्रित सो कार्यक्रम जनउत्तरदायिता र पारदर्शिता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष प्रभाकर माझी, गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्का, वडा सदस्यहरू, विभिन्न संघसंस्था, टोल विकास संस्था, महिला समूह, युवाहरू तथा आम स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा गढी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा सम्पन्न गरेका योजना तथा चालु आर्थिक वर्
इटहरी । सुनसरीको गढी गाउँपालिका वडा नं. १, स्थानीय सेवा, योजना र सुशासनको सन्दर्भमा केन्द्रित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सम्पन्न सो कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नागरिक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष प्रदिप कुमार चौधरी, गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्का, वडा सदस्यहरू, कर्मचारी, शिक्षक, सामाजिक अभियन्ता तथा विभिन्न समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सार्वजनिक सुनुवाई कार्यक्रममा अघिल्लो वर्ष गाउँपालिकाबाट प्रवाह गरिएका सेवा, विकास निर्माण, बजेटको खर्च,
इटहरी । मोरङ्गको पथरी शनिश्चरे –१० भुटानी शरणार्थी शिविर डाँडामा नेपालका १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको सालिक स्थापना गरिएको छ । आईतबार प्रमुख अतिथि किराँत धर्मका प्रमुख माङसेवा सावा मनप्रसाद थलङ तथा पथरी शनिश्चरे संयुक्त धार्मिक स्थल संरक्षण समितिका पद्धाधिकारीहरूले उक्त शालिकको संयुक्त रूपमा अनावरण गर्नुभएको हो । १६ औं राष्ट्रिय विभूति एवम् किरात धर्मका महागुरु फाल्गुनन्दको शालिक अनावरण गर्दै प्रमुख अतिथि मनप्रसाद थलङले ’महागुरुको शालिक अनावरणले थप धार्मिक तथा पर्यटकीय महत्व राख्ने’ बताउनुभयो। महागुरु फाल्गुनन्दको शालिक अनावरणसँगै यस नगरको आ
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनागरिकलाई जोड्ने गरी बिमा कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले सरकारले बिमा नीति बनाउन कानुन बनाउने र सुविधा पनि दिने तर आमनागरिक नजोडिने खालको स्थिति भएमा त्यसले राम्रो सन्देश नदिने स्पष्ट पार्नुभयो । उहाँले बिमाका विविध पक्षका बारेमा आमनागरिकलाई जानकारी दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । मुख्यमन्त्री कार्कीले सहकार्यको माध्यमबाट पनि बिमालाई व्यापक बनाउन सकिनेमा उपाय सुझाउनुभयो । उहाँले बिमा कम्पनीले बिमाको प्रव्रिmया सरल, सहज
इटहरी । ताप्लेजुङमा करिब एक महिनापछि हवाई उडान भएको छ । मौसम खराब भएर उडान हुन नसकेको करिब एक महिनापछि सुकेटार विमान स्थलमा जहाज अवतरण भएको हो । हुस्सु–कुहिरो लागेर भिजिबिलिटी कम भएकाले गत जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प भएको थियो । करिब एक महिनापछि आज (सोमबार) मौसममा सुधार आएसँगै उडान समेत सफल भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले बताउनुभयो । उहाँका अनुसार काठमाडौँबाट चार जना यात्रु आएका छन् भने ताप्लेजुङबाट पाँच जना यात्रु काठमाडौँ प्रस्थान गरेका छन् । असार यता छ वटा उडान प्रभावित भएका थिए । बर्खायामको सिजन सुरु भएसँगै प्रतिकुल मौसमका कारण उडान प्रभ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.