इटहरी। गएको भदौ २४ गते भएको जेनजी आन्दोलनमा क्रममा विभिन्न सरकारी कार्यालयहरू तोडफोड र आगजनी गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।  आन्दोलन भएको करिब तीन महिना हुुन लाग्दा गएको मङ्सिर २० र २१ गते पक्राउ गरिएका ती व्यक्तिहरूलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी जिल्ला प्रहरी कार्यालय इलामले आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इलाम नगरपालिका–७ का ५२ वर्षीय कमलकुुमार हलुुवाई, इलाम नगरपालिका(६ का २९ वर्षीय विशाल नौभाङ, इलाम नगरपालिका(७ का ४० वर्षीय पवित्तर मल्लिक, इलाम नगरपालिका–९ का ३९ वर्षीय होमबहादुर खवास, फाकफोकथुम(३ का २३ वर्षीय आदर्श राई, इलाम(४ का ३६वर्षीय यावद तिवारी, इलाम(६ का ३० वर्षीय अर्जुन त्रिखत्री, सन्दकपुर(२ की २५ वर्षीया अन्जुु राई, इलाम(१ का ३० वर्षीय सागर संग्रौला, मिक्वाखोला–२ ताप्लेजुङका ३२ वर्षीय तेजकुमार विक, इलाम–१२ का २८ वर्षीय अनिष राई, इलाम(५ का २३ वर्षीय मोहनकुमार लिम्बू, झापा पृथ्वीनगर घर भई इलाम(५ बस्ने ४३ वर्षीय सुरज गुरुङ, इलाम(९ का ४६ वर्षीय टीकाराम चौहान र इलाम–९ का ३६ वर्षीय सबिन राई रहेको इलामका डिएसपी लक्ष्मी भण्डारीले बताउनुुभयो । आन्दोलनका क्रममा भदौ २४ गते प्रर्दशनकारीले नगरपालिकाका सम्पूूर्ण कागजात बाहिर निकालेर आगो लगाएका थिए भने नगरपालिकाकोे भवनभित्रै  पसेर आगो लगाउँदा नगरपालिकामा क्षति पुुगेको थियो । यस्तै जिल्ला निर्वाचन कार्यालय इलामका पनि सबै कागजात र त्यहाँ रहेको सवारीमा समेत क्षति पुुगेको थियो । यस्तै, प्रर्दशनकारीले करदाता सेवा कार्यालयमा पनि क्षति गरेका थिए । करदाता सेवा कार्यालयका सबै कागजात बाहिर निकालेर प्रर्दशनकारीले आगो लगाएका थिए । कार्यालयको सवारीमा समेत क्षति पुगेको थियो । प्रर्दशनकारीले जिल्ला प्रशासन कार्यालय इलामको कार्यालयमा पनि ढुुङ्गा प्रहार गरी क्षति पुर्‍याएका थिए । प्रशासन कार्यालयको झ्यालका सिसाहरू फुटेका थिए । यस्तै जिल्लास्थित नेकपा एमाले पार्टीको पार्टी कार्यालय, कांग्रेसको पार्टी कार्यालय, नारायणस्थानमा रहेको तात्कालिन नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेर  कागजातमा आगो लगाएका थिए । कुलधारामा रहेको तात्कालिन नेकपा समाजवादीको पार्टी कार्यालयमा रहेको कागजात र फर्निचरहरूमा समेत प्रर्दशनकारीले आगो लगाएर ध्वस्त पारेका थिए । प्रदर्शनकारीले इलाम चोक बजारमा रहेको ट्राफिक प्रहरीको विट ९पिपी टावर० मा पनि तोडफोड गरी त्यहाँ रहेका सामाग्री बाहिर निकालेर आगो लगाएका थिए ।