समाज

    Showing ४,१३१-४,१४० of ९,३८८ items.
  • भोटखोलाका किसान कोदो रोपाइँमा व्यस्त

    इटहरी । पूर्वी पहाडी तथा हिमाली जिल्ला सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अहिले किसानहरूलाई कोदो रोप्न भ्याईनभ्याइ छ । जिल्लाका अन्य भूभागमा धान रोपाइँको चटारो चलिरहँदा यहाँका किसानहरू भने कोदो रोपाइँको अन्तिम चरणमा व्यस्त छन् । धान फल्ने खेत नहुँदा यहाँको मुख्य बाली कोदो भएकाले यसैमा भरपर्नु पर्ने बाध्यता रहेको स्थानीय पेम्बा नावा बताउनुहुन्छ । भोटखोलाको हटिया, हुङगुङ, छुम्सुर, किमाथाङ्का, चेपुवा, च्याम्ताङ, रिदाक, नामासे लगायतका अधिकांश गाउँमा कोदो बाली लगाउने गरिन्छ । जेठ र असार महिना यहाँका कृषकहरुका लागि कोदो रोप्ने चटारो हुने भएकाले अहिले कोदो रोपाइँ अन्तिम चरणमा पुग

    • प्रकाशित मितिः असार २३, २०८२
    • १९१ पटक पढिएको
  • खेत रोप्न पैनीबाट मोटर जडान गर्दा करेन्ट लागेर एकको मृत्यु

    इटहरी । झापाको बुद्धशान्ति गाउँपालिकामा खेत रोप्न  पैनीबाट मोटर जडान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  आफ्नै खेतमा रोपाइँ गर्नका लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर बुद्धशान्ति ३ का ३९ वर्षीय रोषन जिमीको मृत्यु भएको हो । आइतबार साँझ करिब ७ बजे जिमीले खेतमा रोपाइँ गर्नका लागि घरनजिकै रहेको पैनीबाट मोटर सेट गरी पानी तान्ने क्रममा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते उहाँलाई उपचारका लागि बीएण्डसी अस्पताल विर्तामोड लगिएकोमा उपचारको क्रममा चिकित्सकले साँझ ७ः१५ बजे मृत घोषणा गरेका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीबाट टोली खटिएर थप अनुसन्धान भइरहेको

    • प्रकाशित मितिः असार २३, २०८२
    • २४९ पटक पढिएको
  • ओझेलमा परेको ताप्लेजुङको ढङ्ढङ्गे झरना

    इटहरी ।  सिदिङ्बा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझैपनि आम दृष्टिबाट टाढा छ । सिदिङ्वा—५ लिम्बुदिन र ६ मेहेलेको बीचमा रहेको यो झरना आफैंमा बाजाको ताल जस्तो लाग्छ । यही विशेषताका कारण यस झरनालाई स्थानीयले ‘ढङ्ढङ्गे’ नामकरण दिएका हुन, जहाँ जलको बहाव र चट्टानको सङ्घर्ष सङ्गीत बनिन्छ । ढङ्ढङ्गे झरनाको प्राकृतिक सुन्दरता यति अद्वितीय छ, कि एक पटक पुग्ने जो कोहीको स्मृतिमा अमिट रूपमा बस्छ । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको सङ्ख्या विस्तारै बढ्दै गएको छ । स्थानीय अब बाह्यपर्यटक पनि आकर्षित हुने आशामा छन् । स्थानीय नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षामा बसेका छन् । झरनामा पुग्ने

    • प्रकाशित मितिः असार २३, २०८२
    • १८२ पटक पढिएको
  • भोजपुर खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको विरुवा वितरण

    इटहरी ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका बिरुवा वितरण गरिएको छ । वडा कार्यालयले यहाँ सुन्तलाखेती विस्तार गर्न किसानलाई अनुदानमा बिरुवा वितरण गरेको हो । केराबारी र रेम्बुकमा सुन्तलाको व्यावसायिक खेती प्रवद्र्धन गर्ने उद्देश्यले किसानलाई सुन्तलाको बिरुवा वितरण गरिएको वडाध्यक्ष सुनिल राईले बताउनुभयो । कृषि पकेट कार्यक्रम अन्तर्गत वडाले रु दुई लाख विनियोजन गरेर किसानलाई बिरुवा वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । वडामा भूगोल सुहाउँदो खेती प्रणालीमा जोड दिएको उहाँको भनाइ छ । वडाध्यक्ष राईका अनुसार ७५ प्रतिशत वडा र २५ प्रतिशत किसानको लागत साझेदारी

    • प्रकाशित मितिः असार २३, २०८२
    • १८५ पटक पढिएको
  • ‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

    इटहरी । प्रत्येक बर्ष एक स्रष्टालाई प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार निवासी प्रेम शाक्य पुरस्कृत हुनुभएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले शाक्यलाई आइतबार एक कार्यक्रमबीच सम्मान तथा पुरस्कृत गरेको हो । विसं २०४५ देखि वाद्यवादकका रुपमा अनवरत क्रियाशील शाक्यले विशेषतः नेवारी समुदायमा प्रचलित खीं, धा, धिमे, नाय्खी तथा हारमोनियम, तबला जस्ता वाद्य वादनका प्रशिक्षकका रुपमा नेवारी, कला र संस्कृतिको संरक्षण र सम्वर्द्धनमा योगदान पु(याउनु भएकाले उहाँलाई पुरस्कृत गरिएको पुरस्कार कोषका संरक्षक अमृका ताम्राकारले जानकारी दिनुभयो । प्रतिष्ठानका संस्थापक अध्यक्ष श्याम तमोटले शाक

    • प्रकाशित मितिः असार २३, २०८२
    • २१४ पटक पढिएको
  • फुङ्लिङमा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

    इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित साङ्क देछ्योलिङ गोन्पा विद्यालयले एसइईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान सार्थ बधाई ज्ञापन गरिएको छ । यसवर्ष अर्थात २०८१ को एसइईमा जिल्लाकै सर्वोकृष्ट नतिजा ल्याउन सफल भएको गोन्पा विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गरिएको हो ।आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एसइई उत्तीर्ण विद्यार्थीलाई कदरपत्र र नगद पुरस्कारद्वारा सम्मान गरिएको प्रधानाध्यापक पासाङ रिता शेर्पाले जानकारी दिनुभयो । प्रधानाध्यापक शेर्पाका अनुसार गोन्पा विद्यालयबाट एसइईमा सहभागी भई ३।९१ जिपिएसहित जिल्लाकै उत्कृष्ट बन्न सफल लाके शेर्पा, ३।८६ जिपिए प्राप्त गरेर जिल्

    • प्रकाशित मितिः असार २३, २०८२
    • ३४७ पटक पढिएको
  • पशुपालनमा राम्रो आम्दानी विदेसिने कृषकको तयारी

    इटहरी । धनकुटाको छथरजोरपाटी गाउँपालिका–१, हात्तीखर्कका सञ्जीव कटुवालले चार वर्षअघि आठ वटा उन्नत जातका गाई पाल्न थाल्नुभयो । साथीभाइ विदेश गइरहँदा कटुवाल भने स्वदेशमै गाईपालनमा लागेर दुग्ध पदार्थ उत्पादनमा लाग्नुभयो । केही वर्ष व्यवसाय रामै्र चल्यो, दैनिक १५० लिटरसम्म दुध बेचेको उहाँले सुनाउनुभयो । दुग्ध विकास संस्थानलाई दुध बेचेबापतको रकम बक्यौता रहँदा उहाँ यो पेसाबाट विस्थापित हुने अवस्थामा पुग्नुभएको हो । अहिले पनि सात महिनायता भुक्तानी नपाएको कटुवाल बताउनुभयो । धनकुटा नगरपालिका–६ का टीकाराज कार्की पनि विदेशबाट फर्किएर ११ वर्षअघि गाईपालनमा लाग्नुभयो । कटुवालको जस्तै समस्या खेपेपछि कार्की नौ

    • प्रकाशित मितिः असार २३, २०८२
    • २०१ पटक पढिएको
  • ताप्लेजुङमा फैलन थाल्यो लम्पी स्किन सङ्क्रमण

    इटहरी । ताप्लेजुङमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण फैलन थालेको छ । जिल्लाको नौमध्ये ६ स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमण देखा परेको हो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डा। रोशन दाहालका अनुसार अहिलेसम्म ६ स्थानीय तहका ३४ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । जसमा सिदिङ्वा गाउँपालिकाका २, मेरिङदेन गाउँपालिकाका १०, सिरिजङ्गाका गाउँपालिकाका ५, फक्ताङलुङ गाउँपालिकाका २, फुङलिङ गनरपालिकाका ७ र आठराई त्रिबेणी गाउँपालिकाका ८ वटा पशुचौपयामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको हो । देखिएका लक्षण र पशुपालकले दिएको सूचनाका आधारमा जिल्लाका सबै स्थान

    • प्रकाशित मितिः असार २३, २०८२
    • २२५ पटक पढिएको
  • लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीद्वारा छात्रा सिम्रन चौधरीलाई छात्रवृत्ति वितरण

    इटहरी | लायन्स साप्ताहिक कार्यक्रम अन्तर्गत छैठौं कार्यक्रमको रुपमा लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीले इटहरी-५ स्थित  ज्योति माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छात्रा सिम्रन चौधरीलाई छात्रवृत्ति वितरण गरेको छ ।कार्यक्रम अन्तर्गत क्लबले छात्रा चौधरीलाई कक्षा १२ सम्म अध्ययन गर्न आवश्यक सम्पूर्ण सामग्री — पाठ्यपुस्तक, कपी, लेखन सामग्री, विद्यालय पोशाक, जुत्ता, मोजा, झोला लगायत अन्य आवश्यक सामग्री — को व्यवस्थापन तथा परिपूर्ति गर्ने भएको छ ।क्लबकी अध्यक्ष लायन स्मृति सापकोटा भट्टराईका अनुसार सिम्रनलाई निरन्तर शिक्षामा प्रोत्साहित गर्न क्लबले आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्थापन तथा परि

    • प्रकाशित मितिः असार २३, २०८२
    • ४४५ पटक पढिएको
  • ईटहरीमा फिल्म 'जनै हराएको मान्छे'को पोष्टर सार्वजनीक

    ईटहरी/ फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को अफिसियल पोस्टर एकैसाथ देशभरका आठ ठूला सहरमा सार्वजनिक गरिएको छ, जसअन्तर्गत कोशी प्रदेशको इटहरीमा विशेष समारोहसहित पोष्टर अनावरण गरिएको हो । इटहरीको ईलाइट सिनेमा हलको प्राङ्गणमा आयोजित कार्यक्रममा फिल्मका तीन ठूला पोस्टरहरू एकैपटक पर्दा उघारेर सार्वजनिक गरियो । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा ६ का वडाध्यक्ष दिवस पोख्रेल, इलाइट सिनेमा हलका म्यानेजर नवराज केसी र परीकला न्यूजका सञ्चालक सुवास संकल्प श्रेष्ठ सहभागी थिए । उनीहरूकै हातबाट औपचारिक रूपमा पोष्टर सार्वजनिक गरिएको हो । पोष्टर अनावरण पश्चात वडाध्यक्ष पोख्रेलले फिल्म टिमलाई सफल

    • प्रकाशित मितिः असार २२, २०८२
    • ६०४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]