इटहरी। धनकुटाको साँगुरीगढी गाउँपालिकाको लेउती खोलाको झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ । धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं। ६ की ७८ को बिस माया लिम्बुको झोलुङ्गे पुलबाट खसेर घटनास्थलमै मृत्यु भएको हो । आइतबार साँझ साँगुरीगढी गाउँपालिका वडा नं। ४ को लेउती खोलाको झोलुङ्गे पुल तर्ने क्रममा अचनाक पुलबाट लिम्बु खोलामा खस्नुभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुल तर्ने क्रममा लिम्बु अचानक पुलबाट चिप्लिएर लड्नु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका सूचना अधिकारी डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।


