इटहरी। इटहरी जेसिजको ३८औँ शाखा अधिवेशन सम्पन्न भएको छ। ११९ सदस्य रहेको जेसिजमा १११ जनाले मतदान गरेका थिए। प्राप्त मत परिणामअनुसार २०२६ का लागि अध्यक्ष पदमा मिसन पराजुली ६६ मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी रामकृष्ण खड्काले ४२ मत प्राप्त गर्नुभयो।

उपाध्यक्ष (EVP) पदमा प्रमोद घिमिरेले ९९ र गणेश नेपालले ८२ मतसहित जित हात पार्नुभयो। अन्य प्रतिस्पर्धीमध्ये र सरोज श्रेष्ठले ३३ मत प्राप्त गर्नुभयो ।
सचिव पदतर्फ खगेन्द्र खतिवडा ७१ मतसहित विजयी हुनुभएको छ भने निराजन पाण्डेले ३८ मत प्राप्त गर्नुभयो।
त्यसैगरी उपाध्यक्ष (vp) पाँच जनामा चारजना विवेक घिमिरे १०६, स्वेच्छा श्रेष्ठ ९६, अभिषेक भण्डारी ९४, सुदीप सुवेदी ९० सहित विजय हुनुभएको छ भने राजेश कट्टेलले ४२ मत प्राप्त गरेर पराजित हुनुभएको भएको छ।
नवनिर्वाचित अध्यक्ष मिसन पराजुलीले इटहरी जेसिजलाई अझ अघि बढाउने, युवालाई चेनको रूपमा संगठित गर्ने र इटहरी जेसिजलाई नयाँ उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो।
अधिवेशन सफलतापूर्वक सम्पन्न गरेकामा जेसिज इटहरीका पदाधिकारी तथा सदस्यहरूले खुशी प्रकट गरेका छन्।



