इटहरी | पूर्वी नेपालका युवामाझ लोकप्रिय बन्दै गएको खेल 'आर्म रेस्लिङ'लाई औपचारिकता दिँदै नेपाल तरुण दल इटहरी नगर समितिले पहिलोपटक इटहरीमा भव्य ‘आर्म रेस्लिङ किंग इटहरी’ प्रतियोगिता सुरू गरेको छ। प्रतियोगिता मंगलबार (असार १७) देखि इटहरीको प्रतिष्ठित खेलस्थल क्लब के मा सुरु भएको हो।कार्यक्रमको उद्घाटन नेपाल तरुण दल इटहरी उपमहानगर कार्यसमितिका अध्यक्ष अनीश सुवेदीको अध्यक्षता र नेपाल तरुण दल सुनसरीका सभापति तथा नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य सिजन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।प्रतियोगिताका विजेताले नगद रु. १ लाख पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले रु. ४० हजार र तेस्रो हुनेले
इटहरी । अधिकारीले वडामा भएको गतिविधिलाई मध्यनजर गर्दै बेलका–४ को मूल्य क्षेत्रमा क्यामरा जडान गरेका हुन् । स्कुल एरियामा त्यहाँ विद्यार्थीको आवतजावत बढी हुने भएकाले जडान गरेको अधिकारीले बताए । एउटा बेलका–४ को वडा कार्यालय भएको स्थानमा क्यामरा जडान गरेको चालु आर्थिक वर्षको बजेटमा ४ नम्बरको सिसी क्यामरा जडानका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजन भएको मध्यबाट अपुग भएपछि बेलकाका मेयर अशोक कार्कीको अन्य कोषबाट बजेट रकमान्तर गरेर क्यामरा जडान गरिएको अधिकारी बताउँछन् । विगतमा भएको दुर्घटनाको अनुसन्धान गर्ने सहयोग नहुने भएकाले गर्दा क्यामरा जडान गर्नुपर्छ भन्ने भएको अधिकारीकाले
इटहरी । असारको तेस्रो साता सकिन लाग्दासमेत धनकुटा जिल्लामा करिब ९१ प्रतिशत रोपाइँ हुन बाँकी छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार रोपाइँका लागि पर्याप्त वर्षा नभएका कारण यस वर्ष रोपाइँ कम भएको जनाएको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा ४९,३८ दशमलब ८९ हेक्टर धान हुने खेतीयोग्य क्षेत्रफल छ । जसमध्ये हालसम्म ११ प्रतिशत अर्थात् ५४३।२७ हेक्टरमा मात्रै रोपाइँ सकिएको छ । जिल्लाका अधिकांश रोपाइँ हुने स्थानमा सिँचाइभन्दा पनि आकाशे पानीकै भरमा खेती गर्नुपर्ने भएकाले बेलैमा रोपाइँ हुन नसकेको हो । धनकुटाको महालक्ष्मी, पाख्रीबास र धनकुटा नगरपालिकाका तल्लो भूभाग साथै शहिदभूमि, छथरजोरपाटी चौबिसे
इटहरी । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाले बाँझो छाडिएका खेतबारीमा फलफूल खेती गर्ने भएको छ । आर्थिक वर्ष २०८२र०८३ का लागि बाँझो जमिनमा फलफूल खेती गर्ने योजना उल्लेख छ । वैदेशिक रोजगारी तथा अन्य कारणले वर्षौंदेखि बाँझो अवस्थामा रहेका खेतबारीहरूमा उत्पादनमूलक कार्य गर्ने उद्देश्यले गाउँपालिकाले फलफूल बगैँचा स्थापना गर्ने तयारी गरेको हो । गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीका अनुसार बाँझो जमिनको सदुपयोग गर्दै स्थानीयहरूलाई व्यावसायिक खेतीतर्फ आकर्षित गराउने उद्देश्यले पालिकाले उक्त कार्यक्रम अघि सारेको हो । कार्यक्रमअन्तर्गत गाउँपालिकाले विरुवा र प्राविधिक सहयोग उपलब्ध गराउने छ भने आवश्यक
इटहरी । केही वर्ष अघिसम्म बिहान सबेरै उठेर आधा घण्टाको उकालो ओरालो हिँडेर कुवाबाट पानी ल्याउनु धुपुकी मञ्जु शर्माको दैनिकी थियो । दैनिक दुई घण्टा खानेपानीको जोहोमै बित्ने गर्थ्यो । तर अहिले उहाँ घरकै आँगनमा जोडिएको धाराबाट सजिलै पानी प्रयोग गर्न सक्नुहुन्छ । नेपाल रेडक्रस सोसाइटीले कोरियन रेडक्रसको सहयोगमा सञ्चालन गरेको ‘एक घर, एक धारा’ परियोजनाले धुपुलगायतका स्थानीयवासीको जीवनमा ठुलो परिवर्तन ल्याएको छ । रेडक्रस सङ्खुवासभाको पहलमा सभापोखरी गाउँपालिका – १ र २ नम्बर वडाका विभिन्न टोलका करिब सात सय २८ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । तीमध्ये हालसम्म चार सय घरमा धारा निर्माण भई सञ्चालनमा आइस
इटहरी । सुनसरीको देवानगंज गाउँपालिकामा प्रहरीले लागू औषध गाँजासहित दुई युवालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी कप्तानगंजबाट खटिएको संयुक्त टोलीले हिजो (सोमबार) ११ः४० बजेतिर देवानगंज–३, यादव टोलस्थित राजकुमार यादवको घरमा छापा मारेको हो। प्रहरी टोलीले यादवको घरमा मकैको खोयाको थुप्रोभित्र लुकाई राखिएको अवस्थामा लागू औषध गाँजा ६।२८ किलोग्राम (छ किलो दुई सय असी ग्राम) पदार्थ बरामद गरेको छ। घटनासँग सम्बन्धित भन्दै प्रहरीले १८ वर्षीय राजकुमार यादव र सोही स्थानका अर्का १८ वर्षीय राजु यादवलाई पनि नियन्त्रणमा लिएको छ। बरामद गाँजासहित दुवै जनालाई जि
इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र मन्दिर परिसरमा एक अज्ञात पुरुषको शव फेला परेको छ। मन्दिरको सिँढीको प्यासेज छेउमा मृत अवस्थामा भेटिएका ती पुरुष अन्दाजी ६०–६५ वर्ष उमेरका र तराई मूलका देखिने व्यक्ति भएको प्रहरीले जनाएको छ। स्थानीयवासीले हिजो (सोमबार) राति करिब ९ः३० बजे इलाका प्रहरी चौकी बराह क्षेत्रमा खबर गरेपछि प्रहरी निरीक्षक चित्रबहादुर बोगटीको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीका अनुसार मृतक केही दिनदेखि सोही मन्दिर परिसरमा माग्दै बस्दै आएका व्यक्ति हुन् । प्रहरीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। घटनाको थप अनुसन्धान
इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई पुरस्कृत गरेको छ । माध्यमिक शिक्षा परीक्षा एसइईमा नगर उत्कृष्ट हुने छात्र र छात्रालाई नगरपालिकाले ५०र५० हजार नगदसहित सम्मान गरेको हो । नगरस्तरीय सञ्चालन भएको कक्षा ४–९ सम्मको परीक्षामा पनि उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई नगरपालिकाले पुरस्कृत गरेको छ । शैक्षिक सत्र २०८१ को नगर प्रथम छात्रतर्फ ३।५३ जिपिएसहित लक्ष्मी माध्यमिक विद्यालय बडहरेका गणेस कुमार दाहाल भएका छन् । छात्रातर्फ लक्ष्मी माविकै दुर्गाकुमारी कटवाल र सरस्वती मावि अर्खौलेको जेनिशा श्रेष्ठले समान ३।३१ जिपिए ल्याएर नगर प्रथम भएका छन
इटहरी । सप्तकोशी नदीको काटानबाट तत्काल रोकथाम गर्न नदीको स्परहरुमा बालुवा भरिएका बोराहरु तयारी अवस्थामा राखिएको छ । सप्तकोशी नदीको पूर्वी तटबन्ध कुशाहा, मधुवनदेखि चतरासम्मका स्परहरुको सुरक्षाका लागि भरिएका माटो र बालुवाका बोराहरु राखिएको छ । वर्षामा नदीमा आउने बाढीले तटबन्ध कटान गर्ने हुँदा तत्काल कटान रोक्न स्परहरुमा हजारौंको सङ्ख्यामा माटो, बालुवाले भरिएका बोरा, जालीलगायतका सामग्री तयारी अवस्थामा राखिएको कोशी योजना बिराटनगरका सम्पर्क तथा भूआर्जन अधिकृत चैतन्यप्रसाद सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी तटबन्ध क्षेत्रमा पानीको वेगले स्परहरुमा बढी कटान गर्ने हुँदा कटान रोक्न मा
इटहरी । बाल श्रम, महिला हिंसा तथा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम इटहरीमा सम्पन्न भएको छ । कार्यक्रममा बालबालिकाको अधिकार, महिलामाथि हुने विभिन्न खाले हिंसा तथा युवामाझ बढ्दो लागुऔषध दुरुपयोगका असरबारे विश्लेषणात्मक प्रस्तुति दिइएको थियो । सहभागीहरूबिच लागू औषधलगायत विविध समस्याको सामाजिक, मानसिक तथा कानुनी पक्षमा गहिरो छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै इटहरीका सामाजिक अभियन्ता राधिका पौडेलले बाल श्रम, महिला हिंसा र लागुऔषधजस्ता विकृतिहरू समाजका लागि घातक रहेको हुँदा यस्ता समस्याहरूको समाधानका लागि सबै तह र तप्काबाट साझा प्रयास आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बाल अधिकारकर्मी, मह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.