इटहरी ।  देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले बताउनुभएको छ । श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने उहाँको भनाइ छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको उहाँले स्पष्ट पार्नुभयो ।