इटहरी । रामधुनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख शंकर लाल चौधरीले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले सामाजिक विकास, स्वास्थ्य सेवा, युवा, खेलकुद र उद्यमशिलता, सामाजिक समावेशीकरण तथा सुरक्षा, भाषा संस्कृति र प्रविधिको प्रवद्र्धन, वातावरण संरक्षण, आर्थिक समृद्धि, रोजगारी सिर्जना, पर्यटन विकास, भौतिक पूर्वाधार विस्तार, विपद् व्यवस्थापन, सुशासन र संस्थागत सुधार जस्ता बहुआयामिक क्षेत्रहरूलाई नीति तथा कार्यक्रममा समेटेको छ । यो वर्षका लागि नगरपालिकाले कुल ८३ करोड १३ लाख ६६ हजार ९ सय ४९ को
इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईले नियमित रूपमा नगर अस्पताल पुगेर बिरामीहरूको अवस्थाबारे जानकारी लिँदै आउनुभएको छ । सुन्दरहरैंचा–१ स्थित नगर अस्पतालमा उपचाररत बिरामीहरूसँग नगरप्रमुख गुरागाईले स्वास्थ्य स्थिति, सेवा सुविधा तथा चिकित्सकहरूको व्यवहारबारे प्रत्यक्ष संवाद गर्दै आउनुभएको छ । नगर अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीहरूले नगरप्रमुखको उपस्थितिलाई सकारात्मक रूपमा लिएका छन् । नगरप्रमुखको नियमित अनुगमन र संवेदनशीलताले अस्पतालमा सेवा गुणस्तरमा सकारात्मक प्रभाव परेको बताइन्छ । बिरामीहरू मात्र होइन, अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि थप उ
इटहरी । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगरपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । आईतबार पथरी शनिश्चरे वडा नं. १ को नर्वदेश्वर शिवालय मन्दिरमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो समारोहमा मोरङ जिल्ला खोप समन्वय समितिका अध्यक्ष अजम्बर राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गोविन्द कटुवाल, स्वास्थ्य कार्यालय मोरङका वरिष्ठ जनस्वास्थ
इटहरी । “संखुवासभालिको पहिचान, विश्व सामु चिनाउने हाम्रो अभियान“ भन्ने मुल नारासहित सक्रिय संखुवासभा समाज कतारले भित्र्याएको मौलिक नौमती बाजाको औपचारिक उद्घाटन सम्पन्न गरिएको छ । कतारको सनैयास्थित लालीगुराँस रेस्टुरेन्टमा आयोजित समारोहमा नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा पञ्चेबाजा प्रदर्शनी गरिएको हो । कार्यक्रममा बाजाको तालमा नेपाली दूतावासको सम्पूर्ण टोलिलाई स्वागत गरिएको थियो । संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा संखुवासभा समाजका अध्यक्ष राजेन्द्र खनालले पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको मौलिक पञ्चेबाजालाई प्रवासी भूमि
इटहरी । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर नगरपालिका–५ स्थित भन्सार चोकमा बागमती प्रदेश ०१–०३० च ७७९३ नं को को नेटा कम्पनीको नीलो रङको कारको चालक बस्ने सिटमुनि लुकाएको अवस्थामा खैरो हिरोइन ४७ दशमलव ६९ ग्राम खैरो हिरोइन बरामद गरेको हो । उनका अनुसार पक्राउपर्नेमा काठमाडौैँ महानगरपालिका–२६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका– ७ बस्ने
इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा कार्यरत शिक्षकले अबदेखि मासिक रूपमै तलब भत्ता पाउने भएका छन्। आगामी नयाँ आर्थिक वर्षदेखि गाउँपालिकाभित्र कार्यरत शिक्षकले मासिक रूपमा तलबभत्ता बुझ्न पाउने भएका हुन्। गाउँपालिकाको १७ औँ सभा तथा अधिवेशनले शिक्षकलाई मासिक रूपमै तलबभत्ता पाउने व्यवस्था मिलाउने गरी नीति अवलम्बन गरेको छ। गाउँपालिकाको नीतिगत व्यवस्थासँगै पालिकाभित्र कार्यरत शिक्षकले मासिक रूपमा तलब पाउने भएका हुन्। गाउँपालिकाले सम्बन्धित शिक्षकको बैँक खातामा तलब रकम निकासा गर्ने भएको हो। हाल सिदिङ्वाका विद्यालयमा कार्यरत शिक्षकले त्रैमासिक रूपमा तलब पाइरहेका छन्। यता नयाँ आर्थिक वर
इटहरी। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले किसानलाई हाते ट्रयाक्टर वितरण गरेको छ। धान खेती लगाउने मुख्य समयलाई लक्षित गरी गाउँपालिकाले खेतबारी जोत्नमा प्रयोग गरिने हाते ट्रयाक्टरसहित कृषि औजार वितरण गरेको हो। गाउँपालिकाभित्रका किसानलाई गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङलगायतले औजार वितरण गर्नुभएको छ। गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टरसहितका कृषि उपकरण तथा औजार वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत सङ्गम पौडेलले जानकारी दिनुभयो। पौडेलका अनुसार २० वटा हाते ट्याक्टरका साथै कृषि स्प्रेयर र टनेल वितरण गरिएको छ। चालु आर्थिक वर्षको मागका आधारित कृषि का
इटहरी । कोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले पार्टीका सम्पूर्ण आर्थिक कारोबार नगद होइन, अनिवार्य रूपमा बैंकमार्फत मात्रै सञ्चालन गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को केन्द्रीय लेखा आयोगको आयोजनामा कोशी प्रदेशका १४ वटै जिल्लाका लागि आयोजित आर्थिक तथा लेखा व्यवस्थापन तालिममा यस्तो घोषणा गरिएको हो । भेडेटारमा दुई दिनसम्म चलेको प्रशिक्षणको समापनमा २१ बुँदे सामूहिक प्रतिबद्धता घोषणा गरिएको छ, जसले पार्टीभित्रको आर्थिक पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ। घोषणापत्रमा पार्टीका सम्पूर्ण आर्थिक कारोबार अबदेखि नगद माध्यमबाट होइन, बैंकमार्फत मात्रै सञ्चालन गरिने
इटहरी । भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ । यसअघि संकलित तथ्यांकका आधारमा आयोगले सुकुम्बासीको प्रमाणीकरण थालेको हो । षडानन्द नगरपालिकामा आवेदन परेका ६० जना सुकुम्बासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय गरिएको छ । वडास्तरीय सहजीकरण समितिमार्फत आएका ६० जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय भएको भूमी आयोग भोजपुरका अध्यक्ष देवीराम चौलागाइँले जानकारी दिए । सुकुम्बासीको प्रमाणीकरणको लागि पौवादुङमा, हतुवागढी, साल्पासिलिछो र आमचोक गाउँपालिकामा वडास्तरमा सात दिने सूचना प्रकाशन गरिएको अध्यक्ष चौलागाइँको भनाइ छ । पालिकास्तरमा निर्णय भएर
इटहरी । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आर्थिक वर्ष २०८०र८१ मा मृत्यु भइसकेकाको नाममा पनि सामाजिक सुरक्षा भत्ता भुक्तानी भएको पाइएको छ । मृत्यु भइसकेका विभिन्न १६ जनाको नाममा तीन लाख बढी रकम निकासा भएको महालेखा परीक्षण प्रतिवेदनले औंल्याएको हो । प्रतिवेदन अनुसार वडा न १ मा तीन जना, २ मा चार जना, ३ मा एक जना, ४ मा दुई जना, ५ मा दुई जना, ६ मा एक जना र ७ मा तीन जना गरी १६ जनाको तीन लाख सात हजार ६ सय २५ रुपैयाँ निकासा भएको औंल्याएको छ । उक्त रकम फिर्ता लिई संघीय सञ्चित कोषमा दाखिला गर्नु पर्ने उल्लेख प्रतिवेदनमा गरिएको छ । त्यस्तै, पेट्रोल खरिदमा नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थ बिक्री व
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.