समाज

    Showing ४,४११-४,४२० of ९,३९० items.
  • विद्यार्थीका निम्ति उद्घोषण तथा माइन्यूट लेखन तालिम

    इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थीका निम्ति शुक्रबार एक दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सञ्चालन गरेको छ । विद्यालयले विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धि गर्ने तथा व्यवहारिक अभ्यास लेखनका लागि तालिम आयोजना गरेको हो । तालिममा कक्षा ७ देखि १० सम्मका ३५ जना विद्यार्थी सहित विभिन्न विधाका ६ जना संयोजक शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो । तालिम समापन समारोह विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको अध्यक्षमा भएको थियो । सो क्रममा उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा उजागर गर्न तालिमले सहयोग गर्ने उहाँले बत

    • प्रकाशित मितिः असार ६, २०८२
    • ३४१ पटक पढिएको
  • सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको भनाइ

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सवारी दुर्घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरणमा संवेदनशील रहेको बताएका छन् । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग  सुरक्षा  तथा ट्राफिक व्यवस्थापन  प्रहरी कार्यालय इटहरी सुनसरीद्वारा संयुक्त रूपमा शुक्रबार विराटनगरमा आयोजित ट्राफिक सप्ताह–२०८२ को शुभारम्भ गर्दै उनले सरकार आवश्यक नीति निर्माण गरी ट्राफिक प्रहरीलाई साधन सम्पन्न बनाउँदै दुर्घटना न्यूनीकरणका लागि काम गरिरहेको बताए। मुख्यमन्त्री कार्कीले प्रदेश ट्राफिक कार्यालयले आगामी साउन १ गतेदेखि सवारी दुर्घटना न्यूनीकरण गरेका कामलाई सार्

    • प्रकाशित मितिः असार ६, २०८२
    • ३०७ पटक पढिएको
  • कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरु

    इटहरी । “सुरक्षित यात्रा हामी सबैको चाहना, सबैले गरौँ ट्राफिक नियमको पालना” भन्ने मूल नारासहित कोशी प्रदेशमा ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको संयुक्त आयोजनामा सुरु भएको यो सप्ताह सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणमा केन्द्रित रहेको जनाइएको छ । विराटनगरको महेन्द्र चोकबाट सुरु भएको प्रभात फेरी ¥याली सिटी हल पुगेर सम्पन्न भएको कार्यक्रमको उद्घाटन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दीप प्रज्वलन गरी गरे । उनले “सुरक्षित यात्रा” शीर्षकको श्रव्य दृश्य सामाग्री सार्वजन

    • प्रकाशित मितिः असार ६, २०८२
    • २२२ पटक पढिएको
  • टेम्केमैयुङ गाउँपालिकाको सांस्कृतिक इतिहास समेटिएको बृहत् अध्ययन ग्रन्थ प्रकाशित

    भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा पहिलोपटक एक अत्यन्तै महत्त्वपूर्ण, प्राज्ञिक र अनुसन्धानमूलक सांस्कृतिक ग्रन्थ प्रकाशित भएको छ। ‘टेम्केमैयुङ गाउँपालिकाको बृहत् सांस्कृतिक अध्ययन’ शीर्षकको यस ग्रन्थले न केवल गाउँपालिकाको सांस्कृतिक पहिचान र सम्पदाको अभिलेखीकरण गरेको छ, बरु जिल्लाकै सांस्कृतिक इतिहासको अध्ययनमा एक महत्वपूर्ण इँट थपेको छ। यस ग्रन्थका लेखकहरू डा. भक्त राई र शुभ मुकारुङ हुन्।ग्रन्थमा टेम्केमैयुङ गाउँपालिकामा बसोबास गर्ने विभिन्न जातजातिका—राई, क्षेत्री, बाहुन, विश्वकर्मा, नेवार, मिजार, तामाङ, परियार, भुजेल, मगर, गुरुङ र सन्यासी—को सांस्कृतिक इतिहासको गहिरो अध्ययन गरिएको

    • प्रकाशित मितिः असार ६, २०८२
    • ३९२ पटक पढिएको
  • सुनसरीमा हिउँदे मकै उत्पादन वृद्धि

    इटहरी । सुनसरीमा हिउँदे मकैको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आर्थिक वर्ष २०८० र ८१ को तुलनामा आव २०८१ र ८२ मा हिउँदे मकै उत्पादन दुई दशमलव ३८ प्रतिशतले बढेको छ । आव २०८०र८१ मा १० हजार ६४० हेक्टर क्षेत्रफलबाट ८३ हजार १२ मेट्रिकटन मकै उत्पादन भएका आव २०८१ र ८२ मा ८४ हजार ८०२ मेट्रिकटन मकै उत्पादन भएको केन्द्रका सूचना अधिकारी प्रविनलाल श्रेष्ठ जानकारी दिनुभयो । उहाँका अनुसार अहिले किसानले हाइब्रिड प्रजातिको हिउँदे मकैखेती गर्दै आएका छन् ।   सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का किसान रोशन गुप्ताले दुई बिघा बाँझो जमिनमा हिउँदे मकैखेती गर्दा ९० क्विन

    • प्रकाशित मितिः असार ६, २०८२
    • ३७७ पटक पढिएको
  • सञ्चारकर्मीको सहयोग बिना पर्यटन वर्ष सफल बनाउने नसकिने मन्त्री मण्डलको भनाइ

    इटहरी । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सञ्चारकर्मीहरूको सहयोग बिना कोशी प्रदेश पर्यटन वर्ष २०८२ सफल बनाउन नसकिने बताउनुभएको छ । शुक्रबार मोरङको लेटाङमा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रायलको पर्यटन कार्यालय धरानको सहयोगमा भएको पर्यटन पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री मण्डलले यस्तो बताउनुभएको हो । मन्त्री मण्डलले कोशी प्रदेशमा धार्मिक पर्यटनको उच्च सम्भावना रहेको उल्लेख गर्दै धार्मिक पर्यटनका माध्यमबाट राष्ट्र पुँजी निर्माण गर्न सकिने बताउनुभयो ।उहाँले हामीसँग भएका रामसार क्षेत्र, आरक्षण क्षेत्रको प्रचार हुनसके भारत र तेस्रो देशबाट आउने

    • प्रकाशित मितिः असार ६, २०८२
    • ३१८ पटक पढिएको
  • तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार सहयोग

    इटहरी । मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रबार सफल शल्यक्रियापछि एकै पटक तीन शिशुलाई जन्म दिएकी मोलुङ–६ श्रीचौरकी ३२ वर्षीया हीरा तामाङलाई गाउँपालिकाले रु ५० हजार नगद आर्थिक सहयोग गर्ने भएको हो। उनलाई तत्काल राहतस्वरूप उक्त सहयोग उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष उत्तम राईले बताए। गाउँपालिकाले आमा र शिशुको स्वास्थ्य परीक्षण, स्याहार र पोषणको अवस्था सुनिश्चित गर्न स्वास्थ्य शाखा र श्रीचौर स्वास्थ्यचौकीमार्फत विशेष निगरानी गर्ने समेत निर्णय गरेको छ। हाल आमा र तीनवटै शिशुको स्वास्थ्य सामान्य छ । 

    • प्रकाशित मितिः असार ६, २०८२
    • ३६६ पटक पढिएको
  • पूर्वी नेपाल पर्यटकका लागि आकर्षक केन्द्र बन्दै

    इटहरी । प्रकृतिबाट सुन्दर उपहार पाएको पूर्वी नेपाल पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक र जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश केही वर्षयता पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै आएको हो । तराई, पहाडी र हिमाली क्षेत्र ओगटेको प्रदेशमा हिमाल, झरना, नदी, मठमन्दिर, ऐतिहासिक स्थल, गुम्बादेखि विभिन्न जीवजन्तु र वनस्पति रहेका छन् । संसारकै अग्लो शिखर सगरमाथादेखि घामको पहिलो झुल्का नियाल्न सकिने इलामको श्रीअन्तु आन्तरिक पर्यटकका लागि मात्र नभई बाह्य पर्यटकका लागि समेत आकर्षक मानिएका छन् । भाषा, साहित्य, कला, संस्कृति, कृषि उत्पादन, साना तथा मझौला उद्योग, भौग

    • प्रकाशित मितिः असार ६, २०८२
    • २३७ पटक पढिएको
  • सुनसरीमा साइकलबाट लडेर घाइते भएका २२ वर्षीय युवाको मृत्यु

    इटहरी । सुनसरीको दुहबी नगरपालिका–११ तनमुनामा साइकलबाट लडेर घाइते भएका २२ वर्षीय युवकको उपचारका क्रममा ज्यान गएको छ। गढी गाउँपालिका–४ निवासी अर्जुन ऋषिदेव असार १ गते राति करिब १० बजे मेलाबाट घर फर्किने क्रममा साइकलबाट लडेका थिए। दुर्घटनामा दाहिने तिघ्रा र कुर्कुच्चामा चोट लागेको भए पनि उनले सो घटनाबारे कसैलाई तत्काल जानकारी दिएका थिएनन् । परिवारले असार ४ गते दिउँसो ४ बजे मात्र अर्जुन घाइते भएको थाहा पाएपछि उनलाई इनरुवा अस्पतालमा सामान्य उपचार गराइएको थियो। अवस्था गम्भीर देखिएपछि उनलाई अर्को दिन असार ५ गते बिहान कोशी अस्पताल विराटनगर ल्याइएको थियो। तर कोशी अस्पतालमा भर्ना गरिएको केही बेरमै, सोही

    • प्रकाशित मितिः असार ६, २०८२
    • ३१३ पटक पढिएको
  • कञ्चनजङ्घामा भ्रमण गर्ने विदेशी पर्यटकको वृद्धि

    इटहरी । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढेका छन् । गत वर्षको तुलनामा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक यस वर्ष बढेका हुन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म एक हजार २६४ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । विगतको तथ्याङ्क अनुसार यस वर्ष कञ्चनजङ्घा भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएको पाइएको छ । यस वर्ष कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्यामध्ये ४६१ महिला र ८०३ पुरुष रहेका छन् । कुल सङ्ख्यामध्ये सार्क देशका

    • प्रकाशित मितिः असार ६, २०८२
    • २३५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]