सुनसरी । राप्रपा सुनसरी जिल्ला भोक्राहा गाउँपालिका–८, चिरौलि चोकमा आयोजित अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रम शनिबार अत्यन्तै उत्साहपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली कांग्रेस लगायत विभिन्न राजनीतिक दलबाट आएका सयौँ कार्यकर्ताले राप्रपामा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई पार्टीले स्वागत तथा सम्मान गर्दै कार्यक्रम झन् उत्साहपूर्ण बनेको थियो। कार्यक्रममा सहभागी, सहयोगी तथा नवप्रवेशीप्रति आयोजकहरूले हार्दिक धन्यवाद व्यक्त गरे।

अधिवेशन भोक्राहा नरसिंह गाउँपालिका राप्रपा अध्यक्ष हबिव मन्सुरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहेका थिए। त्यस्तै, केन्द्रीय निर्देशन समिति सदस्य रामकुमार सुब्बा, महामन्त्री प्रल्हाद प्रसाद साह, सहायक प्रवक्ता दिनेश साह, केन्द्रीय सदस्यहरू ईनु अधिकारी, हसबुल मियाँ, बिश्वमोहन थापा, नाजिया खातुन लगायतका केन्द्र, प्रदेश तथा जिल्ला पदाधिकारीहरूको उपस्थिति उल्लेखनीय रह्यो।

कार्यक्रममार्फत हबिव मन्सुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरिएको छ। निर्वाचित पदाधिकारीहरूलाई जिल्ला निर्वाचन समिति संयोजक लक्ष्मण निरौलाले प्रमाणपत्र वितरण गरे। त्यस्तै, जिल्ला अध्यक्ष दुर्गा बहादुर बस्नेतले माला र केन्द्रीय सदस्य हसबुल मियाले अबिर लगाई स्वागत–सम्मान गरेका थिए।IMG-20251115-WA0047

निर्वाचन सत्रको सञ्चालन जिल्ला निर्वाचन समिति सदस्य शालीग्राम कोईरालाले गरेका थिए भने उद्घाटन सत्र युगप्रिय निरौलाले सञ्चालन गरेका थिए।

कार्यक्रममा स्थानीय तथा प्रदेश स्तरका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।